0







शर्मिला अधिकारी

उटा छुट्टै संसार देउ भगवान
हर्षले बाच्ने आधार देउ भगवान!
बेसहारा भएर रोडमा सुत्नेलाई
सानो झुप्रो घरबार देउ भगवान!
निसन्तान हुनेहरु रुदैछ्न यहाँसुखी सानू परिवार देउ भगवान!

यो पैसाको खेती गर्ने शोसकहरुको
विनाश गर्ने बिचार देउ भगवान!
वरदान हुनेछ जिन्दगीको अमुल्य
सबैलाई उपहार देउ भगवान!!
बिराटनगर १६, लेखनाथ मार्घ
दुख बाँडे कम हुन्छ भन्दछन् मानिसहरु तर
दुख लुकाएकै जाती ! दुखकाे बिस्कुन
जति फिंज्यो, उति नै यसका घुन, पुतली,
किराहरु फैलिएर वरपरको वातावरण
समेत बिगारिदिन्छन् !! दुख त मनमै खाँदेर
गुन्द्रुक जस्तो कुहियाएर अनि पकाएर
खाइदिने चीज हो । त्यसपछि मात्र
यसको स्वाद मिठो हुन्छ !!!

तिम्रो ईक्षा बिपरित भयर पनि होला हुनत तिम्रो
र मेरो समन्ध तेती पुरानो पनि होईन मात्र यही वर्ष
भित्रको थियो तर {facebook }मार्फत देख्ने र सुन्ने
हरुको कुरा सुन्दा हामी एक अर्का निक्कै नजिक
भयको हल्ला नचलेको पनि होईन
यसरी एकदिन मलाई छोडेर जान्छौ भन्ने पनि मलाई
राम्रै साँग थाहा थियो तै पनि मेरो पागलपन भनउ
या स्वार्थ तिमीलाई अन्तिम दिन सम्म पनि मैले
आफ्नो सम्झी रहे त्यो मेरो भ्रम मात्र रहेछ ???
हुनत तिमीले मलाई छोड्नु भनेकै अर्को एउटा नयाँ
बाटो रोज्नु हो जो मेरो सामु मेरो आँखको अगाडी
नै देखी रहेको छु तर स्वार्थी नभनि दिनु {plzz}
तिमी सँग छुट्नुको पिडा त छदैछ तर पनि एउटा कुराले
यो मनमा सँधै याद दिलाई रहन्छ २०७२ चैत्र ३० गतेको रात सारा सँसार कोलाहलामा थिय तर
तिमी र म ?
लौत हुन त तिमी सँग छुट्न मन त थियन तै पनि
हाँसी हाँसी बिदा गर्न बाहेक अरु केहि गर्न सक्दिन म.. आजको साँम तिम्रो नाम २०७२ चैत्र ३०
सदा सदाको लागी बिदा दिदैछु तिमीलाई
मेरी २०७२{goodbey }
उहि तिम्रो राई उद्धव



Nepali kaka
हे मान्छेका भिड हो कति दिन लुटिन्छौ
निधार खुम्च्याइ कमजोर कति दिन बन्छौ
लुटिदा आमा टुलुटुलु हेरर कति निरही हुन्छौ
मरेको लास झै जीबन किन बिताउँछौ
आखिर पशु र मान्छे बिच एउटै निरहिता कति साच्छौं
मानब भएको भिडमा दृब्य भएर किन अलमलिन्छौ
न्याय समानता र स्वतन्त्रा मात्र किन फलाक्छौ
हे मान्छे हो सार्बभौम भएर पनि कति लुटिन्छौ ।।




महत्त्वपूर्ण उदेश्य का साथ महत्त्वपूर्ण कार्य को लागि जन्मिन्छ मानिस यश संसार मा तर आजको मानिशरुको बिडमबना जिवनकाे अन्तिम पल्सम्म पनि उसलाई आफ्नो जिबन्को वास्तविक उदेश्य के हो ,मेराे जन्मको वास्तविक कारण के हो जान्ने फुर्सद छैन यहाँ ,अरुले जस्तो गरे मात्र तेस्तै गर्दै छौ हामी ।हामी चेतन्शिल प्रानी हौ हामी सँग के सहि के गलत छुट्याउन सक्ने छम्ता छ तर आज त हामी सबै एउटै बाटाेमा हिड्दै छौ गलत सहि केही नछुटयाई। पूरा जीवन खुसिको खोजिमा बेतित भैसक्छ तर पनि वास्तविक खुसी को अनुभव गर्न्न पाएकाे हुदैन कारण मानिसहरूले खुसी लाई चिन्न सकेको छैनन्् , आफू को हो भन्ने नै भुल्न पुगे सकेक छन् यहाँ । हरेक कुरामा मात्र आफ्नो फाइदा को हिसाब किताब गर्न लागि परेका छौ हामी ।swortha ,लालच,घृणा ले रूमलिन पुगेकाे छ सन्सार । थाहा छैन अाखिर किन सबै कुरा विपरीत गर्दैछौ हामी तर जे हूदैछ जे गरिदैछ गलत गरिदैछ ।खै जीवन को कस्तो रेश मा दौडदै छौ हामी जस्को कुनै अन्त छैन ।हामिले हाम्रो आस्तित्तो आफै समाप्त पार्दैछौ दिन प्रतिदिन।


सत्यकथा : ‘बाटो मुनीको फूललाई शीरमा कस्ले पो सजाउँछ र ’




 















एलिजा उप्रेती 
यो एउटा बास्तविक कथा हो । कथामा  पात्रको नाम परिर्वतन गरिएको छ । कथा पात्रकै माध्यमबाट भनिएको छ ।

उसंग मेरो पहिलो भेट नेपालमा भयो । त्यो भेट एक सामान्य भेट थियो जस्तो बाटोमा हिड्ने बटुवा कत्ति हुन्छन कत्ति अर्थात गाडी चढ्ने यात्रुजस्तै । मनमा केही आभाष थिएन भावनात्मक रुपमा ।

पहिलो भेट त्यस्तै थियो । घटना आजभन्दा ४ वर्ष अघिको हो । प्रद्युम्न मेरो घरमा आएको थियो,मेरो एकजना आफन्तसंग । उ मेरो आफन्तको गाउँले थियो सायद । हाम्रो नेपाली समाज न हो जो आएपनि हामी स्वागत गरेर सम्मान पुर्वक व्यावहार गर्छौ,दुश्मन नै भएपनि । हाम्रो समाजमा त पाहुनालाई भगवान पनि मानिन्छ,चिनजान नै नभएपनि ।

आफन्त र उसलाई (प्रद्युम्न) मैले सोधे चिया बनाउछु कालो पिउँनुहुन्छ की सेतो ?
उँ मुसुक्क हास्यो र भन्यो ,कालै भएपनि हुन्छ ।

दुबै जनालाई चिया दिए र उनीहरुसँगै एकछिन गफ गरेर बसे । त्यो सानो बसाइमा उसले मलाई दुईवटा प्रश्न गरेको थियो ।
पहिलो प्रश्न थियो : तिम्रो नाम के हो ?
र दोश्रो : तिमी कहाँ के पढ्छौ भनेर ।


मैले केही नर्भस भएर जवाफ फर्काए म प्रगति, व्यवस्थापनमा मिनभवन क्याम्पसबाट मास्टर्स गर्दैछु । १० मिनेट बसेर उनीहरु गए,जानेबेला उस्ले भन्यो प्रगती हामी गयौं है त ?

मैले फेरी फेरी आउँदै गर्नुहोला भन्दै भित्र पसे ।
त्यसपछि न उसलाई मैले कहिले देखे न कहिले सोचे न उसको बारेमा,सोचु पनि क किन आखीर उ को नै थियो र मेरो ।

केहि दिनपछि मैले फेसवुक खोले । जहाँ एउटा नोटिफिकेसन थियो र त्यो नोटिफिकेसन अर्थात फ्रेण्ड रिक्वेष्ट उसैको थियो प्रद्युम्नको । म एकछिन  रोकिए र सोचे एसेप्ट गरु कि नगँरु । फेरी गरिदिए,सोचे एकपटक घरमा आएको मान्छे न हो ।

उ मंसग च्याटमा कुरा गर्न खोज्थ्यो,हाई,के छ खबर,खाना भयो,यस्तै यस्तै,मलाई खासै बास्ता लाग्दैन्थ्यो । म जवाफ फर्कादिन थे ।
उसले फेसवुक म्यासेन्जरमा मलाई पटक÷पटक बोलायो । मैले वास्ता नै गरिन् । त्यसपछि उसले म्यासेज गर्न छाड्यो । मलाई केही मतलब थिएन ।

तर प्रद्युम्नले ठ्याक्कै मेरो घरमा आएको ३ बर्ष पछि मलाई म्यासेन्जरमा फोन ग¥यो त्यतिबेला म बहिनीसँग गफ गरेर किचनमा बसिरहेकी थिए । मैले बहिनीलाइ भने हेर्न यो मान्छे एकपटक हाम्रो घरमा आएको थियो अहिले म्यासेन्जरमा कल आयो ।
बहीनीले हास्दै उठा न त के हुन्छ र बोल्दैमा भनेर भनि । मैलै फोन उठाएर बोल्न थाले । मलाइ चिनेको छौ भने सोध्यो उसले । मैले भने ः अँ मेरो घरमा आउनुभएको थियो होइन हजुर ?

उसले भन्यो : हो अनि के छ , के गर्दै छौ जस्ता प्रश्नको बर्षा गराउन थाल्यो अनि मैले पनि सोधे अनुसार सबै भने । मैले कल गरेकोमा धन्यवाद भन्दै फोन राखे ।
उसले आफू नेपालमा नभएको कुरा बताउदै थियो,जुन कुरा मैले सोधेको पनि थिइन । अनि कहाँ हुनुहुन्छ त भन्दा उसले भन्यो म यूरोप छु ।

 भोली पल्ट त्यही समयमा त्यसरी नै फोन आयो तर मैले उठाइन । अनि म्यासेन्जरमा किन फोन नउठाकी भनेर टेक्स्ट गरेको रहेछ । मैले हेरे तर कुनै प्रतिक्रिया बिनानै फेसबुक बन्द गरिदिए । त्यही रुटिन अर्को दिन पनि दोहोरियो म्यासेन्जरमा फेरि फोन आयो अनि मलाई के गरौ के गरौ भयो तर फोन चाहि रिसिभ गरे । त्यो दिन पहिलो चोटी निकै लामो कुरा भयो झण्डै आधा घण्टा जति ।

कुरामा अधिकांश समय उसले मेरो तारिफ गरेरै वितायो । उसले मलाई पहिला देख्दा लगाएको लुगा देखि लिएर मैले पकाएको कालो चियासम्मको बयान ग¥यो । शेषनागले गरेझै । मलाई ति कुरा  बकवास लागिरहेका थिए । तर पनि उ मेरो बयान गर्दै गयो,मानौ कि मेरो वयान गर्ने शिक्षक नै थियो ।

उसले भन्यो : थाहा छ  तिमिलाई पहिलोपटक देख्दा मोडल जस्तो लागेको थियो । अनि एकदमै प्रोफेस्नल छौ जस्तो पनि । म तिमिसँग पहिलेदेखि नै बोल्न चाहन्थे तर तिमिले मेरो म्यासेजको कुनै रिप्लाइ गर्दैनथ्यौ । दिनमा एकपटक तिम्रो फेसबुक प्रोफाइल चेक गर्थे । अस्ती  तिमिलाइ हिम्मत गरेर फोन गरे अनि तिम्रो आवाज सुनेपछि मैले दिमागमा अनेक कुरा सोच्न थाले ।

मैले भने : ए हो र ? धन्यवाद यति धेरै तारिफका शब्दहरु मेरा लागि खर्च गरिदिएकोमा । अनि त्यसपछि हाम्रो कुरा दिनहु जसो हुन थाले ।
उसले मलाइ जिस्केर कैयौपटक “आइ लभ यू ” भनिसकेको थियो तर मैले त्यसलाइ वास्ता गरेको थिइन् ।  बिहान १ घण्टा म्यासेन्जरमा गफ र बेलुका १० मिनेट च्याटिङ हुन्थ्यो । म मा पनि सायद एक प्रकारको झुकाव आउन थालिसकेको थियो  उ प्रति । खोई पहिले रुखे लाग्ने उसको बोली केही प्रिय लाग्न थालेको थियो ।

मेरो फोन नम्बर उसले मागिसकेको थियो पहिले नै । अब म फेसबुक नै खोल्निदन भनेर एक करिब २४ घण्टाजति फेसबुक हेरिन । तर उसले आत्तिदै मलाइ फोनमै कल ग¥यो र भन्यो  : किन आज यतिका समयसम्म अनलाइन छैनौ ।

मैले भने : हाम्रो कुरा धेरै हुन थाल्यो त्यसैले कुरालाइ रोक्न अझ भनौ कम गर्न अनलाइन नआएको  ।
उसले भन्यो : तिमिले मलाइ फसाईसक्यौ ,फसाएर भाग्न पाउँदिनौ । कुरा गर्दा गर्दा तिमि मेरो आदत बनिसक्यौ । मानौ कि म नशा हो जो नभइनहुने ।

मैले भने : मैले के गरे र  मैले त्यस्तो । तपाईले आफैले फोन ग¥या त हो नि । तपाई आफै दोषी हुनुहुन्छ यसमा । म आफु पनि फस्न चाहन्न र अरुलाई पनि फसाउदिन भनेरै अनलाइन नआएको हो । उसले रिसाउदै त्यस्तो होइन कुरा गर्दैमा के हुन्छ र । प्लिज कुरा चाहि गर के । म केही गर्नेछैन । त्यसपछि मलाई कता कता मनमा अनौठो भावना आयो अनि सधै कुरा गर्न थाले ।

सायद उ मेरो नशामा र म उसको नशामा फसिसकेको थिए,फेबिकलजस्तै । उ पनि मेरो आदत बनिसकेको थियो तर मैले प्रद्युम्नलाई मनको वह र भावना व्यक्त गर्न सकेको थिइन । कुरा गर्दै जाने क्रममा हामी फेसबुक बाटै यति नजिक भयौ की नङ र मासुजस्तै ,मासु निकाले पनि दुख्न नङ निकाले पनि दुख्ने ।

तर  मुखले नाई भनेपनि उसको प्रपोज मनमनै मैले पनि एसेप्ट गरिसकेको थिए । हामी नजिक भइसकेका थियौ सेयरिङ र केयरिङ पनि बढी सकेको थियो । हरेक पटक फेसबुक खोल्दा म्यासेजमा रातो आएर बसेको थिएन भने मन खिन्न हुन्थ्यो । रातो आएर बसेको म्यासेजमा अरु कसैको म्यासेज भयो भने पनि पुरा मुरमुराउथे म ।

एकदिन उसले फोनमा मलाइ फेरी आइ लभ यू भन्यो  ।मैले पनि केही नसोचीकन लभ यू टु भनिदिएको थिए । सोच्थे पनि किन जब आफूलाई माया लाग्न थालिसकेको थियो उसको । अब त साच्चैको चखेवाको जोडीजस्तै भयौ हामी फेसबुकमै भएपनि । कुराहरु सधै हुन थाले । एक बर्ष वित्यो ।

एक दिन प्रद्युम्नले भन्यो : हामी यति नजिक छौ की वर्षौ पुरानो सम्बन्ध  जस्तै छ हामीमा । अब त सधै तिम्रो याद आउँछ । कहिले भेट हुन्छ , काममा मन पनि लाग्दैन । के गर्ने होला ?

