अस्ताउँदै
गत असोज १७ गते निर्वाचन कार्यालयमा मनोनय दर्तापछि एमाले अछामले आयोजना गरेको कोणसभामा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरले ‘भिम रावल भावी प्रधानमन्त्री’ भन्दै भाषण गरेका थिए । सोही सभामा बोल्दै भिम रावलले भने, ‘यो संविधानसभामा एमाओवादीलाई फेरि चुनावबाटै हराउनपर्छ र गाउँबाटै धपाउनुपर्छ, जंगलमा बस्नेहरु फेरि गाउँमा आएर हामीमाथि शासन गर्ने होइन । मैले जिते भने पूराना मुद्दा खोतलेर एमाओवादीलाई फेरि ठेगान लगाउनुपर्छ ।’ उसो भए यि भिम रावलको विगत मतदाताहरुले सुन्नै पर्छ ।
अमेरिकी दुतावासले एमाले नेता भिम रावललाई ‘अमेरिकापरस्त उदीयमान तारा’का रुपमा न्युयोर्कमा रिपोर्ट पठाएको विकिलिक्सले खुलासा गरिसकेको छ । विकिलिक्समार्फत अमेरिकी गोप्य दस्तावेज सार्वजनिक भएपछि अमेरिकासँग साँठगाँठ रहेका रावलको पोल खुलेको हो । पूर्व गृहमन्त्री तथा एमाले नेता भिम रावल अमेरिकाकै इशारामा काम गरिरहेको पोल खुलेपछि उनी सर्वत्र आलोचित भइरहेका छन् । ‘बन्दुके मन्त्री’का रुपमा चर्चित यिनी भीम रावल यसपाली अछाममा आफुलाई भावी प्रधानमन्त्री भन्दै चुनाव प्रचारमा भिडिरहेका छन् । बिगतको भ्रष्ट छवी र शक्तिकेन्द्रहरुसँगको हिमचिमका कारण स्थानीय जनतामाझ उनको छवी बदनाम छ । भीम रावलका कनेक्सनबारे स्थानीय संवाददाता पहल साउदको सहयोगमा कमलेश डिसी, पंकज चौधरी र सुजन पन्तको अपरेशन :
भिम रावल गृहमन्त्री भएको बेला नेपालस्थित अमेरिकी दुतावासले न्यूयोर्कमा एउटा दस्तावेज पठायो । जसमा उनलाई ‘अमेरिका परस्त उदयमान तारा’ भनेर ब्याख्या गरिएको थियो । सन् २००९ अगष्ट १० मा नेपालस्थित अमेरिकी दुतावासले नेपालको सुरक्षा अवस्था सम्बन्धमा ब्रिफिङ गर्दै पठाएको केबलमा रावललाई अमेरिकीपरस्त नेता उल्लेख गरिएको छ । रावलको प्रशंसा गरिएको १० औं बुँदाको शीर्षकै छ– ‘प्रो अमेरिकन राइजीङ स्टार ।’ जसमा खुलेरै रावलको भरमार प्रशंसा मात्र गरिएको छैन, अमेरिकाका लागि भरपर्दो नेता समेत भनिएको छ । २००७ जुलाई २८ गतेको नेपालस्थित अमेरिकी दुतावासले पठाएको मन्त्रीहरुको व्यक्तिगत विवरणमा रावललाई अमेरिकी एम्बेसीसँग नजिकको सम्बन्ध भएका नेताको रुपमा उल्लेख गरिएको थियो । यो सबै खुलासा विकिलिक्सले गरिसकेको छ ।
अहिले यिनै अमेरीकापरस्त नेता भिम रावल आफुलाई ‘भावी प्रधानमन्त्री’ भन्दै अछाममा चुनावी प्रचारमा छन् । गत असोज १७ गते निर्वाचन कार्यालयमा मनोनय दर्तापछि एमाले अछामले आयोजना गरेको कोणसभामा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरले ‘भिम रावल भावी प्रधानमन्त्री’ भन्दै भाषण गरेका थिए । त्यो सुनेर सिउडी, सोकट र पायल गाविसका जनता भन्दै थिए, ‘बन्दुके मन्त्रीको सपना पुरा होलाजस्तो छैन ।’ पायल गाविसका स्थानीय विद्यार्थी भन्छन्, ‘भ्रष्ट र अमेरीकापरस्त नेता भिम रावललाई हराउनु नै हाम्रो धोको हो ।’ त्यस्तै सिउडी र सोकट गाविसका जनता पनि भीम रावल हराउने सोचमा पुगेका छन् । भिम रावल यसअघि अछामबाट २०५१, ०५४ मा चुनाबमा लडिसकेका हुन । ०५१ मा जितेर पर्यटन मन्त्रीसमेत बने । तर भ्रष्टाचार गर्नुबाहेक उनले जनताका लागि खासै केही गरेनन । भिम रावलले अछामको लागि कुनै काम नगरेको जनताको सर्बत्र गुनासो छ ।
