बृहत शैक्षिक प्रर्दशनी
कार्तिक २१
शैक्षिक गुणस्त्ररमा कमि आउन नदिइ विद्यार्थिलाइ थप जागरुक बनाउने उदेश्यले कपिलवस्तुका बृहत शैक्षिक प्रदशनी आयोजना भएको छ । झन्डै ३ महिनाको मधेसमा जारी आन्दोलनले वालवालिकाको शैक्षिक स्तरमा उच्च गिरावट आएको निकष्र्यका पुगी जिल्ला शिक्षा कार्यालय कपिलवस्तुको आयोजनामा वखते दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सवैका लागि सुरक्षित शैक्षिक संस्था भन्ने
मुल नाराका साथ शैक्षिक प्रदर्शनी एवम साँस्कृतिक प्रतियोगिता आयोजना गरिएकोे हो । प्रदर्शनीको समुद्धघाटन गर्दे कपिलवस्तु क्षेत्र नं १ का सांसद बलराम अधिकारीले अवको नयां नेपालको शिक्षा पूर्ण रोजगार मुलक र ब्यावसायीक हुनु पर्ने स्पष्ट पार्नुभयो । पढेर सर्टिफिकट वासकमा राखेर खाडीमा मजदुरी गर्न जाने खालको शिक्षाले नया नेपाल र समृद्ध नेपाल नवन्ने उहाले ठोकुवा गर्नु भयो । वाणगंगा नगरपालिका २ स्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा शुरु भएको २ दिन सम्म चल्ने प्रदर्शनी सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, गजेहडा श्रोत केन्द्रको संयोजन, जिल्ला शिक्षा
कार्यालय कपिलवस्तुको आयोजनामा सञ्चालित भएको हो । कार्यक्रममा गजेहडा श्रोत केन्द्र भित्रका २७ वटा विधालयका ३÷३ वटा शिक्षक निर्मित र ३÷३ वटा विधार्थी निर्मित शैक्षिक सामाग्री समावेश रहेका छन् । ज्ञानपुञ्ज बोर्डिङ स्कुलका बिधालय व्यवस्थापन समिति अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता, र टिकाराम पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका विद्यालय निरिक्षक खिमबहादुर जिसि, श्रोत व्यक्ति एवम् कार्यक्रमका निर्णायक खेमराज पौडेल, सिदार्थ क्याम्पसका प्राचार्य बालाराम ज्ञवाली, प्याबसनका पूर्व अध्यक्ष कृष्ण केसी,सामुदायिक विधालयका तर्फबाट जनता उच्च माविका प्राचार्य रमेश पन्थि लगाएतले शुभकामना दिनु भएको थियो ।
Post a Comment