मैले पनि जिस्कदै भने : याद आयो त के भो मलाई सम्झदै काम गर्ने नी अनि उ हास्यो र हस हजुर भन्यो । त्यसपछि थाहा छैन मलाई जोडेर भविष्यको योजना समेत बुनेको उसलाई के भयो कुरा गराईमा केही कम हुदै गयो ।

ले कुरा कम हुनुको कारण पनि सोधेको थिए । जवाफमा उसले भन्यो म नेपालबाट कमाउन विदेश आएको मान्छे । काममा जाँदा खालि तिम्रो मात्र याद आउँछ काम गर्न खासै मन लाग्दैन । हुन त तिमि मेरै हौ । हामी एक अर्कालाइ बुझ्छौ म्याचुअर्ड पनि छौ । तिमि पनि त्यहाँ करियरको लागि संघर्ष गर्दैछौ । म पनि यहाँ भविष्यको सपना बुनेर काम गर्दैछु ।



अब हामी हाम्रो करियरमा फोकस हुनुपर्छ । कुरा पनि गर्छौ हामी तर अब कम गर्दै जानु पर्छ । उसको यो उत्तर सुनेर म सक्ड भए र संसारमै सबैभन्दा बढी माया गर्छु तिमिले धोका नदेउ ल भनेर बारम्बार भन्ने मान्छेले आज आफ्नै मायासँग कुरा नगरी कसरी काम गर्छु भनेर हिम्मत गर्न सकेको होला  ।
आफ्नै संसारमा रमाइरहेकी मलाई उ सम्म तानेर कसरी यस्तो भन्न सकेको होला । यि कुराहरुले मेरो मन पोल्न थाल्यो । अब त कुराहरु पनि कम हुन थाल्यो ।

मेरो म्यासेज बक्समा रातो पनि कम आउन थाले । फेसबुक खोल्न मन नलाग्ने भए । दिक्क लागेर उसलाई म पनि रिप्लाइ दिन छाडे । अब त हामी दुबै मौन छौ थाहा छैन सम्बन्धले कुन मोड लिनेछ । यदि मिल्यौ भने अथवा नमिलेपनि हाम्रो कथाले अर्को मोड लिनेछ ।

सायद पिरतीको खेलमा  मैले उसलाई फकाउन जानीन या उसले मलाई वगैचाको फुल सम्झेर टिप्यो र फालिदियो । आखीर बाटोमुनी फुलेको फुलमा शीरमा पो कस्ले सजाउँछ र । तर यो माया,कस्तो अनौठा हुदो रहेछ । जुन बाटोमा कहिल्यै जान्न भनेकी थिए,त्यही बाटोमा जीवनभर हिडीरहुजस्तो ।

जसको याद गर्दिन भन्छु उसैको सोचमा हराएजस्तो । जोसंगै नाता नै छैन उसैसंग वर्षौपुरानो नाता भएजस्तो । सायद माया यहि हो । लव इज व्लाइन्ड भनेर सुनेकी थिए,सायद हो रहेछ,आज महसुस भयो । फेसबुक टाइम पासको साधन हो भन्ने पनि सुनेकी थिए । लाग्छ मनमा कतै म उसका लागि फेसबुक त बनिन् ।  जेहोस,माया त माया हो । 
राणा हेटौंडामा पुरस्कृत
गायिका मीरा राणा हेटौंडामा नगद एकलाख रुपैंया सहित पुरस्कृत भएकी छिन् । चौथो भीम विराग स्मृति दिवसको सन्दर्भमा शनिबार उनलाई एक लाख रुपैंयाको विजुलीमाया वन श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको हो ।


भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले हेटौंडामा एक कार्यक्रमको आयोजना गरी वि.स २०२२ देखि साड्डितिक क्षेत्रमा सक्रिय गायिका राणालाई पुरस्कार प्रदान गरेको हो । गीतकार, संगीतकार एवम् निर्देशक चेतन कार्की, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर विश्वकर्मा, प्रतिष्ठान अध्यक्ष तुल्सी थापालगायतले गायिका राणालाई नगद एवम् प्रमाणपत्र प्रदान गर्दै दोसल्ला ओढाएका हुन् ।


पुरस्कार मकवानपुरका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमाको नाममा स्थापना गरेका हुन् । यस पुरस्कारबाट विगत नौ बर्षदेखि राष्ट्रिय स्तरका गायक गायिकालाई प्रदान गरिंदै आएको छ । पुरस्कार लिएपछि खुसी हु“दै गायिका राणाले एकलाख रुपैंयाको पुरस्कार भन्दा पनि आफूलाई भीम विराग संङ्गीत साहित्य कला प्रतिष्ठानले सम्झिनु नै ठूलो कुरा भएको प्रतिक्रिया दिइन् । ‘मलाई पुरस्कारको लागि योग्य सम्झिनु नै करोडौ“को सम्पति हो’ उनले भनिन् । उनले बनेको छ छहाराले यो छाति मेरो....., बाडुल्की लाग्यो....., मखमली चोलो चाहि“दैन..लगायतका गीतहरु कार्यक्रममा सहभागीमाथ प्रश्तुत गरेकी थिइन् । कार्यक्रममा सानै उमेरमा उत्कृष्ट गीत गाएको भन्दै हेटौंडा–१० का ५ वर्षीय चिराग डङंगोललाई पनि सम्मान गरिएको थियो ।
बाल गायक डङ्गोलले कार्यक्रममा नेवारी र नेपाली भाषाको गरी दुई वटा गीत गाएर सुनाएका थिए । 


नसोध मलाई दिनहरु कसरि बिताउदै छौ भनेर ,
नहेर मलाई स्वार्थी अनि निस्ठुरी ठानेर,
घाउ कति दुखि रहेछ म तिमीलाई कसरि सुनाउ,
झन् झन् मन जल्दै छ म तिमीलाई कसरि देखाऊ ,
उड्दै र पोखिदै गइ रहेको छु जता ततै छरियाको बादल सरि ,
अर्ध चेतना मा बाची रहेको छु केवल तिम्रै याद मा छट्पट गरि,
केवल तिम्रै याद मा छट्पट गरि ....|



जिन्दगीले सोध्यो , सपना कस्तो हुन्छ ?
तब वास्तविकताले बोल्यो, बन्द आँखामा जो आफ्नो हुन्छ , खुला आँखामा त्यही सपना हुन्छ!!

छलफलमा प्रेमका कुरा

 ‘अब प्रेमबारे स्कुल–क्याम्पसमा पढाइनुपर्छ’




प्रेम केहो ? कसरी हुन्छ प्रेम ? प्रेमको अन्त्य हुन्छ कि हुँदैन ? कस्तो प्रेमलाई सफल भन्ने र कस्तोलाई असफल ? अनि प्रेम र मायामा के भिन्नता छ ? प्रेमबारे यस्तै–यस्तै गन्थन करिब डेढ घन्टा चल्यो । कसैले ‘प्रेम अन्त्य कहिल्यै हुँदैन’ भने । कुनैले चाहिँ ‘प्रेमको अन्त्य हुन पनि सक्छ, नहुन पनि’ भने । प्रेमबारे पछिल्लो तर्क राख्ने अरु कोही नभएर बरिष्ठ तुलसी दिवश हुन् । कवियत्री मोमिला जोशीले भने प्रेमको अन्त्य कहिल्यै नहुने तर्क गर्दैथिइन् ।
pp
त्यस्तै, ‘समर लभ’ र ‘साया’ जस्ता प्रेमबारे उपन्यास लेखक सुविन भट्टराईले भने प्रेमबारे अलिक फरक तर्क राख्दै भने, ‘प्रेम मनमा हुने भएकाले मनमै रहिरहन सक्छ । तर, सबै प्रेम एउटै किसिमको हुँदैन ।’ तर, यसरी प्रेमबारे छलफल गरिरँदा ‘प्रेम प्राप्ती मात्र नभएर त्याग पनि हो’ भन्ने कसैले बताएनन् । बरु प्रेममा स्वार्थ हुने कुरा उनीहरुले राखे ।

प्रेमबारे यी विभिन्न तर्क–वितर्क गर्ने अवसर ‘भ्यालेनटाइन–डे’का दिन (आज) ‘बहकिने मन’ले जुराएको हो । हरेक साता ‘थाहा सञ्चार रेडियो’मा ‘बहकिने मन’ नामक प्रेमबारे कार्यक्रम सञ्चालन गर्दै आएका महावीर विश्वकर्माले ‘भ्यालेनटाइन–डे’ मौका पारेर तुलसी दिवश, सुविन र मोमिलालाई प्रेम वक्ताका रुपमा प्रस्तुत गरेका हुन् । कार्यक्रमको नामचाहिँ ‘प्रेमका कुरा’ राखिएको थियो ।
p1
प्रेमकै सन्दर्भका छलफल गर्ने क्रममा तुलसी दिवशले आफ्नो तन्नेरी अवस्थाको समेत स्मरण गरे । ७४ वर्षको लाइनमा पुगेका अविवाहित तुलसीले विवाह हुनलाई मात्र सफल प्रेम भन्न नहुने तर्क राख्दै भने, ‘विवाह नहुनु नै असफल हो भने त्यसको उदाहरण मै छु । तर, मलाई त्यस्तो लाग्दैन ।’
प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसको प्रांगणमा आयोजित छलफलमा तुलसीले भने, ‘मलाई त प्रेमबारे छलफल गर्नलाई आजकै दिन (प्रेम दिवश) नै पर्खनुपर्छ भन्ने लाग्दैन । अब त प्रेमबारे स्कुल र कलेजमा पनि पढाउन आवश्यक भइसकेको छ ।’ उनले अहिलेको जमानामा आफूलाई मनपरेको केटा वा केटी भए सिधै बाबु–आमासँग भन्न सक्नुपर्ने बताए ।
त्यस्तै, कवियत्री मोमिलाले ‘प्रणय’ शब्द एउटा निश्चित उमेर लक्षित भएकाले प्रेम दिवशलाई प्रणय दिवश भन्न नहुने बताइन् । उनले प्रेम सबै उमेर र वर्गमा हुने बताउँदै भनिन्, ‘यहाँ माया र प्रेममा समेत फरक छ । माया भनेको साना नानीहरु अर्थात् छोराछोरीलाई पनि माया गरिन्छ । तर, प्रेम गरिँदैन । त्यस्तै, प्रणय भन्ने शब्द पनि निश्चित उमेर समूहमा मात्रै लागू हुन्छ ।’
ppp
यौन र प्रेमको सम्बन्धबारे मामिलाले तर्क राखिन् । उनले यौन अर्थात् सेक्सले प्रेमलाई मजबुत पार्ने आफ्नो धारणा राखिन् । छलफलमा उपस्थित श्रोता÷दर्शकले समेत प्रश्न राखेका थिए । उनीहरुले प्रेम वक्ताका रुपमा प्रस्तुत भएकाहरुलाई सोधेका थिए, ‘१० वर्ष प्रेम गरेर पनि विवाह नगरी छुटिएका उदारण थप्रै छन् । यस्ता प्रेमलाई के भन्ने ?’ यस प्रश्नको उत्तर पनि तुलसीले दिए । उनले भने, ‘विवाह नगरी छुटेको भए पनि त्यसको याद आइरहन्छ भने त्यो सफल प्रेम हो किनकि, याद आउनु भनेकै त्यो उनकै प्रेममा डुबिरहेजस्तै हो ।’




1-
कालो अक्षर
युगको कथा ब्यथा
ढल्दो छ आश्था
2-
केन्द्र एउटै
नाटक आन्दोलन
राजनिति यो
3-
नयन उघ्रे
सारा चौपट यहां
अबस्था हाम्रो
4-
ढल्यो शरिर
सपना अधुरो भो
इच्छा टुक्रियो






भबानी अधिकारी नेपाल
अहो !सुन्दर ,
इशारा नजरको
प्वाँख परेली
नशालु यिनै 
बिषालु भैदिनाले
बैरी नजर
सारा सपना
देखाउने ऐना यो
मुल्यबान छ
धमिलो हुन्छ
सपनाको दृश्यमा
नजरबन्द

 झण्डा मेट लोगो मेट, मेट नाराहरू

baburam cover
image
झण्डा मेट लोगो मेट, मेट नाराहरू
सक्छौ भने जून मेट, मेट ताराहरू
संझनाको खातबाट यादहरू मेट
सपनाहरू जम्मा गर चुलेसीले रेट
मेट वर्ग वर्ग बीचको फाटो सवै मेट
हिजो अस्ति तिमी हिड्या बाटो सवै मेट
सक्छौ मेट्न ? शरीरको खाटो पूरै मेट
वॉकी बस्ला रगतको टाटो पूरै मेट
सपनाहरू बटूल र अँगेनामा हाल
तिम्रो ज्यान तताउँन दनदनी बाल
प्रायश्चित गर्नु पर्ला नयॉ गुरु थाप
बलियाको हलिया भै धोऊ सबै पाप
भेटिएमा भोकानांगा बाटोमुनी लुक
पराईको ढोका ढोका धाऊ रोऊ झुक
जति टाढा भाग्न सक्छौ उति टाढा भाग
उतै सल्क उतै ढल्क जाऊ उतै लाग
खरानीले स्नान गर बन्न नयॉ जोगी
हामीले त चिनेकै छौं जोगी हौ कि भोगी
ढुकी राख उम्काउँन मूल्यवान मौका
घुमाएर मिलाएर हान्नलाई चौका
एउटा अण्डा फुट्यो भनी हामी मानिदिउँला
एउटा झण्डा झुक्यो भनी हामी जानिदिउँला
सोझा साथी भए सहिद गरी बेग्लै काम
तिमी बाठो बनी लेख्यौ गद्दारमा नाम
२०७२/१०/१६

कवि बलराम तिमिल्सिना एमाओवादी केन्द्रिय सदस्य हुनु हुन्छ ।
भबानी अधिकारी नेपाल
बाटो हेर्दै कुरि बसे आगमन भएन
निराशामा नै बदलियो बिश्वास रहेन
शुरु नभै अन्त्य कसरी भरपर्दो खाश
नहुनुमा नै सताउने आदत गएन

अनिस्चित गन्तब्य को सघर्समय यात्रा हो जिवन्!!
चरी झै स्वतन्त्र रहेनछ जिवन !!!
जती सुकै दुख:सुख आइपरे पनि भोग्नै पर्ने जिवन्!!
क्षणिक रोमान्चकको दुइपाला हो जिवन्!!"!
हासो, मिलन र बिछोड को दोभान हो जिवन्!!!
तर पनि गुमाएर फेरी पाउनु मा निकै मिठासमय रहेछ जिवन्!!