हार्ने भएपछि भिम रावलले अछामका निर्वाचन आचारसंहिता मिचेर प्रचार अभियान चलाइरहेका छन् । अछाममा केही दिन पहिले उनले सदरमुकाममा रहेको षोडशा उच्च माविमा पढाई चलिरहेकै बेला विद्यालय हाताभित्र मोटरसाइकल लिएर नारा जुलुश गरे । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै एमाओवादीले भिम रावलको मनोनयन रद्ध गरिपाउँ भनी असोज १७ गते विज्ञाप्ती र उजुरी दिएको थियो । निर्वाचन आचार संहितमा सरकारी स्वामित्वमा रहेका संघ संस्था तथा कर्मचारीहरुले कुनै दललाई सहयोग गर्ने गरि कुनै पनि क्रियाकलाप नगर्ने स्पष्ट छ ।
के के गरे रावलले ?
चेज एयर कान्ड
२०५६ सालमा च्ुनावी सरकारका नाममा नेपाली काँग्रेसको सरकारमा मन्त्री भएका भिम रावलले च्ुनावी खर्च ज्ुटाउन बिना टेन्डर चाइना साउथ एयरलाइन्ससँग प्रति उडान घण्टा २ हजार ५ सय ५० डलरमा प्राप्त ह्ुने हवाइजहाजलाई ३ हजार १ सय ५० डलरमा एक वर्षका लागि सम्झौता गरी १४ करोड रुपैयाँ कमिसन खाएको श्रोतको दावी छ । उक्त क्ुराको विरोध गर्ने पाइलटहरूलाई हडतालमा उत्रिन बाध्य पारेर म्ुल्ुकको ५० औं करोड रुपैयाँ नोक्सान पारे । स्वाभिमानी पाइलटहरूलाई पञ्चायती कान्ुन प्रयोग गरी कार्बाही गरे ।
गलैंचा कान्ड
त्यति मात्र हैन, एमालेको नौ महिने शासन कालमा पर्यटनमन्त्री बनेका भिम रावलले जफ्फर अहमद र टासिपी लामालाई ऊन तथा गलैंचा विकास बोर्डमा ल्याउँदा अठहत्तर लाख रुपैयाँ नजराना लिएको नाम उल्लेख नगर्ने सर्तमा एमालेका अछामका एक कार्यकर्ता बताउँछन् । निजहरूको कार्यकालमै भर्ना र राजनीतिक निय्ुक्तिमा समेत घ्ूस लिने कामको स्ुरुआत गरेर भ्रष्टाचार गरी कम्य्ुनिस्ट आचरण समाप्त पार्ने कार्य स्ुरु गरियो, ती कार्यकर्ताको आरोप छ ।
धमिजा घोटाला
त्यसताक नेपाली कांग्रसको सरकारले दिनेश धमिजालाई आरएनएसीको य्ुरोपको २ वर्षका लागि दिएको जिएसएबाट संस्थानलाई ठ्ूलो घाटा भएको थियो । पछि भिम रावल मन्त्री बनेपछि म्ुद्दा मिलापत्र गराउने नाममा ६ करोड घ्ूस लिई १८ करोड रुपैयाँ उल्टै दण्ड तिर्न्ुपर्ने पारी संस्थानलाई ड्ुबाई सो रकम पनि पार्टीमा नब्ुझाई तात्कालीन महासचिव माधव नेपाल र पर्यटनमन्त्री भीम रावलले भ्रष्टाचार गरेको एमाले फुटेपछि बामदेव गौतमले पोल खोलेका थिए ।
चीन विरोधी गतिविधि
