आफ्नै छोरासँगको ‘सेक्स’पछि राजीखुशिमै बच्चालाई जन्म दिंदै आमा, छोरासँगै बिहे पनि
नाईजेरियामा एक ४० वर्षीया महिलाले आफ्नै छोरासँगको शारीरिक सम्पर्कपछि ६ महिनाको गर्भ बोकेकी छिन् र छोराकै बच्चालाई जन्म दिन लागेकी छिन् । त्यतिमात्रै होइन, यी आमा–छोराले एकअर्कासँग विवाह समेत गर्न लागेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ४० वर्षीया बेट्टी मबेरेको विगत १२ वर्ष अघि विधुवा भएकी थिइन् । त्यसपछि उनको जिन्दगी आफ्नो २३ वर्षीय पहिलो छोरा फराई मबेरको लालन–पालनमा बित्न थाल्यो । तर, अहिले यी आमाले त्यही छोराको बच्चालाई जन्म दिन लागेकी हुन् ।
यी महिलाले आफ्नै बच्चाको ६ महिनाको गर्भ बोकेको कुरा जब स्थानीय पञ्चायतमा बताइन् त सबै तीनछक परे । तर, यस विषयमा ती महिला (मबेरे)को तर्क भने फरक छ । महिलाको तर्क छ–‘मैले आफ्नो छोरालाई एक्लै पढाएँ, हुर्काएँ र जब उ कमाउने हुन लाग्यो त यसबेलामा अन्य युवती किन ?’
आफ्नो पतिको मृत्युपछि मबेरेमाथि पतिको सानो भाइसँग विवाह गर्न दबाब थियो । तर, उनलाई त्यो भन्दा आफ्नै छोरासँग विवाह गर्न उचित लाग्छ ।
अर्कोतर्फ छोरा (फराई) पनि आफ्नै आमासँग विवाह गर्न राजी छन् । उनलाई यस कार्यमा कुनै गलत लाग्दैन । यद्यपी, स्थानीयहरु भने यस कार्यलाई गैरकानूनी मान्छन् । त्यसैले आमा–छोराबाट प्रेमी–प्रेमिका बनेका यो जोडी गाउँ छाडेर अन्यन्त्रै पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Post a Comment