 ‘मोहिनी’ को प्रदर्शनी

 बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार नवीन सुवेदीले बनाउनुभएका मूर्तिहरुको प्रदर्शनी  सुरु भएको छ । ‘मोहिनी’ शीर्षक दिइएको सो प्रदर्शनीको आज राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गर्दै मूर्ति बनाउने कलाकारहरु सधैँ दुर्गममा नै रहने भए पनि उनीहरुको प्रतिभाले उनीहरुलाई राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रियस्तरसम्म पहिचान दिलाउने बताउनुभयो ।

कलाको महत्व सबैले बुझ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो – “कला र कलाकार राष्ट्रका गहना हुन् उनीहरुको सम्मान गर्नुपर्छ ।”
कार्यक्रममा कलाकार मदन चित्रकार, गीतकार कृष्णहरि बराल, सञ्चारकर्मी नवराज लम्साललगायतले युवा उमेरका कलाकार सुवेदीले गर्नुभएको उक्त कामको सराहना गर्दै यसले उहाँलाई सदैव जीवन्त राख्ने बताउनुभयो ।
मोरङ लेटाङ भोगटेनीमा २०४० सालमा जन्मिनुभएको कलाकार सुवेदीले हालसम्म ३५० भन्दा बढी ढुङ्गामा मूर्ति कुँदिसक्नुभएको छ । उहाँले राष्ट्रकवि घिमिरेसहित भजन शिरोमणि भक्तराज आचार्य, अभिनेता राजेश हमाललगायतका विशिष्ट व्यक्तित्वका मूर्ति बनाइसक्नुभएको छ ।
आजदेखि सुरु भएको उक्त प्रदर्शनी यही माघ १८ गतेसम्म चल्नेछ । कलाकारले बनाएकामध्ये गायक रामकृष्ण ढकाल, गीतकार कृष्णहरि बराल तथा अन्य मानव आकृतिका १८ मूर्ति प्रदर्शनीमा राखिएको छ ।