तत्कालीन पर्यटनमन्त्री भिम रावलले माधव नेपालको निर्देशनमा नेपालका तीनवटा हिमशिखर आरोहण गर्ने नाममा त्यहाँ अत्याध्ुनिक उपकरण जडान गरी अमेरिकालाई चीनविरुद्ध जास्ुसी गतिविधि सञ्चालन गर्न चारलाख अमेरिकी डलर कमिसन खाई अमेरिकी ग्ुप्तचर संस्था (सिआइए) लाई स्वीकृति दिई चीनविरोधी क्रियाकलाप गर्ने वातावरण मिलाइदिएको समेत खुलासा भइसकेको छ ।
महंगा गाडीको मोह
भीम रावल लाखौं मुल्य पर्ने गाडी चढ्छन । यिनी सुविधाभोगी नेतामा पनि गनिन्छन् । बाबुराम भट्टराईले प्रधानमन्त्री भएपछि मितव्ययिता कायम गर्ने भन्दै ‘सरकारी खर्चमा मितव्ययिता कायम गर्ने निर्देशिका् २०६८’ ल्याएर उच्च पदस्थ कर्मचारीमात्र होइन, मन्त्री तथा राष्ट्रपति सबैलाई मितव्ययी हुन बाध्य बनाउँन चाहे । उनले महँगा गाडी चढ्नेलाई अकुंश लगाउँनु पूर्व नै आफू सस्तो र नेपालमा बनेको गाडीमा चढ्न थाले । त्यसलाई पालना गर्दै अर्थमन्त्री बर्षमान पुन अनन्तले महगों गाडी बेचेर सस्तो किन्ने प्रक्रिया सुरु गरे । तर महंगा गाडीमा मरिमेट्ने भिम रावल प्रवृतिका सौखिनहरुले मंहगो गाडीप्रतिको मोह कायमै राखे । भिम रावलले दाबी गरेका थिए, ‘ निर्देशिकाले त नयाँ गाडी किन्नमात्र रोक्छ । पुराना गाडी महंगै भएपनि चढेकालाई छुदैन ।’ उनले बाबुरामको मितव्ययी कामको धज्जी उँडाएका थिए । बयलपाटाको एक कार्यक्रममा रावलले भने, ‘ मुस्ताङ चढेर मितव्ययिता कसरी नाप्न सकिन्छ ?’
पहिचानविरोधी छवी
भिम रावल संघीयता र पहिचानविरोधीका रुपमा चिनिएका छन् । उनलाई स्वदेशमा मात्र हैन, विदेशमा समेत जनजातीहरुले लखेटेका दर्जनौं घटना छन् । तिमध्ये बेल्जीयम र पोर्चुगलका घटना चर्चित छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई नेपाली मूलबासी मंगोल समुदायले हङकङमा कालो झन्डा देखाएर विरोध जनाएको घटना सेलाउन नपाउँदै केही समयअघि पोर्चुगलका नेपालीले पनि एमाले पोलिटब्युरो सदस्य भिम रावल र प्रकाश ज्वालालाई कालो झन्डा देखाई लखेटेका थिए । ‘नेपाली लोकत्रान्त्रिक मंच, पोर्चुगलको दोस्रो भेला गर्न जाँदा उनलाई कालो झन्डा देखाइएको थियो । एमाले नेता भिम रावल लगायतका संघीयता बिरोधी नेताहरुले ‘ज्ञानेन्द्रशाहबाट करोडौ रुपैँया लिएर अखण्ड सुदुर पश्चिमको नाममा आन्दोलन गरेको’ पोर्चुगलमा रहेका नेपालीको आरोप थियो ।
त्यसैगरी केही समयपहिले एमाले नेता भिम रावलको बेिल्जयममा पनि चर्को विरोध भएको थियो । रावल बेल्जियम प्रहरीको घेरामा परेका थिए । संघीयता बिरोधी भन्दै उनीमाथि पहिचान र संघीयता पक्षधरहरुले कालो झण्डा देखाएपछि रावललाई सुरक्षा दिन प्रहरी बोलाइएको थियो । भिम रावलले जनजाति र पहिचान पक्षलाई फकाउन खोजेपनि मन्तब्यका क्रममा नेपालमा सात प्रदेश मात्रै बनाउन सकिने र भाषा र संस्कृतिका आधारमा राज्य दिन नसकिने बताएपछि उनीमाथि कालो झण्डा देखाइएको थियो । त्यसपछि दुई पक्षबीच तातानातान र आक्रमणको प्रयास भएपछि प्रहरीहरु आएर सुरक्षा दिएका थिए ।
Post a Comment