उनको कमव्याक मानिएको फिल्म ‘भैरव’ले दुई दिनमै १ करोड भन्दा बढी कमाई गर्यो । दुई दिनमै करोडको आँकडा छोएको भैरवको कमाईलाई कीर्तिमानी मानिएको छ । आइतवार पनि सार्वजनिक विदा भएपछि ‘भैरव’ले आइतवार पनि काठमाडौंका धेरै हलहरुमा सबै शो हाउसफुल रह्यो । यसअघि शनिवार गोपीकृष्णका ३, गुण हलका ४ र अष्टनारायण हलका ३ वटै पर्दामा भैरव हाउसफूल भएको थियो । त्यसैगरि ‘भैरव’लागेका बाँकी हलपनि ओभरफ्लो भैरहेको बताइउको छ । ललितपुरको गुणमा त हिन्दी फिल्म ‘फ्यान्टम’लाई ठूलो हलबाट सानोमा झारेर ‘भैरव’ लगाईएको छ । फिल्म चल्नुलाई निखिलको स्टारक्रेज मुख्य कारण मानिएको छ । साउथको फिल्म हेर्न थालेका दर्शकले सोही टेस्टको सिनेमा पाएकाले पनि दर्शकले ‘भैरव’लाई रुचाएको विश्लेषण गरिएको छ । निखिल फिल्मभित्र इमान्दार पुलिस अफिसरको भूमिकामा देखिएका छन् । आउँदो हप्ता हिन्दी तथा नेपाली फिल्म रिलिज नुहने भएपछि भैरवले अझ बढी व्यापार गर्ने निश्चित छ ।
एक करोड भन्दा बढीमा बनेको भैरवले लगानी उठाउन भने तीन करोड हाराहारीको व्यापार गर्नुपर्नेछ । तर शुरुवाती व्यापार हेर्दा भैरवले लगानी उठाएर पनि राम्रै नाफा दिलाउँने छाँटकाँट देखाएको छ । भैरवमा निखिल आफैं शीर्ष भूमिकामा छन् भने अनु शाह नायिका छिन् ।