'फेरिँदो सौन्दर्य' निबन्ध कृर्तिलाई २ लाखको पहिचान पुरस्कार
























Rajan Mukarung
 मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङले फेरि अर्को ठुलो पुरस्कार पाउने भएका छन् । पहिचान पुरस्कार कोषले उनको निबन्धकृर्ति ‘फेरिँदो सौन्दर्य’लाई २ लाख २ सय २ रुपियाँको पहिचान पुरस्कार दिने घोषणा गरेको हो ।
पहिचानको पक्षमा लेखिएका कृर्तिहरुलाई पुरस्कृत गर्ने उद्देश्यले स्थापित पहिचान पुरस्कार कोषले पहिलो पटक पहिचान पुरस्कार मुकारुङको कृर्तिलाई दिने निर्णय गरेको कोषका काङमाङ नरेशले बताए । भोजपुरको दिल्पा नागीमा जन्मिएका मुकारुङकाे उपन्यास ‘हेत्छाकुप्पा’ र ‘दमिनी भीर’  पाँचवटा कविता संग्रह प्रकाशित गरिसकेका छन् । उनको उपन्यास दमिनी भीरले यसअघि मदन पुरस्कार जितेको थियो ।
Rajan Mukarung Book
मुकारुङका सबै कृतिहरु पहिचानको बारेमा लेखिएको र उनी स्वयम् पहिचान प्राप्तिको लागि हरेक क्षेत्रबाट निरन्तर संघर्ष गरिरेहेकाले उनलाई पहिचान पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ ।  लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्त दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको हो ।
नेपाली साहित्यको श्रीबृद्धिकोलागि पहिचान सम्बन्धि अध्यान अनुशन्धन हुने, पहिचान सम्बन्धि लेखन सक्रिय बनाउँदै जाने र नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउँदै, नयाँ बहुल समाज निर्माणकोलागि पहिचान पुरस्कारको स्थापना गरिएको काङमाङ नरेशलेले बताए । प्रत्येक वर्ष वा पाँच–पाँच बर्षमा पुरस्कार राशी बढाउँदै लगिने र पुस्तक, कृतिलाई यो पुरस्कार दिईने भएता पनि लेखकको निरन्तरतालाई पनि महत्वको साथ हेरिने उनकाे भनाइ छ ।
अन्तहत हामी एक भयौ
मैले पनि भेटे उन्लाई
उन्ले पनि भेटे मलाई
उन्को र मेरो भेटमा 
कष्ट भयो, यो मौषमलाई
बडो सताएको थियो
मेरो अध्यारो कोठामा
आधीपत्य जमाएको थियो
मलाई त एक्लै निलूला झै गर्थो
ल अब म चूनौती दिन्छू
य पूस माघ, य जाडो मौषम
त भन्दा अब म के कम
सक्छस, ल सता
मेरो जानलाई पनि त बता
कत्ती कक्राएको थिईस
कत्ती सताएको थिईस
उन्को तृषणा जाग्ने गरी
कत्ती रूवाएको थिईस
आज, हे मौषम
त' मेरो सामू निरिह छस
म तलाई गिजाउदै बिताउने छू
आफ्नो यो शर प्राणनाथको छात्तीमा राखी
घूरी घूरी मस्त निदाउने छू
.................... निदाउने छू ।
Kamala Sharma
जब तिमि सानो थियौ, 'आमा' को 'काख' भिजाई दिन्थ्यौ, आज तिमि ठुलो भयौ, आमाको 'आँखा' 'रसाई' दिन्छौ ! तिमि कस्तो सन्तान हौ ? जब तिमि सानो थियो, आमाले तिम्रो 'हात' समातेर हिडाउनु भयो, आज आमा लाइ डोर्याउनु पर्दा, तिमीलाई लाज लागेर आउछ, तिमि कस्तो सन्तान हौ ? सानो छँदा जब तिमि बिमारी हुन्थ्यौ, आमा रातभरी जागै बस्थिन, तिमीलाई काखमा लिन्थीन, आज आमा रातभरी निदाउन सक्दिनन, तिमि 'निन्द्रा' को ओखती खुवाउछौ ! तिमि कस्तो सन्तान हौ ? रुख जत्ति सुकै बुढो होस, नकाट त्यसलाई, आँगन मै रहन देउ, फलोस या नफलोस, फुलोस कि नफुलोस, शितल 'छाँया' पक्कै दिने छ !!
क्रोध के दो मिनट
"'''''''''''''''''''
एक युवक ने विवाह के बाद दो साल बाद परदेस जाकर व्यापार की इच्छा पिता से कही. पिता ने स्वीकृति दी तो वह अपनी गर्भवती को माँ-बाप के जिम्मे छोड़कर व्यापार को चला गया.
.
परदेश में मेहनत से बहुत धन कमाया. 17 वर्ष धन कमाने में बीते गए तो सन्तुष्टि हुई और वापस घर लौटने की इच्छा हुई. पत्नी को पत्र लिखकर आने की सूचना दी और जहाज में बैठ गया.
.
उसे जहाज में एक व्यक्ति मिला जो दुखी मन से बैठा था. सेठ ने उसकी उदासी का कारण पूछा तो उसने बताया कि इस देश में ज्ञान की कोई कद्र नही है. मैं यहां ज्ञान के सूत्र बेचने आया था पर कोई लेने को तैयार नहीं है.
.
सेठ ने सोचा इस देश में मैने तो बहुत धन कमाया. यह तो मेरी कर्मभूमि है. इसका मान रखना चाहिए. उसने ज्ञान के सूत्र खरीदने की इच्छा जताई. उस व्यक्ति ने कहा- मेरे हर ज्ञान सूत्र की कीमत 500 स्वर्ण मुद्राएं है.
.
सेठ को सौदा महंगा लग तो रहा था लेकिन कर्मभूमि का मान रखने के लिए 500 मुद्राएं दे दीं. व्यक्ति ने ज्ञान का पहला सूत्र दिया- कोई भी कार्य करने से पहले दो मिनट रूककर सोच लेना. सेठ ने सूत्र अपनी किताब में लिख लिया.
.
कई दिनों की यात्रा के बाद रात्रि के समय अपने नगर को पहुंचा. उसने सोचा इतने सालों बाद घर लौटा हूं क्यों न चुपके से बिना खबर दिए सीधे पत्नी के पास पहुंच कर उसे आश्चर्य उपहार दूं.
.
घर के द्वारपालों को मौन रहने का इशारा करके सीधे अपने पत्नी के कक्ष में गया तो वहां का नजारा देखकर उसके पांवों के नीचे की जमीन खिसक गई. पलंग पर उसकी पत्नी के पास एक युवक सोया हुआ था.
.
अत्यंत क्रोध में सोचने लगा कि मैं परदेस में भी इसकी चिंता करता रहा और ये यहां अन्य पुरुष के साथ है. दोनों को जिन्दा नही छोड़ूंगा. क्रोध में तलवार निकाल ली.
.
वार करने ही जा रहा था कि उतने में ही उसे 500 अशर्फियों से प्राप्त ज्ञान सूत्र याद आया- कोई भी कार्य करने से पहले दो मिनट सोच लेना. सोचने के लिए रूका. तलवार पीछे खींची तो एक बर्तन से टकरा गई.
.
बर्तन गिरा तो पत्नी की नींद खुल गई. जैसे ही उसकी नजर अपने पति पर पड़ी वह ख़ुश हो गई और बोली- आपके बिना जीवन सूना सूना था. इन्तजार में इतने वर्ष कैसे निकाले यह मैं ही जानती हूं.
.
सेठ तो पलंग पर सोए पुरुष को देखकर कुपित था. पत्नी ने युवक को उठाने के लिए कहा- बेटा जाग. तेरे पिता आए हैं. युवक उठकर जैसे ही पिता को प्रणाम करने झुका माथे की पगड़ी गिर गई. उसके लम्बे बाल बिखर गए.
.
सेठ की पत्नी ने कहा- स्वामी ये आपकी बेटी है. पिता के बिना इसकी मान को कोई आंच न आए इसलिए मैंने इसे बचपन से ही पुत्र के समान ही पालन पोषण और संस्कार दिए हैं.
.
यह सुनकर सेठ की आंखों से आंसू बह निकले. पत्नी और बेटी को गले लगाकर सोचने लगा कि यदि आज मैने उस ज्ञानसूत्र को नहीं अपनाया होता तो जल्दबाजी में कितना अनर्थ हो जाता. मेरे ही हाथों मेरा निर्दोष परिवार खत्म हो जाता.
.
ज्ञान का यह सूत्र उस दिन तो मुझे महंगा लग रहा था लेकिन ऐसे सूत्र के लिए तो 500 अशर्फियां बहुत कम हैं. ज्ञान अनमोल है.
.
इस कथा का सार यह है कि जीवन के दो मिनट जो दुःखों से बचाकर सुख की बरसात कर सकते हैं. वे क्रोध के दो मिनट हैं.
~~~~~~~~~~~~~~~~~~~~
भागवत में भी यही संदेश दिया गया है. कहा गया है कि यदि तुम्हारे काम से किसी का अपकार होता है तो उस काम को एक दिन के लिए टाल दो. यदि उपकार होता हो तो तुरंत करो ताकि कहीं उपकार का विचार न बदल जाए.
Dinesh Budhathoki गन्दैन एक्लो जुनलाई कसैले 
तारा गन्ने चलन यहा राति राति ।
हुदैन जसको बिपना आफ्नो 
अउदैन सपना यहाँ राति राति ।।
Sushma Gajurel

एक मसानघाटमा लेखिएको थियो "
कसैलाइ के आरोप लगाउनु साथी ......
जिन्दगीमा सताउनेहरु पनि आफ्नो थिए
र जलाउनेहरु पनि आफ्नो थिए ।
Jeevan Thapa
आशाका गोरेटाहरु बारी हाल्नु हुन्न
जीवनको कसौटीमा हारी हाल्नु हुन्न
वेगले उडेका छन अनगिन्ती चाह
झटारै हानेर तल झारीहाल्नु हुन्न
'उदेश्य के लिनु उडी छुनु चन्द्र एक '
बिचमै हारेर मन मारी हाल्नु हुन्न
बाँचेर जिउनलाई काम कर्तब्य ति
अधुरै राखेर डेरा सारी हाल्नु हुन्न
बिनाश कालमा भ्रष्ट बुद्धि भई हाले
निराशै भएर खोली तारी हाल्नु हुन्न
चिसाे पालमुनि ! 
(विप्लव ढकाल) 
***
तस्बिरकाे घाउ नकाेट्याऊ 
कागजको हृदय च्यातिन्छ
ऐनामा खसेकाे अाँसुलेे
ऐनाकै मुटु काटिन्छ !
...
अँध्यारो अाकाशकाे छानाले
सिरेटाे छेक्ला कि नछेक्ला ?
माटाेमा खसेेकाे अाँखाले
सपना देख्ला कि नदेख्ला ?
...
बादलकाे सिरक नअाेडाऊ
छातीमा पर्दै छ तुसाराे,
मर्न पाे हामीले जानेनाैं
बाँच्नलाई छैन हताराे !
...
खरानी बेच्ने बजारमा
याे देश एउटा चिता हाे !
काखमा शिशु मर्दै छन्
बाँचेका छाै कि पिता हाे ?
...
तस्बिरकाे घाउ नकाेट्याऊ
कागजको हृदय च्यातिन्छ,
ऐनामा खसेको अाँसुले
ऐनाकै मुटु काटिन्छ !!
***
(वि. सं. २०७२ पुस १५ गते)

एक पटक पढ्नै पर्ने कथा

दिनभरी भारी बोकेर होला म निकै थाकेको थीए । सायद सानो देखेर होला मलाई साहुले मात्र 50 रुपिया दिनु भयो । 15 रुपैयाँको एउटा चाउचाउ खाजा खाए । साँझको बेला थीयो त्येसैले निकै जाडी भयो ।

Captureशरीरमा एक जोडी कपडा मात्रै थीयो । म जाडोले काम्दै थिए । अगाडी एउटा चिया पसल थीयो । मैले चिया पसलको दाई सँग चीया मागे तर त्यो दाईले त उल्टै लखेट्नु भयो । मैले चिया सित्तैमा मागेको थिईन, के गरिबले पैसा तिरेर पनि खान नपाउने यो देशमा ? त्येतीकैमा झमक्क रात पर्यो ।
रातीको खाना खाने बेला भयो । मसंग पैसाको नाम मा जम्मा 35 रुपैयाँ थियो । जुन पैसाले भात खान पुग्थेन । निकै जाडो थीयो । चिसो हाबा चलीरहेको थियो अनी म सडकको छेउ मा काम्दै बसेर के खाने भनेर सोच्दै थिए । जाडी पनी निकै थीयो र भोक पनी निकै लागेको हुनाले मैले चिया र पाउरोटी खाने बिचार गरे ।
एउटा पसलमा गएर पैसा दिए र त्येसको चिया पाउरोटी मागे । मालाई त्यो दाईले पल्लाटीक को कप मा चिया दिनु भयो र हातमा पाउरोटी दिएर बाटोको छेउमा बसेर खा भन्नुभयो । के गरीबले पसल भित्र बसेर खान पनी नपाउने ? आँफु सानो भएकाले म चुप लागेर बाटोको छेउमा बसेर खाए ।
अली अली अगाए जस्तो भयो तर थप खानको लागी पैसा थिएन त्येसैले त्येतीमा नै चित्त बुझाए । अब खान त खाईयो सुत्ने काहाँ ! अरु दिन जस्तै बाटोको पेटीमा सुत्ने तयारी गदै थिए । बोरा ओडेर सुत्ने गर्थे म । तर आज मैले राखेको बोरा धनी मानी हरुले आगो ताप्न पोलीदिएछन् । अब त्येतीकै सुत्ने भन्दा अरु बिकल्प थिएन ।
ईट्टाको सिरानी राखेर खुल्ला अकाश मुनी सुतीयो । राती सित परेर चिसोले अफ्नो शरीर पन अर्काको जस्तो लाग्दै थियो त्येसपछी केही थाहा पईन । भोली पल्ट बिहान भयो, मेरो आँखा खुल्यो । मलाई त धेरै मानीसले धेरेका रहेछन । एकैछिन डर लाग्यो अनी म उठेर हिडे ।
मलाई कसैले बाटो छेडेनन् । पछाडी पर्कीएर हेरेको त अचम्म मा परे , कीनकी म जस्तै माछे पछाडी सुतिराखेको रैछ । यता उता मनिसलाई सोध्य, त्यो मान्छे को हो अनी यती बेलासम्म किन सुति राखेको ? कसैले जवाफ दिएनन् । एक छिन मा पुलीस पनी आए ।
पुलिसलाई पनी त्यही प्रश्न गरे । कसैले पनि वाश्ता गरेनन् । मले उनीहरुको खुट्टा समात्न खोजे । अरे मरो हात त उनीहरुको खुट्टा बाट छिर्यो । म आतिन थाल्ये । यो मलाई के भयो । उता एउटा मन्छेले पुलीसलाई भन्यो “म बिहानै आउँदा यो मरिसकेको थियो । सायद राती चिसोले मरेको होला ।
यो सुनेर म आकाश बाट खसेको जस्तो भए । केहि बेरमा मेरो लास उठाएर लगियो । म रोए कराए तर सुनिदिने को नै थियो र ! म मरेको होइन मलाई यो समाजले मारेको हो र म जस्ता कयै मारिदै छन् ।
Shova Neupane

आज फैसला गरौँ पित्तल पोलेर सुन हुन्छ हुँदैन ?
बेसुरा बाजा बजाउँदैमा त्यो धुन हुन्छ हुँदैन ?
रहरले चुनिन्न बैधव्य, न मर्छन् दम्पति एकसाथ,
आफ्नै आमालाई सोध बिधवाले मूर्ति हुन्छ हुँदैन ?
प्रेम—धुन"
- किशोर पहाडी
होस्
झगडा होस् ।
कि बेला बेला
सल्लाको रुख झैँ अग्लिएको तिम्रो अभिमानलाई
ठुटो बनाउन सकुँ ।
तिखारेर बनाउन सकुँ
सिसाकलम ।
त्यही सिसाकलमले लेखी पठाऊ
‘हाइु’, ‘हेल्लो’ र ‘मिस यू’
सम्बन्धको इनबक्समा
फेरि ।
त्यसैले त
पुराना क्यालण्डरहरू जतनका साथ राखेको छु
दराजको मुनि भागमा ।
यदाकदा पुराना गतेहरू
उफ्रिन थाल्छन्,
तारीखहरू
छटपटाउन थाल्छन् दराजभित्र
र आवाज आउँछ —
भद्र्याक् भुद्रुक् भद्र्याक् भुद्रुक्
भद्र्याक् भुद्रुक् भद्र्याक् भुद्रुक्
मलाई ती आवाजको सङ्गीतमा गीत गाउन फेरि मन भो ।
होस्
झगडा होस् ।
Kamala Sharma
तिम्रा यादहरु जम्मा गर्ने कुनै बै‌ंक भईदिए
सबै भन्दा बढी मैरे खातामा हुने थियो
कवि मुकुन्दशरणलाई लेखनाथ साहित्य पुरस्कार
पोखरा, ६ पुस 
यस वर्षको लेखनाथ साहित्य पुरस्कार– २०७२ कवि मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने भएको छ । 
लेखनाथ साहित्य प्रतिष्ठान पोखराद्वारा सञ्चालित उक्त पुरस्कारको राशि नगद रु ५० हजार र सम्मानपत्र रहेको छ । 
पुरस्कार एवम् सम्मानका लागि व्यक्तित्व छनोट गर्न प्रतिष्ठानका सल्लाहकार कृष्णप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरिएकोमा सो समितिले उपाध्यायको नाम छनोट गरी सिफारिस गरेको हो । 
समितिमा डा। वासुदेव त्रिपाठी, डा। प्रतिभा पाण्डे, लेखनाथ साहित्य पुरस्कार अक्षयकोष सञ्चालक समितिका अध्यक्ष शुक्रराज अधिकारी र प्रतिष्ठानका सदस्य सचिव कृष्णप्रसाद पौडेल रहनुभएको थियो । 
नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका कारण उपाध्यायलाई यस वर्षको लेखनाथ साहित्य पुरस्कार– २०७२ प्रदान गर्न सिफारिस गरिएको प्रतिष्ठानका सल्लाहकार एवम् व्यक्तित्व छनोट समितिका संयोजक कृष्णप्रसाद बास्तोलाले जानकारी गराउनुभयो । 
प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालका अनुसार सो पुरस्कार कवि शिरोमणि लेखनाथ पौड्यालको १३२ औंँ जन्मजयन्तीका अवसरमा आगामी पुस १५ गते प्रदान गरिने छ । 
कास्कीको हेम्जामा विसं १९९७ मा जन्मिनुभएका कवि उपाध्यायका प्राकृत पोखरा ९खण्डकाव्य०, धरती र आकाश ९कविता सङ्ग्रह०, शैलसरिता ९संस्कृत कविता सङ्ग्रह०, महाभारत सुक्तिसुधा ९सुक्ति सङ्ग्रह०, वरदान ९उपन्यास० लगायतका आठ कृति प्रकाशित छन् । 
उपाध्यायको ‘प्राकृत पोखराʾ कृतिले २०२१ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपाली भाषाको समृद्धि र विकासका लागि विशिष्ट योगदान पु¥याउनुभएका उहाँले २०२५ सालदेखि नेपाली भाषाको विश्वव्यापी एकरुपता अभियान पनि सञ्चालन गरिरहनुभएको छ । 

उक्त पुरस्कारबाट यसअघि २०६७ सालमा नेपाली शिक्षा परिषद, २०६८ सालमा वासुदेव त्रिपाठी, २०६९ सालमा साहित्यकार मदनमणि दीक्षित, २०७० सालमा जनकविकेशरी धर्मराज थापा र २०७१ सालमा साहित्यकार मोदनाथ प्रश्रित सम्मानित भइसक्नुभएको छ । 

Kamala Sharma

म असफल पति
र असफल पिता
न असल छोरा बन्न सकें
न असल नागरिक
शायद जानी नजानी
बा-आमाको मन दुखाएको
सजाय भोग्दैछु
शायद अंगिकृत नेताहरूलाई
अभिभावक बनाएको
अभिशाप भोग्दैछु ।
न बाटोमा जुलुस बनेर
तोडफोड गर्न सक्छु
न मानिस मार्न वा जलाउन सक्छु
न बा-आमालाई खर्पनमा राखेर
तीर्थ यात्रामा निस्किन सक्छु
न असफलताको बुईं चढेर
आत्महत्या नै गर्न सक्छु ।
हरेक अभाव र अपमानहरूलाई
सहजै अंगालो हाल्दै
बाँच्न बानी परिसकेको
म नेपालको नागरिक हूँ ।
Kamala Sharma 
कपड़े हो गए छोटे
🙈 लाज कहा से आए
🌾
रोटी हो गई ब्रैड
💪
ताकत कहा से आए
🌺
फूल हो गए प्लास्टिक के
😔
खुशबू कहा से आए
👩
चेहरा हो गया मेकअप का
👸
रूप कहाँ से आए
👨
शिक्षक हो गए टयुशन के
📚 विद्या कहाँ से आए
🍱
भोजन हो गए होटल के

तंदरुस्ती कहाँ से आए
📺
प्रोग्राम हो गए केबल के
🙏
संस्कार कहाँ से आए
💵
आदमी हो गए पैसे के
🙉 दया कहाँ से आए
🏭
धंधे हो गए हायफाय
🎁
बरकत कहाँ से आए
👳
भक्ति करने वाले स्वार्थी हो गए
👤 भगवान कहाँ से आए
👫
रिश्तेदार हो गये व्हाट्सऐप के
💃
🏃 मिलने कहाँ से आए
😂
😂
😪
😥
😰
😂
😂
: मंदिर के बाहर लिखा हुआ एक खुबसुरत सच......
"अगर उपवास करके भगवान खुश होते,
तो इस दुनिया में बहुत दिनो तक खाली पेट
रहनेवाला भिखारी सबसे सुखी इन्सान होता..
उपवास अन का नही विचारों का करे....
इंसान खुद की नजर में सही होना चाहिए, दुनिया तो भगवान से भी दुखी है!
🍌
🍎
🍏
🍊
🌞🌿
😄
आज का विचार:
चिड़िया जब जीवित रहती है
तब वो चिंटी🐜 को खाती है
चिड़िया जब मर जाती है तब
चींटिया उसको खा जाती है।
इसलिए इस बात का ध्यान रखो की समय और स्तिथि कभी भी बदल सकते है.
👍
इसलिए कभी किसी का अपमान मत करो
👍कभी किसी को कम मत आंको।
👍तुम शक्तिशाली हो सकते हो पर समय तुमसे भी शक्तिशाली है।
👍एक पेड़ से लाखो माचिस की तीलिया बनाई जा सकती है
👍 पर एक माचिस की तिल्ली से लाखो पेड़ भी जल सकते है।
👍कोई चाहे कितना भी महान क्यों ना हो जाए, पर कुदरत कभी भी किसी को महान बनने का मौका नहीं देती।
👉कंठ दिया कोयल को, तो रूप छीन लिया ।
👉रूप दिया मोर को, तो ईच्छा छीन ली ।
👉दी ईच्छा इन्सान को, तो संतोष छीन लिया ।
👉दिया संतोष संत को, तो संसार छीन लिया ।
👉दिया संसार चलाने देवी-देवताओं को, तो उनसे भी मोक्ष छीन लिया ।
☝मत करना कभी भी ग़ुरूर अपने आप पर 'ऐ इंसान'
☝ भगवान ने तेरे और मेरे जैसे कितनो को मिट्टी से बना के, मिट्टी में मिला दिए ।
🔆🔆🔆🔆🔆🔆🔆🔆🔆
👉 इंसान दुनिया में तीन चीज़ो के लिए मेहनत करता है
1-मेरा नाम ऊँचा हो .
२ -मेरा लिबास अच्छा हो .
3-मेरा मकान खूबसूरत हो ..
लेकिन इंसान के मरते ही भगवान उसकी तीनों चीज़े
सबसे पहले बदल देता है
१- नाम = (स्वर्गीय )
२- लिबास = (कफन )
३-मकान = ( श्मशान )
जीवन की कड़वी सच्चाई जिसे हम समझना नहीं चाहते 👈
👌👌👌👌👌
ये चन्द पंक्तियाँ
जिसने भी लिखी है
खूब लिखी है
एक पथ्थर सिर्फ एक बार मंदिर जाता है और भगवान बन जाता है ..
इंसान हर रोज़ मंदिर जाते है फिर भी पथ्थर ही रहते है ..!!
एक औरत बेटे को जन्म देने के लिये अपनी सुन्दरता त्याग देती है.......
और
वही बेटा एक सुन्दर बीवी के लिए अपनी माँ को त्याग देता है
********[**********]*****
जीवन में हर जगह
हम "जीत" चाहते हैं...
सिर्फ फूलवाले की दूकान ऐसी है
जहाँ हम कहते हैं कि
"हार" चाहिए।
क्योंकि
हम भगवान से
"जीत" नहीं सकते।
➖♦➖♦➖♦➖♦➖

Kamala Sharmaकेटा : खाना खायौं.... ?
केटी: खान मन छैन
केटा : किन के भयो .... ?
केटी : म एकजोर कपडा लिन
चाहन्छु ! आमाबुवाले पैसा दिनु भएन ।
केटा : के भयो त ! म दिलाउँछु नी ।
केटी : तिमी
कसरी दिन
सक्छौं ? तिमी सित पैसा छ कपडा
किन्न ??
केटा : तिमी चिन्ता नगर ! खाना खाउ

भोलिपल्ट केटा बजार गएर आफ्नो गलाको
सिक्री बेचेर केटीलाई
पैसा दिएछ ।
केटी : ( धेरै खुसी
हुँदै ) आई लभ यु डियर
हेर्दा हेर्दै चार महीना
बितेछ ।
अचानक ,
केटी : अब हामी
कहिले भेट्ने छैनौं ! म तिमी
भन्दा धनी केटा संग बिहे गर्दैछु

केटा : तर म तिमिलाई प्रेम गर्छु , सक्दिन
तिमी बिना बाँच्न ।
केटी : मायाले जिन्दगी
चल्दैन । फेरी तिमी
मेरो चाहना पूरा गर्न पनी
सक्दैनौं । यदी हुन सक्छ भने
मलाई भुलीदेऊ । केटाले आँखा
भरी आँसु पुछ्दै भनेछ ।
केटा : कुनै दिन पैसाले नआउने कुनै
चीज चाहियो भने त्यो पनि दिन
सक्छु । तिम्रो चाहानाको के कुरा, त्यो
तिमीले सोचेकी छैनौं ।
हुन्छ आफ्नो ख्याल राख्नु, धेरै
खुसी हुनु ।
(केटीको धनी केटा
संग बिहेको कुरा चलेछ ) बिहे पनि गरेछन्
। दुईसाल पछि ।
केटाले हरेक समयमा उस्को खबर सोध्ने गर्दो
रहेछ । एकदिन अचानक केटीको
दुर्घटना भएछ । केटा अस्पताल गएछ र
डाक्टरलाई सोधेछ कस्तो
छ अहिले ? चाडैं ठिक हुन्छ
होलानी ..... ??
डाक्टर : म उहाँलाई बचाउँन सक्दिनँ !
यदी उहाँलाई कसैले मुटु दियो
भने उहाँ बाँच्नु हुन्छ नत्र भन्न सक्दिनँ
बचाउँन सक्छु भनेर ..........
( तीन घन्टा पछी
केटीलाई होस् आएछ )
केटी : बुवा म कसरी
बाँचे .... ?? कस्ले मलाई आफ्नो ज्यान दिएर
बचायो .... ??
केटीको बुवा : त्यो नै हो जो
तिमिलाई आफू भन्दा बढि माया गर्थ्यो ।
केटी झसङ्ग हुन्छे र केटालाई
भेट्न उस्को घर जान्छे
नजिकैको टेबुलमा एउटा सानो पत्र रहेछ ।
हत्तपत्त पत्र हेर्छे ,
त्यो चिट्ठीमा लेखिएको थियो
“एकदिन तिमीले यो मुटु टुक्रा टुक्रा
पारेकी थियौं फेरी
आज यो मुटु तिम्रो धड्कनमा धड्किरहेछ, अब
यस्लाई कसरी टुक्राउँछौ ..... ??
केटी गहभरी
आँसु झार्दै केटालाई अङ्गालो मार्दै रुन
थाली ................ ।। पैशाले
हरेक चाहना पूरा गर्न सकिन्छ तर कुनै
चिज पैशाले किन्न सकिदैन
त्यो हो साचो माया..!
Suman Adhikari
के तिमीहरु सबै को बुवा जिबितै छन
के तिमीहरुको मात्रै आमा पहिला मरछन
हे बिधुवा बिरोधी हो किना बुझदैनौ
तिमरो घरमा पनी बिधुवा छ कोही 
तिमरो घरको बिधुवा मन्दिर 
जादैनन ?
Lekh Niraula
जनक कुलका ऐँजेरु
उनी सीता साध्वी भुवन जननी भक्ति सरणी
उनी माता हाम्री मुलुकभरकी शक्ति-करणी
जगत्-पूज्या नारी सरल हृदया स्नेह तरला
उनी शोभा सौम्या जनक नगरी दिव्य सरला ।।
उनी हुन् नेपालीपन प्रकृतिकी सत्य सपना
सबैकी आस्था हुन् हृदय तलकी नित्य जपना
सबै नारी जस्तै सुमन रजकी बिम्ब कण ती
सदाचारी सीता सकल जनकी मातृ सुमति ।।
अहो ! कस्तो शोभा जनक नगरी वैभव पुरी
अझै कस्तो नाता विधि नियतिको राम नगरी
न हत्या हिंसा वा कलह नगिचै हुन्छ जसको
न ईर्ष्याको त्यस्तो बिजन छरियो द्वेषवशको ।।
जहाँ आस्था नारी हृदय सबको हुन्छ तिनमा
तिनी आमा छोरी असल गृहिणी रूप रङमा
न खोज्छिन् ती आफैँ मनुज कुलमा को छ विधवा
न भन्छिन् आफू नै सकल गुणकी मात्र सधवा ।।
अहो ! कस्ता छोरा अबुझ शठझैँ ती कतिपय
नबुझ्ने नारीका विविध महिमा शक्ति निचय
कतै आफ्नै शैली हृदय तिनको दुष्ट मतिझैँ
नबुझ्दै होहल्लातिर हुन गयो पौरुष अझै ।।
कहाँ भार्या माता मनुज दुहिता रूप विधवा
कहाँ पूज्या सीता जनक तनया मैथिल-सुता
कहाँ बोली चर्को पुरुषपनको उग्र कुमति
कहाँ त्यो मौलायो जनक कुलमा गर्धव गति ।।
(शिखरिणी)
पाराङ म्हेमे
झोल भन्दा कोला ठुलो 
बगर भन्दा खोला ठुलो 
आईमाई भन्दा गुन्युउ ठुलो 
भाँडा भन्दा पन्युउ ठुलो 
डोको भन्दा बोको ठुलो 


गैरी भन्दा डाँणा ठुलो
घाँटी भन्दा गाँणा ठुलो
यो सबै मिले पछि ७:३० को ग्रह बन्छ
भबानी अधिकारी नेपाल

झुल्के घामको दृश्य मध्य दिनको धुप
लौ बुझ्न नसकिने बदलिँदो छ खुब
अनिदो छ प्रहर खोजिरहेछ प्रित
खहरे निकै उर्लनु किन जमुना चुप
Manisha Gauchan
कति उज्याला हामी नेपाली 
अँध्याराेमा चम्किन्छाैँ 
कति अाँटिला हामी नेपाली 
भाेकभाेकै बसिदिन्छाैँ 
कति सहनशिला हामी नेपाली 


जे भए नि नभए नि सहिदिन्छाैँ
Kamala Sharma
शुख र दुख जीवनका दुई पाटा हुन्
पैलो देखेपछि थाहा पाइने
दोश्रो बताएपछि मात्रै थाहा हुने
दुनियाले भन्दै गर्छन हाम्ले धेरै बुझ्नु छ
समाजको कालो मैलो हाम्ले अझै धुनु छ
राजनीतिको गन्धे हिलो बगाएर बढे हुन्छ
यो देश उसकै हो जसले बलिदानी दिनु छ
नेपाल भाषासेवी पुरस्कृत
३ पुस 
नेपाल भाषा क्षेत्रका वरिष्ठ नाटककार भृगुराम श्रेष्ठ यस वर्षको ‘दानहिरा पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । 
नेपाल भाषा एकेडेमीले झन्डै सात दशकदेखि नेपाल भाषाका क्षेत्रमा सङ्गीत, नाटक तथा गायन क्षेत्रमा उत्कृष्ट योगदान गरेबापत उहाँलाई पुरस्कृत गरेको हो । उहाँका ‘द्ययात सिन्हाय स्वाँ...’ (देउतालाई फूल) जस्ता सयौँ गीत, सङ्गीत लोकप्रिय छ । 
उहाँले करुणाकर सिरपा, चित्तधर सिरपा–११३२, वज्र सिरपा–१११९, नेपाल सङ्गीत नाट्य प्रतिष्ठान जस्ता दुई दर्जनभन्दा बढी सङ्घसंस्थाबाट सम्मानित तथा पुरस्कृत भइसक्नुभएको छ । सो पुरस्कारको राशि रु ५० हजार तथा साथमा सम्मानपत्र छ । 
सोही कार्यक्रममा ‘दान्य हिरा हःपाः सिरपा–११३५’ सङ्गीत साधक जुगल डङ्गोललाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार र सम्मानपत्र रहेको छ । उक्त पुरस्कार नेपाल संवत् ११२४ देखि नेपाल भाषा, सङ्गीत, कला र साहित्यका क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई दिइँदै आएको छ । यसअघि सो पुरस्कारबाट साहित्यकार तथा शिक्षाविद् भूषणप्रसाद श्रेष्ठ, फणीन्द्ररत्न वज्राचार्य, सतीश महर्जनसहित थुप्रै व्यक्ति पुरस्कृत भइसक्नुभएको छ । 
सो पुरस्कार वितरण गर्दै एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीले नेपाल भाषालाई समृद्ध गर्ने काम नेवार संस्कृति र त्यस क्षेत्रमा दत्तचित्त भई लाग्ने कलाकारको भएको बताउनुभयो । एकेडेमीका संरक्षक सत्यमोहन जोशीले नेपाल भाषामा उत्कृष्ट साहित्य रहेकाले संसारभरि फैलाउन अङ्ग्रेजी भाषामा पनि अनुवाद हुनुपर्ने औँल्याउनुभयो । 
एकेडेमीका उपकुलपति यज्ञरत्न धाख्वाले सङ्गीत, साहित्य तथा कलाले नै नेपाल भाषाको संस्कृतिलाई समृद्ध तुल्याएको बताउनुभयो । एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दरले पुरानो सङ्गीतलाई अहिलेको सङ्गीतमा समय सुहाउँदो समिश्रण गर्ने तथा विकास गर्नेतर्फ कला साधकको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा धाख्वाले लेख्नुभएको कथासङ्ग्रह बकँफुसे (बकम्फुस) को पनि विमोचन गरिएको थियो ।!
!!!!!-------.. " heart emoticon बिवाह को मौसम heart emoticon "..------------!!!!!!!
जोडी हरु को मिलन हुने मौसम ,,,,, grin emoticon
जोडी हरु नचाहादा नचाहदै पनि बिछोड हुने मौसम cry emoticon
संगै बाच्ने, संगै मर्ने कसम खादै एक अर्कालाई साथ दिने मिठो बाचा गर्दै heart emoticon लगन गाठो कस्ने मौसम ,,बिवाह बन्दनमा बाधीइसक्नु भएका मेरा आत्मिय मित्र हरु र बाधिन बाकी भएका मेरा मित्र हरु लाई "बैवाहिक जीवनको लाखौ लाख शुभकामना"
खै कसरी भनौं र म तिमीबिना बाँच्न सक्छु cry emoticon
मनका व्यथा तिमीलाई नभनेरै साँच्न सक्छु cry emoticon
म त तिम्रो आफ्नो मान्छे तिमीले नठाने पनि
तिमी रुँदा भन साथि, कसरी म हाँस्न सक्छु grin emoticon
सपना त देखेको थे मिठो साथ दिँउला भन्ने
नफूले नि मायाको बोट कसरी म भाँच्न सक्छु frown emoticon
मन छेड्ने तिखो बचन मेरो सामु आएको छ gasp emoticon
भन अब कसो गरि तिम्रो खुशी लाछ्न सक्छु cry emoticon
खै कसरी भनौं र म तिमीबिना बाँच्न सक्छु cry emoticon
Kanglu Sekta
हाम्रो पनि बारीभरी अन्न फल्छ हजुर
झुपडील भए नि घाम-पानी छल्छ हजुर ।।
पितल भुडेँ शासक महल यसको
श्रमिक उठ्ने भूकम्पले चाँडै अब ढल्छ हजुर ।।
श्रम गर्ने अरू नै मोज गर्ने डाकु तिमी
धेरै टाढा छैन श्रमिक सत्ता चल्छ हजुर ।।
उठ्नु नै छ एक भई शोषणको विरूध्दमा
चिसो चुलो होइन आगो ठोसी बल्छ हजुर ।।



मानिस मानिसको सम्बन्ध ऐना जस्तो ।
तिमीले रिसले हेर्छौ अरुलाई रिसाएको जस्तो देख्छौ ,
तिमीले मायाले हेर्छौ माया गरेको जस्तो देख्छौ ,
तिमीले हासेर हेर्छौ हासेको जस्तो देख्छौ ,
तिमीले रोएर हेर्छौ रोएको प्रतिबिम्ब पक्कै देख्छौ 
जय होस्


जति दुख पिडा मा नि
हिडिरहने जीवन
बाहिर जति हासे पनि
भित्र दिल रोहिरहने जीवन
पिडा भित्र गुम्सियको
हारेको यो जिबन
बाहिर हास्ने भित्र रुने
कस्तो हो मेरो जीवन
रुनु हस्नु जीवन को
परिबेश नै हो हजुर
कहिले हासो कहिले रोदन
यहि जिन्दगी रहेछ हजुर
?



आफ्नो अनुहार काे मैलाे नहटाए सम्म जति ऐना सफा गरे पनि अनुहार सफा हुदैन तसर्थ हामिले भारतको ले हरेक कुरा मा हस्तक्षेप गर्याे भनी बिराेध गर्नु भन्दा पहिले देश भित्रका भारतिय दलाल हरू लाइ सुली चढाउनु पर्दछ । त्यसपछि समस्या अाफै हल हुनेछ ।
Seeta Gautam
सफल संसार:
निद्रा र मृत्यु मा के फरक छ ?
कसैले क्या सुन्दर जवाफ दियो ,
" निद्रा आधा मृत्यु हो "

" मृत्यु हमेशाको लागि निद्रा हो "
" जिन्दगी त आफ्नै तरीकाले चल्दछ ...
अरुको सहाराले त कात्रो निस्कने गर्छ , "
" विहान हुन्छ , साँझ हुने गर्छ ,
उमेर यसरी नै तमाम हुने गर्छ ! "
" कोहि रोएर दिल बहलाउछन

कोहि हाँसेर दर्द लुकाउछन "
" कस्तो चमत्कार छ यो प्रकृतिको ...
जिउदो मान्छे पानी डुब्छ र मुर्दा तैरीएर देखाउछ "
" बस् कन्डक्टरको जस्तो भइसकेको छ जिन्दगी ,
यात्रा दैनिकी हुन्छ र जानू कहि हुदैन "
सफलताको सात रहस्य मलाई आफ्नो कोठामा नै भेटीयो ,
कौशीले भन्यो - आफ्नो उद्धेश्य महान राख
पँखाले भन्यो - ठण्डा दिमाग राख
घडीले भन्यो - हरेक मिनेट महत्वपुर्ण छ , सदुपयोग गर
काँचले भन्यो - केही गर्नुभन्दा अगाडि आफुभित्र जाकेर हेर ।
झ्यालले भन्यो - दुनियालाई पनि हेर
ढोकाले भन्यो - आफ्नो लक्ष्य प्राप्त गर्न पूरा जोड लगाउ ।
क्यालेन्डरले भन्यो - Up To Date गर
रेखाहरु पनि अचम्मको हुन्छ ,
निधारमा खिचियो भने किस्मत बनाइदिन्छ
जमिनमा खिचियो भने बर्डर बनाइदिन्छ र सम्बन्धमा खिचियो भने भित्ता बनाइदिन्छ , छालामा खिचियो भने रगत निकालिदिन्छ "
एक रुपैया एक लाख हुदैन
तर फेरि एक रुपैया एक लाखबाट निस्कन्छ भने त्यो लाख पनि लाख हुदैन,,,,,,,



Far-Western Devaki Bista
समय साँच्चै परिवर्तनशिल रहेछ । समय भएको बेला यस्तै धेरै चित्रहरु कोरिन्थ्ये । जुन अहिले कोर्न पाउदिन । यस्ता धेरै रङ्गहरुसँग खेलिन्थ्ये । जुन अहिले खेल्न पाँउदिन । जुन तस्वीरहरु पहिले थिए । अहिले छैनन् । रङ्गको दुनियामा हराउन मन छ
Deepak Kathit
कुनै बेला यही बोली मीठो भो
आजभोलि विषभन्दा तीतो भो
यस्तै रै'छ दैव यहाँ यस्तै रहेछ
सँगै हिँड्ने छायाँ पनि भागिरहेछ ।
भबानी अधिकारी नेपाल
दोषी चस्मा न लगाउन सके न पर सार्न
जरुरत झैँ हुन्छ फेरि किन हो लाग्छ हार्न
नाक माथि नै हुनुपर्ने फेरि कान समात्ने
बिश्वास बाट बन्धन गाढा नसकिने झार्न



भबानी अधिकारी नेपाल
के हुन्छ खै मङ्सिर लाग्यो भन्छन् बिचराहरु
दुलही र दाइजो लिन्छौं भन्छन् निचराहरु
कसरी त खै मुस्किल अति व्यबहार टार्न
कुदृष्टि ले हेर्छन् नि चेली बिर्सेर छिचराहरु
Bhagawati Bhandari
समय !!!
बितेका समय भुल्न सकियन !
भैरहेको समय समेट्न सकियन !!
रुमलियका, भौतारियका छन समय !!!
एकिकृत गर्न सकियन !!!!!

देश को निकास चाहन्छ समय !!
निदायझै गर्ने ति आखाहरु खोल्न सकिएन !

सूर्योदयमा देवकोटाको जयन्ती यसरी मनाइयो

IMG_9815



















२८ कात्तिक 
 सूर्योदय आवासीय माध्यमिक विद्यालय डिल्लीबजारले नेपाली साहित्यका शिखरपुरुष लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।
कार्यक्रममा विशिष्ट साहित्यकार एवम् कविहरूबाट कवितावाचन, नेपाली परम्परा उजागर गर्ने देउसी भैलो कार्यक्रम पनि गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार जीवनाथ धमला, डा. कृष्णप्रसाद भट्टराईलगायतले कवितावाचन सूर्योदयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली साहित्यको श्रीबृद्धिम महाकवि देवकोटाले पुराउनुभएको योगदानको कदरस्वरुप आयोजित कार्यक्रममा देवकोटाको कृतित्व, व्यक्तित्व एवम् साहत्यिक योगदानबारे साहित्यकार जीवनाथ धमलाले उल्लेख गर्नुभयो ।
डिल्लीबजार रोट्रयाक्ट क्लवबाट प्रस्तुत गरिएको देउसी भैलो कर्याक्रममले नेपाली संसकृतिको सजीव रुप प्रस्तुत गरेको थियो ।
झलमल बत्ती र फूलहरूको पर्व तिहारलाई विद्यार्थीहरूले आफ्नो नृत्यमा उतारेका थिए ।
प्रमुख अतिथि प्रतिष्ठानका कुलपति उप्रेतीले देवकोटा नेपाली शिक्षा र साहित्यका जग हुने बताउनुभयो ।
यसैगरी विद्यालयका प्रिन्सिपल एवम् प्याव्सनका अध्यक्ष लक्ष्यबहादुर के.सी.ले साहत्यिक सर्जक एवम् स्रष्टाप्रतिको सम्मान, परम्परा, संस्कारको विकास र श्रीवृद्धि नै यस कार्यक्रमको मूल अभिष्ट भएको बताउनुभयो ।

 बिशेष गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको पवित्र दिन । महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्याएको विशिष्ट योगदानको कदर, उनको व्यक्तित्वको चर्चा परिचर्चा गर्दै विश्वभर नै उनलाई सम्झने कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बिभिन्न निकायहरुबाट पनि यस्ता महान साहित्यकारको सम्झनामा विश्वभरी नै बिशेष कार्यक्रमको आयोजना भइरहेका छन् । दीपावली र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरु, अनेसासका सदस्यहरु र स्वदेश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै महाकवि लक्ष्मीप्रसाद प्रसाद देवकोटाप्रति हार्दिक नमन गर्दछु ।
पदम बिश्वकर्मा
अध्यक्ष तथा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज परिवार
Neel Khadka

कागले यौन कृयाकलाप कसैले नदेख्ने गरी अत्यन्तै गोप्यरूपमा गर्छ। हजुरबुवा भन्नुहुन्थ्यो-"कागको यौन कृयाकलाप देखियो भने ठूलो दशा लाग्छ।" दशा लाग्नु-नलाग्नु आफ्नो ठाउँमा होला। तर, सत्य के हो भने झट्ट हेर्दा फटाहा र धुर्त देखिए पनि यौनको मामिलामा भने काग अत्यन्तै भद्र पंक्षी हो। परेवा, भँगेराजस्ता अन्य पंक्षीझैँ छाडा र उत्ताउलो छैन। त्यसैले हत्पती उसको यौन गतिविधि देखिँदैन पनि।
यौनको मामिलामा गतिछाडा हुँदै गएका अहिलेका मान्छेहरूले कागबाट सिक्नुपर्ने यो पनि एउटा महत्वपूर्ण पाठ हो।
सबैलाई कागतिहारको शुभकामना !!

केटा हेर्न जाँदा!


शोभा शर्मा 

केटा हेर्न जाँदा!



संस्मरण

























एकाबिहानै पत्रिका किनेर जागिरका ‘भ्याकेन्सी’ हेर्दाहेर्दा म हैरान भैसकेकी थिएँ। उनीहरूले खोज्ने अनुभवले नै मलाई फतक्कै गलाउँथ्यो। कलेजका लागि ‘इन्टर्न’ गरेका केही महिना र उहिल्यै सिकेको कम्युटर कोर्सबाहेक बायोडाटामा आँखा अडिने केही नदेख्दा भएको अलिअलि आत्मविश्वास पनि बरफझैं पग्लिएर जान्थ्यो।
साथीहरू एमए पढ्न थालिसकेका थिए। मेरो भने केही दिनअघि मात्र ब्याकपेपरको रिजल्ट आएको थियो। पास त भएछु, तर त्यो वर्ष एमए पढ्न नपाइने रहेछ।
फुर्सदिलो बनेको त्यही समय म आफ्नो मन अडाउन पत्रिकाका विज्ञापनतिर आँखा दौडाउन थालेकी थिएँ।
एक साँझ बुबाको फोन आयो।
‘अहिले भर्खरै अन्टिकोमा जानू,’ बुबाले आदेश दिनुभयो, ‘केटा राम्रो छ रे, विदेशबाट बिहे गर्न भनेरै आएको रै’छ। तिमीलाई हेर्न खोजेको छ।’
अकस्मात यस्तो कुरा सुनेर मलाई भाउन्न भयो।
कोही केटाले मलाई हेर्न मन गर्यो भन्दैमा म किन उसको अगाडि देखा परूँ! जिन्दगीमा यस्तो अवस्था आउला भनेर म तयार थिइनँ। बुबाले यस्तो भन्नुहोला भन्ने त सोचेकै थिइनँ।
‘कसैलाई हेर्न मन लाग्यो भनेर उसका अगाडि देखिन जानलाई के मेरो स्वभिमान छैन?’ मनमा आइसकेको जवाफ ओठसम्म पुगेर अडिए।
‘एकचोटि गएर भेट्न के भो त नि!’ मौनतामै मेरो मनको कुरा भाँपेर होला, बुबाले नै भन्नुभयो, ‘मन पर्यो भने बिहे गरे हुन्छ, तिमीलाई पढ्न र जागिर खान रोक्दैनन्। अहिल्यै जाऊ त आन्टिकोमा!’ 
बुबाको आदेश मानौं अन्तिम थियो।
पढ्न र जागिर खान दिने केटा पाउनु भाग्यको कुरा जस्तो पो गर्छन् आमाबा त! आफूलाई भने उसले दिने र मैले पाउने भन्ने सम्झेरै झोक चल्छ। पढ्नु, जागिर खानु र अरू काम गर्नु त आफ्नो चाहना या जरुरतमा पो भर पर्नुपर्ने हो त! बुबालाई फोनमा यस्ता भाषण दिने आँट कहाँ पाएर आउनु!
‘म कहाँ बिहे गर्छु त अहिल्यैर?’ मैले आफ्नो निर्णय सुनाएँ।
बुबा झोक्किनुभयो।
त्यो दिन मैले न उहाँका कुरा हावामा उडाउन सकेँ न त बुबाले भनेको नमान्न। भोलिपल्ट बिहानै आन्टीकोमा पुगेँ।
मैले आन्टीलाई बुबालाई सम्झाइदिन भनेँ। अंकल र आन्टीले त उल्टै मलाई पो सम्झाउन थाल्नुभयो। अंकलहरू अरू पनि आएर मलाई सम्झाए।
म कलेज पढ्दै थिइनँ। जागिर थिएन। बिहेका लागि उमेर पुगेको थियो। उनीहरू अब बिहे गर्नैपर्ने धेरै कारण देखाउँथे।
मलाई भने तुरुन्तै बिहे गर्न मन थिएन। म आत्मनिर्भर हुन बाँकी नै थियो। मसँग बिहे नगर्ने आफ्नै कारण थिए। बुबा र अंकलले भने म जे भनिरहेकी थिएँ त्यो बुझ्नै खोज्नुभएन।
त्यही साँझ ‘केटा–केटी’ को भेट गराउने उनीहरूले तय गरेछन्।
आफू यस्तो निरुपाय भएको दुःखमा दिनभरि म रोएँ। तर, कसैले मेरो कुरा सुनिरहेको थिएन। आफ्नो निर्णयमै चट्टानजस्तो खडा हुन के पो गर्नुपर्ला भनेर दिनभरि सोचेँ। सुटुक्क गइदिउँ कि कतै! फर्केर आउनु त परिहाल्छ नि! नजाउँ कि कसैलाई हेर्न या कसैका अगाडि देखिन! ‘तिमीले भनेकै नमान्ने रहिछे तिम्री छोरी’ भनेर आफन्तले बुबाको सातो लिन्छन्। बुबाको मन पनि नदुखोस्, म हेर्न जान नि नपरोस्, त्यस्तो कुनै उपाय सुल्झेन। बरु आन्टीले तेरो कोही केटा छ भने देखाउन भन्नुभएको थियो। सम्झेर हाँसो उठ्यो।
दिनभरिजसो रोएपछि अकस्मात मनमा आयो केटा हेर्दैमा मन परिहाल्छ भन्ने के छ र? धत् बिहे छिनिइसक्यो कि भन्ठानेझैं म किन रोएकी होला?
सुन्निएका आँखा लिएर साँझ म अंकलले बोलाएको ठाउँ गएँ। त्यहाँ केटा पक्षका दुई–तीन जना छोरा मान्छे पनि थिए।
म कोठाभित्र पस्दा उनीहरू सबैका आँखा मैतिर सोझिए। मलाई नियालेका छन् झैं लाग्यो। मैले कसैको वास्ता गरिनँ।
अंकलले मलाई अर्को कोठामा लैजानुभयो।
‘तपाईंहरूले मलाई जबर्जस्ती गर्नुभयो, म यो कहिल्यै बिर्सने छैन,’ म अंकलसँग ठुस्किएँ।
‘लौ लौ जे गर्ने गर,’ यति भनेर अंकल निस्किनुभयो।
झमक्कै साँझ परिसकेको थियो। लोडसेडिङ थियो। कोठमा मैनबत्ती बालिएको रहेछ। म दिक्दार थिएँ। ढोका चुइँय गर्यो। केटा आएछ। ऊ चुपचाप बस्यो। मलाई हेरेर मुस्कुरायो।
मेरो मनमा आँधी चलेको थियो। ऊ पनि बोलिरहेको थिएन।
अकस्मात मैले सोधेँ, ‘केटी हेर्न आएको यो कतिऔं पल्ट हो?’
ऊ विदेशबाट केटी हेर्न आएको भन्ने सुन्दै मलाई झोक चलिसकेको थियो। केटी हेर्नै जान नहुने त हैन होला तर म जबर्जस्ती उसलाई हेर्न आउन परेकोमा झन्किएकी थिएँ बढी नै।
ऊ ट्वाँ पर्यो। सायद उसले यस्तो प्रश्न अपेक्षा गरेको थिएन।
मैले उसको अनुहारमै हेरेर सोधेकी थिएँ, त्यसैले उसलाई भन्न कर लागेको हुनुपर्छ, ‘चौथोपल्ट हो, अनि तिम्रो?’
चार जनालाई उसले अस्वीकार गरिसकेछ। ती केटीहरू आफैंमा दोष देखेर कति खुम्चिए होलान्! उनीहरूका बाबाआमाको मन कति अमिलो भयो होला! केटाले मन नपराए पनि केटीकै खोट देख्ने आफन्तका कुरा अलि समय झेल्नु त परिहाल्ला! आफूलाई मन परे–नपरेको भन्न कहाँ सक्छन् र केटीहरू! अरूबाट अस्वीकृत हुनुपर्दा कस्तो हुँदो हो! 
मलाई आफ्नै बुबासँग रिस उठ्यो। त्यसमाथि उसले तिमी भनेको फिटिक्कै मन परेन। पहिलोपटक भेटेकी युवतीलाई सिधै तिमी भन्ने! म उसँगै कलेज पढ्ने साथी हो र! अघिपछि भएको भए म यस्तो कुरा सामान्य रूपमा लिन्थेँ होला तर झोकमा मैले असजिलो मानेँ।
उसको प्रश्नको जवाफ दिनै पर्यो, ‘मेरो त पहिलोचोटि हो, मैले के के बोल्ने भनेर तयारी गरेको छैन।’
‘तिम्रो नाम के हो? भन्न त भनेका थिए मलाई यादै भएन।’
उसले मेरो नाम सोधेको पनि मन परेन। उसलाई बिहे गर्न मन लाग्ने, उसैलाई हेर्न मन लागेर म यहाँ आउनुपर्ने अनि मेरो नामै बिर्सिने?
‘म त्यति महत्वहीन छैन भन्ने यसले बुझ्ने छ केही समयमै,’ मनमा यस्तो जबरजस्त सोचाइ आइहाल्यो। बरु उसको नाम त मलाई थाहा थिएन। सोधिनँ पनि, किनभने मलाई चाहिएकै थिएन।
‘दृढता मेरो नाम हो,’ मैले ठाडो जवाफ फर्काएँ, ‘मान्छे पनि त्यस्तै छु।’
‘तिमीलाई कसैले कर गरेको त हैन यहाँ आउन?’ उसले मलाई सोध्यो।
समझदार भने रहेछ जस्तो लाग्यो पहिलोपटक। अब मलाई कुरा खुस्किन्छ कि भन्ने फसाद पर्यो। मैले मेरा बाबा र अंकलको इमेज नराम्रो बनाउन सक्दिनथेँ उसको अगाडि।
‘म कसैको दबाबमा पर्ने केटी हैन,’ मैले गफ दिएँ। 
र, थपेँ पनि, ‘मलाई आज बिहान मात्रै कुरा गर्नुभएको थियो बुबाले।’
बढी बोले कुरा बिग्रेला भनेर म थामिएँ। उसले मलाई सकेसम्म नियालिरहेको थियो। आमाले ‘थोरै बोल्नु, निहुरेर बोल्नु, धेरै नहाँस्नु’ यस्ता कुरा सिकाएको झल्झली याद आयो। मैले त उसको आँखामा हेरेरै कुरा गरेकी थिएँ। लाज र धक कत्ति लागेन।
मैले उसको उमेर सोधेँ।
‘३०’
‘मलाई तपाईंको उमेर ढाँटेका रैछन्, २८ वर्ष भन्थे।’
मेरो कुरामा ध्यान नदिई उसले सोध्यो, ‘तिमी २२ हैन?’
‘मेरो उमेर पनि घटाएर सुनाएछन्, म त २४ भएँ।’
ती ‘अरू मान्छे’ लाई नजाँनिदो गरी दोष लगाएकोमा मेरो मनलाई अलि सुविस्ता भयो।
‘विदेशमा के गर्नुहुन्छ?’ मैले नै सोधेँ।
‘सुपरमार्केटमा काम गर्छु,’ उसले पूरै कुरा भनेन।
‘पढ्नु पनि भएको हो?' फेरि सोधेँ।
‘हो, उहाँ गएर एमए सरहको कोर्स गरेको हुँ तर त्यसको मान्यता यहाँ हुन्न। त्यसैले म बिए पास मात्रै हुँ,’ उसले साँचो बतायो।
इमान्दार रहेछ मान्छे।
‘आउटअफ कोर्स पढ्ने बानी छ कि छैन नि? लास्ट किताब कुन पढ्नुभएको थियो?’
किताब पढ्ने मानिस ज्ञानी हुन्छन् भन्ने मलाई लाग्थ्यो। त्यो बेला म सोच्थेँ– कोर्स बाहिरका किताब नपढ्ने मान्छेसँग त म कुनै हालतमा बिहे गर्दिनँ।
उसलाई त यादै रहेनछ। किताब पढ्ने फुर्सद नै पाउँदैन रे। रुचि पनि छैन रे। अनि यहाँ छँदा उसले काम गरेको अफिसबारे बतायो।
‘नेपालमा फर्केर केही गर्ने हो या सधैं विदेशमै बस्ने हो नि तपाईं?’ मैले सोधेँ।
उसले यसको जवाफ के दियो बिर्सें। मेरो पढाइ र भविष्यमा के बन्ने भनेर उसले पनि सोध्यो।
‘अहिलेसम्म म केही काम गर्दिन। भर्खर ब्याकपेपरको रिजल्ट आयो, यही वर्ष एमए पढ्न पाइन्न अरे,’ मैले थपेँ, ‘कलेज पनि छैन, साथीभाइसँग डुल्यो, घुम्यो, पूरै आवारा ताल छ। पछि के गर्ने सोचेको पनि छैन।’
मैले एउटा कुरा सम्झेँ, जसले ऊ भड्किएला कि भन्ने आश पनि थियो।
‘म बुझ्ने भएपछि बिहेबारे मेरो एउटा संकल्प छ,’ मैले भनिदिएँ, ‘मेरो बिहेमा कन्यादान हुन्न। छोरीमान्छे दान गर्ने चिज हैन। मसँग बिहे गर्न चाहने मानिसलाई यति कुरा थाहा हुनुपर्छ र राजी पनि हुनुपर्छ।’
‘त्यो त मैले मात्रै भनेर हुने कुरा होइन,’ ऊ भन्न खोज्दै थियो, मैले बोल्नै नदिइ भनेँ, ‘र, छोरीमान्छेलाई हेप्नेसँग म साथी पनि बन्दिनँ, बिहे गर्ने त कुरै हुन्न।’
‘हामी एक्काइसौं शताब्दीका आधुनिक मानिस हौं, मैले बुझ्छु तर सबै कुरा बुबाआमाले बुझ्नुहुन्न,’ उसले सकेजति समझदार बन्न खोज्यो, ‘यहाँको घरमा एक्लै बस्नुपर्छ र आफूजस्तो त्यस्तै बने हुन्छ। गाउँजाँदा बुबाआमाका लागि त्यहीँका अरू बुहारीजस्तै बनिदिनुपर्छ।’
उसले त बढो आधुनिकताको कुरा गर्यो र एक्काइसौं शताब्दीकै मानिस भएको जिकिर गर्यो। म थोरै भए पनि मुसुक्क हाँसे।
‘मलाई त हामी आधुनिक हौं या हैनौं थाहा छैन, तर आफ्नो सोचाइअनुसारको व्यवहार हुनुपर्छ। गफ मात्रै आधुनिक गर्ने र व्यवहारमा डराउने मानिस हुनुहुन्न,’ मैले भन्दाभन्दै बाहिरबाट ढोका ढकढकाए।
‘अब जाने?’ उसले भन्यो।
म उठ्न खोजेँ।
‘बाहिर गएर के भन्ने? आजै निर्णय दिने या नदिने?’ उठ्दाउठ्दै उसले भन्यो, ‘म सात–आठ दिन मात्रै नेपाल बस्ने हो।’
‘केही नभन्ने। म त बुबासँग मात्रै कुरा गर्छु अब,’ म निस्किएँ।
घर फर्किँदै गर्दा अंकललाई भनेँ, ‘यो मानिससँग म बिहे गर्दिनँ।’
‘अहिल्यै तँ किन बोल्नुपर्यो, उसले के भन्छ बुझ्नु छैन। उसको निर्णय के हुन्छ अनि बल्ल बोल्ने हो तँ।’
उहाँको आदेश मलाई चित्त बुझेन। म फन्किएर कोठामा आएँ।
कोठा नपुग्दै बुबाको फोन आयो।
‘कस्तो लाग्यो त?’
‘मान्छे राम्रै होला नि, मैनबत्ती बालेको थियो, अनुहार राम्ररी देखिनँ। कुराचैं परिपक्व मानिसले जस्तो गर्यो। समझदार रहेछ। तर मलाई चैं हुन्न,’ मैले बुबालाई पनि आफ्नो निर्णय सुनाएँ।
‘हो र? ल ठिकै छ। तिमीलाई राम्रो लागे म भोलि नै आउँथेँ। अब आउन्न,’ बुबाले मेरो निर्णयमा सजिलै साथ दिनुभयो।
मेरा कुरा त सकिएकै थिएनन्, ‘पढेलेखेका मानिस खोज्न पनि सक्नुहुन्थेन? पछिल्लोपटक कुन किताब पढ्नुभयो भनेर सोधेको त यादै छैन रे! म त लाउरे टाइपको मान्छेसँग बिहे गर्दिनँ है भन्द्या छु।’
मेरो कुरा सुनेर बुबा त्यसरी नै हाँस्नुभयो जुन हाँसो मलाई खुबै मन पर्छ।
त्यसको पर्सिपल्ट बुबाले मलाई फेरि फोनमा सुनाउनुभयो, ‘के भनेकी थियौ र, केटोले त केटी ठडेरी रहिछ, भन्यो रे।’
म हाँसेँ।
ठडेरी नै सही, म त म नै हुँ नि।छ रे, विदेशबाट बिहे गर्न भनेरै आएको रै’छ। तिमीलाई हेर्न खोजेको छ।’
अकस्मात यस्तो कुरा सुनेर मलाई भाउन्न भयो।
कोही केटाले मलाई हेर्न मन गर्यो भन्दैमा म किन उसको अगाडि देखा परूँ! जिन्दगीमा यस्तो अवस्था आउला भनेर म तयार थिइनँ। बुबाले यस्तो भन्नुहोला भन्ने त सोचेकै थिइनँ।
‘कसैलाई हेर्न मन लाग्यो भनेर उसका अगाडि देखिन जानलाई के मेरो स्वभिमान छैन?’ मनमा आइसकेको जवाफ ओठसम्म पुगेर अडिए।
‘एकचोटि गएर भेट्न के भो त नि!’ मौनतामै मेरो मनको कुरा भाँपेर होला, बुबाले नै भन्नुभयो, ‘मन पर्यो भने बिहे गरे हुन्छ, तिमीलाई पढ्न र जागिर खान रोक्दैनन्। अहिल्यै जाऊ त आन्टिकोमा!’ 
बुबाको आदेश मानौं अन्तिम थियो।
पढ्न र जागिर खान दिने केटा पाउनु भाग्यको कुरा जस्तो पो गर्छन् आमाबा त! आफूलाई भने उसले दिने र मैले पाउने भन्ने सम्झेरै झोक चल्छ। पढ्नु, जागिर खानु र अरू काम गर्नु त आफ्नो चाहना या जरुरतमा पो भर पर्नुपर्ने हो त! बुबालाई फोनमा यस्ता भाषण दिने आँट कहाँ पाएर आउनु!
‘म कहाँ बिहे गर्छु त अहिल्यैर?’ मैले आफ्नो निर्णय सुनाएँ।
बुबा झोक्किनुभयो।
त्यो दिन मैले न उहाँका कुरा हावामा उडाउन सकेँ न त बुबाले भनेको नमान्न। भोलिपल्ट बिहानै आन्टीकोमा पुगेँ।
मैले आन्टीलाई बुबालाई सम्झाइदिन भनेँ। अंकल र आन्टीले त उल्टै मलाई पो सम्झाउन थाल्नुभयो। अंकलहरू अरू पनि आएर मलाई सम्झाए।
म कलेज पढ्दै थिइनँ। जागिर थिएन। बिहेका लागि उमेर पुगेको थियो। उनीहरू अब बिहे गर्नैपर्ने धेरै कारण देखाउँथे।
मलाई भने तुरुन्तै बिहे गर्न मन थिएन। म आत्मनिर्भर हुन बाँकी नै थियो। मसँग बिहे नगर्ने आफ्नै कारण थिए। बुबा र अंकलले भने म जे भनिरहेकी थिएँ त्यो बुझ्नै खोज्नुभएन।
त्यही साँझ ‘केटा–केटी’ को भेट गराउने उनीहरूले तय गरेछन्।
आफू यस्तो निरुपाय भएको दुःखमा दिनभरि म रोएँ। तर, कसैले मेरो कुरा सुनिरहेको थिएन। आफ्नो निर्णयमै चट्टानजस्तो खडा हुन के पो गर्नुपर्ला भनेर दिनभरि सोचेँ। सुटुक्क गइदिउँ कि कतै! फर्केर आउनु त परिहाल्छ नि! नजाउँ कि कसैलाई हेर्न या कसैका अगाडि देखिन! ‘तिमीले भनेकै नमान्ने रहिछे तिम्री छोरी’ भनेर आफन्तले बुबाको सातो लिन्छन्। बुबाको मन पनि नदुखोस्, म हेर्न जान नि नपरोस्, त्यस्तो कुनै उपाय सुल्झेन। बरु आन्टीले तेरो कोही केटा छ भने देखाउन भन्नुभएको थियो। सम्झेर हाँसो उठ्यो।
दिनभरिजसो रोएपछि अकस्मात मनमा आयो केटा हेर्दैमा मन परिहाल्छ भन्ने के छ र? धत् बिहे छिनिइसक्यो कि भन्ठानेझैं म किन रोएकी होला?
सुन्निएका आँखा लिएर साँझ म अंकलले बोलाएको ठाउँ गएँ। त्यहाँ केटा पक्षका दुई–तीन जना छोरा मान्छे पनि थिए।
म कोठाभित्र पस्दा उनीहरू सबैका आँखा मैतिर सोझिए। मलाई नियालेका छन् झैं लाग्यो। मैले कसैको वास्ता गरिनँ।
अंकलले मलाई अर्को कोठामा लैजानुभयो।
‘तपाईंहरूले मलाई जबर्जस्ती गर्नुभयो, म यो कहिल्यै बिर्सने छैन,’ म अंकलसँग ठुस्किएँ।
‘लौ लौ जे गर्ने गर,’ यति भनेर अंकल निस्किनुभयो।
झमक्कै साँझ परिसकेको थियो। लोडसेडिङ थियो। कोठमा मैनबत्ती बालिएको रहेछ। म दिक्दार थिएँ। ढोका चुइँय गर्यो। केटा आएछ। ऊ चुपचाप बस्यो। मलाई हेरेर मुस्कुरायो।
मेरो मनमा आँधी चलेको थियो। ऊ पनि बोलिरहेको थिएन।
अकस्मात मैले सोधेँ, ‘केटी हेर्न आएको यो कतिऔं पल्ट हो?’
ऊ विदेशबाट केटी हेर्न आएको भन्ने सुन्दै मलाई झोक चलिसकेको थियो। केटी हेर्नै जान नहुने त हैन होला तर म जबर्जस्ती उसलाई हेर्न आउन परेकोमा झन्किएकी थिएँ बढी नै।
ऊ ट्वाँ पर्यो। सायद उसले यस्तो प्रश्न अपेक्षा गरेको थिएन।
मैले उसको अनुहारमै हेरेर सोधेकी थिएँ, त्यसैले उसलाई भन्न कर लागेको हुनुपर्छ, ‘चौथोपल्ट हो, अनि तिम्रो?’
चार जनालाई उसले अस्वीकार गरिसकेछ। ती केटीहरू आफैंमा दोष देखेर कति खुम्चिए होलान्! उनीहरूका बाबाआमाको मन कति अमिलो भयो होला! केटाले मन नपराए पनि केटीकै खोट देख्ने आफन्तका कुरा अलि समय झेल्नु त परिहाल्ला! आफूलाई मन परे–नपरेको भन्न कहाँ सक्छन् र केटीहरू! अरूबाट अस्वीकृत हुनुपर्दा कस्तो हुँदो हो! 
मलाई आफ्नै बुबासँग रिस उठ्यो। त्यसमाथि उसले तिमी भनेको फिटिक्कै मन परेन। पहिलोपटक भेटेकी युवतीलाई सिधै तिमी भन्ने! म उसँगै कलेज पढ्ने साथी हो र! अघिपछि भएको भए म यस्तो कुरा सामान्य रूपमा लिन्थेँ होला तर झोकमा मैले असजिलो मानेँ।
उसको प्रश्नको जवाफ दिनै पर्यो, ‘मेरो त पहिलोचोटि हो, मैले के के बोल्ने भनेर तयारी गरेको छैन।’
‘तिम्रो नाम के हो? भन्न त भनेका थिए मलाई यादै भएन।’
उसले मेरो नाम सोधेको पनि मन परेन। उसलाई बिहे गर्न मन लाग्ने, उसैलाई हेर्न मन लागेर म यहाँ आउनुपर्ने अनि मेरो नामै बिर्सिने?
‘म त्यति महत्वहीन छैन भन्ने यसले बुझ्ने छ केही समयमै,’ मनमा यस्तो जबरजस्त सोचाइ आइहाल्यो। बरु उसको नाम त मलाई थाहा थिएन। सोधिनँ पनि, किनभने मलाई चाहिएकै थिएन।
‘दृढता मेरो नाम हो,’ मैले ठाडो जवाफ फर्काएँ, ‘मान्छे पनि त्यस्तै छु।’
‘तिमीलाई कसैले कर गरेको त हैन यहाँ आउन?’ उसले मलाई सोध्यो।
समझदार भने रहेछ जस्तो लाग्यो पहिलोपटक। अब मलाई कुरा खुस्किन्छ कि भन्ने फसाद पर्यो। मैले मेरा बाबा र अंकलको इमेज नराम्रो बनाउन सक्दिनथेँ उसको अगाडि।
‘म कसैको दबाबमा पर्ने केटी हैन,’ मैले गफ दिएँ। 
र, थपेँ पनि, ‘मलाई आज बिहान मात्रै कुरा गर्नुभएको थियो बुबाले।’
बढी बोले कुरा बिग्रेला भनेर म थामिएँ। उसले मलाई सकेसम्म नियालिरहेको थियो। आमाले ‘थोरै बोल्नु, निहुरेर बोल्नु, धेरै नहाँस्नु’ यस्ता कुरा सिकाएको झल्झली याद आयो। मैले त उसको आँखामा हेरेरै कुरा गरेकी थिएँ। लाज र धक कत्ति लागेन।
मैले उसको उमेर सोधेँ।
‘३०’
‘मलाई तपाईंको उमेर ढाँटेका रैछन्, २८ वर्ष भन्थे।’
मेरो कुरामा ध्यान नदिई उसले सोध्यो, ‘तिमी २२ हैन?’
‘मेरो उमेर पनि घटाएर सुनाएछन्, म त २४ भएँ।’
ती ‘अरू मान्छे’ लाई नजाँनिदो गरी दोष लगाएकोमा मेरो मनलाई अलि सुविस्ता भयो।
‘विदेशमा के गर्नुहुन्छ?’ मैले नै सोधेँ।
‘सुपरमार्केटमा काम गर्छु,’ उसले पूरै कुरा भनेन।
‘पढ्नु पनि भएको हो?' फेरि सोधेँ।
‘हो, उहाँ गएर एमए सरहको कोर्स गरेको हुँ तर त्यसको मान्यता यहाँ हुन्न। त्यसैले म बिए पास मात्रै हुँ,’ उसले साँचो बतायो।
इमान्दार रहेछ मान्छे।
‘आउटअफ कोर्स पढ्ने बानी छ कि छैन नि? लास्ट किताब कुन पढ्नुभएको थियो?’
किताब पढ्ने मानिस ज्ञानी हुन्छन् भन्ने मलाई लाग्थ्यो। त्यो बेला म सोच्थेँ– कोर्स बाहिरका किताब नपढ्ने मान्छेसँग त म कुनै हालतमा बिहे गर्दिनँ।
उसलाई त यादै रहेनछ। किताब पढ्ने फुर्सद नै पाउँदैन रे। रुचि पनि छैन रे। अनि यहाँ छँदा उसले काम गरेको अफिसबारे बतायो।
‘नेपालमा फर्केर केही गर्ने हो या सधैं विदेशमै बस्ने हो नि तपाईं?’ मैले सोधेँ।
उसले यसको जवाफ के दियो बिर्सें। मेरो पढाइ र भविष्यमा के बन्ने भनेर उसले पनि सोध्यो।
‘अहिलेसम्म म केही काम गर्दिन। भर्खर ब्याकपेपरको रिजल्ट आयो, यही वर्ष एमए पढ्न पाइन्न अरे,’ मैले थपेँ, ‘कलेज पनि छैन, साथीभाइसँग डुल्यो, घुम्यो, पूरै आवारा ताल छ। पछि के गर्ने सोचेको पनि छैन।’
मैले एउटा कुरा सम्झेँ, जसले ऊ भड्किएला कि भन्ने आश पनि थियो।
‘म बुझ्ने भएपछि बिहेबारे मेरो एउटा संकल्प छ,’ मैले भनिदिएँ, ‘मेरो बिहेमा कन्यादान हुन्न। छोरीमान्छे दान गर्ने चिज हैन। मसँग बिहे गर्न चाहने मानिसलाई यति कुरा थाहा हुनुपर्छ र राजी पनि हुनुपर्छ।’
‘त्यो त मैले मात्रै भनेर हुने कुरा होइन,’ ऊ भन्न खोज्दै थियो, मैले बोल्नै नदिइ भनेँ, ‘र, छोरीमान्छेलाई हेप्नेसँग म साथी पनि बन्दिनँ, बिहे गर्ने त कुरै हुन्न।’
‘हामी एक्काइसौं शताब्दीका आधुनिक मानिस हौं, मैले बुझ्छु तर सबै कुरा बुबाआमाले बुझ्नुहुन्न,’ उसले सकेजति समझदार बन्न खोज्यो, ‘यहाँको घरमा एक्लै बस्नुपर्छ र आफूजस्तो त्यस्तै बने हुन्छ। गाउँजाँदा बुबाआमाका लागि त्यहीँका अरू बुहारीजस्तै बनिदिनुपर्छ।’
उसले त बढो आधुनिकताको कुरा गर्यो र एक्काइसौं शताब्दीकै मानिस भएको जिकिर गर्यो। म थोरै भए पनि मुसुक्क हाँसे।
‘मलाई त हामी आधुनिक हौं या हैनौं थाहा छैन, तर आफ्नो सोचाइअनुसारको व्यवहार हुनुपर्छ। गफ मात्रै आधुनिक गर्ने र व्यवहारमा डराउने मानिस हुनुहुन्न,’ मैले भन्दाभन्दै बाहिरबाट ढोका ढकढकाए।
‘अब जाने?’ उसले भन्यो।
म उठ्न खोजेँ।
‘बाहिर गएर के भन्ने? आजै निर्णय दिने या नदिने?’ उठ्दाउठ्दै उसले भन्यो, ‘म सात–आठ दिन मात्रै नेपाल बस्ने हो।’
‘केही नभन्ने। म त बुबासँग मात्रै कुरा गर्छु अब,’ म निस्किएँ।
घर फर्किँदै गर्दा अंकललाई भनेँ, ‘यो मानिससँग म बिहे गर्दिनँ।’
‘अहिल्यै तँ किन बोल्नुपर्यो, उसले के भन्छ बुझ्नु छैन। उसको निर्णय के हुन्छ अनि बल्ल बोल्ने हो तँ।’
उहाँको आदेश मलाई चित्त बुझेन। म फन्किएर कोठामा आएँ।
कोठा नपुग्दै बुबाको फोन आयो।
‘कस्तो लाग्यो त?’
‘मान्छे राम्रै होला नि, मैनबत्ती बालेको थियो, अनुहार राम्ररी देखिनँ। कुराचैं परिपक्व मानिसले जस्तो गर्यो। समझदार रहेछ। तर मलाई चैं हुन्न,’ मैले बुबालाई पनि आफ्नो निर्णय सुनाएँ।
‘हो र? ल ठिकै छ। तिमीलाई राम्रो लागे म भोलि नै आउँथेँ। अब आउन्न,’ बुबाले मेरो निर्णयमा सजिलै साथ दिनुभयो।
मेरा कुरा त सकिएकै थिएनन्, ‘पढेलेखेका मानिस खोज्न पनि सक्नुहुन्थेन? पछिल्लोपटक कुन किताब पढ्नुभयो भनेर सोधेको त यादै छैन रे! म त लाउरे टाइपको मान्छेसँग बिहे गर्दिनँ है भन्द्या छु।’
मेरो कुरा सुनेर बुबा त्यसरी नै हाँस्नुभयो जुन हाँसो मलाई खुबै मन पर्छ।
त्यसको पर्सिपल्ट बुबाले मलाई फेरि फोनमा सुनाउनुभयो, ‘के भनेकी थियौ र, केटोले त केटी ठडेरी रहिछ, भन्यो रे।’
म हाँसेँ।
ठडेरी नै सही, म त म नै हुँ नि।
Yaman Subedi 
जहिले देखि पिरतिले सलाम गर्न थाल्यो ।
त्यै दिनदेखी यो मुटुले काम गर्न थाल्यो ।
तिमी सम्म पुग्न मैले के के सोचें के के
भाग्यले चैं क्यै नसोची आराम गर्न थाल्यो ।।
भबानी अधिकारी नेपाल
मायामा भर छ ,यसरी हेर
स्वार्थमा पर छ ,यसरी हेर
छेक्छ न त यहाँ उमेरले पनि
न यहाँ कर छ ,यसरी हेर
चर्चाले सर्बत्र गुन्जायमान
कहाँ खै डर छ यसरी हेर
भयरहित मृत्युवरण
पिपलु वर छ यसरी हेर

Raaj K Gautam
तेहि हाे मेराे देश
जहाँ अाफ्नाले अाफ्नैलाई नाकाबन्दी गरिराछन, तेहि हाे मेराे देश।
जहाँ सुत्केरि अस्पताल नपुग्दै मरिराछन , तेहि हाे मेराे देश।।
पर्दा जन्ती मर्दा मलामी छिमेकिकाे गुण हाे भन्छन
जहाँ छिमेकी सिमा नाघि यतायता सरिराछन, तेहि हाे मेराे देश।।
किताब कापि कथै भयाे जाउ बाबू ठेला ठेल्न
जहाँ काेपिला पानी नपाई बेमौसममै झरिराछन, तेहिहाे मेराे देश।।
शासक सुत्ने शीशमहलमा केकाे हिउँद केकाे बर्षात
जहाँ कयौंका साझ बिहान भाेकभाेकै टरिराछन , तेहि हाे मेराे देश।।
लाेकतन्त्र अाकाे अरे सबलाई समान हुन्छ भन्थे
जहाँ काेहि छ खालि खालि काेहि टन्नै भरिराछन, तेहि हाे मेराे देश।।
Gajendra Budhathoki

शबहरू देखार माग
घाइतेहरू देखाएर माग
आँशु देखाएर माग
विधवा देखाएर माग
अनाथ देखाएर माग
अपांग देखाएर माग
लाजशरम छाडेर माग
चित्कार गरी गरी माग
दुत्कार सुनाएर माग
भत्केको घर देखाएर माग
चर्कको पहिरो देखाएर माग
दुःखेको घाउ देखाएर माग
सुकेका आन्द्रा देखाएर माग
फुकेका वस्तु देखाएर माग
पुरिएको अन्न देखाएर माग
थुनिएको खोला देखाएर माग
फाटेको किताब देखाएर माग
कुहिएको दबाइ देखाएर माग
हाम्रो दरिद्री देखाएर माग
मौका यही हो जतिसक्छौ माग
माग, माग दिल खोलेर माग
....................
मागेका कुरा राख्न हुन्न फेरि बाँकी
मन्त्री-मन्त्री मिलेर बाँड
सांसद-सभासद मिलेर बाँड
नेता-नेता मिलेर बाँड
पू्र्व-अपूर्व मिलेर बाँड
अहिलेलाई हैन सात पुस्तालाई बाँड
सरकार बस, आफैलाई बाँड
विपक्षमा बस, उसैलाई बाँड
एनजीओ बनाउ, उतैतिर बाँड
बाँड-बाँड जति सक्छौ बाँड
ढुकुटी तिम्रै लुटेर बाँड
जनताका आँशु खोसेर बाँड
जनताको भात खोसेर बाँड
जनताका लुगा खोसेर बाँड
ढाँटेर बाँड, छक्याएर बाँड
लुकेर बाँड, खुलेर बाँड
देश बाँड, कोष बाँड ।
जतिसक्छौ खाउ, मिलेर बाँड
मागेर बाँड, लुटेर बाँड
लाशका टुक्रा गनेर बाँड
रगतका फाल्सा नापेर बाँड
आँशुका ढिक्का नापेर बाँड
बाँड-बाँड मेरो देश बाँड ।
नेता हरु जति मन्त्रि को लाइन मा ,
युबाहरु जति पेट्रोल को लाइन मा ,
महिलाहरु जति ग्यास को लाइन मा,
शिक्षीतहरु जति जागीरको लाइनमा, 
ठिटा ठिटीहरू जति DV भर्ने लाइनमा,
अलिक बुझ्ने बाठो टाठो जति विदेश बस्ने अनि
बाकी सबै Online मा बस्ने अनी कसरी बन्छ देश.........??
Raman Pokharel

"पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ,
आधी आए तराईमा पहाडले छेक्नुपर्छ।
हैन भने देशभक्ति छैन हाम्रो छाति भित्र,
माटोलाई चोट लाग्दा मुटुहरू रूनुपर्छ॥"
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी पर्साका एक शिक्षकले सेवा गरेकोे भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । 


आयोगका अनुसार पर्सा बेल्वा–२ नयाँ टोलमा रहेको राष्ट्रिय प्रगति प्राथमिक विद्यालयका राहत शिक्षक अर्चनाकुमारी अधिकारीले महिला राहत शिक्षक कोटामा नियुक्ति प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यता नक्कली देखिएको छ । 


अधिकारीले पेस गरेको श्रीराम विभीषण उच्च विद्यालय लखौरा भारतबाट सन् २००१ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र अध्ययन गर्दा नक्कली देखिएकाले हदैसम्मको कारबाहीका माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

भबानी अधिकारी नेपाल
प्रेमले सन्सार चलाउने बातमा सुनेको छु
प्रेमको नै बिश्वास ठुलो घातमा सुनेको छु
आकाश जमिनको फरक हिजो र आजमा
थोपा झैँ माया कर्कलाको पातमा सुनेको छु
भबानी अधिकारी नेपाल
अतृप्त यी प्यासी नजर पिउदै सौर्न्दर्यको माद
सुन!लाली मेरो मनमा फुल्यौ गर्दैछु आर्तनाद
लोभ्याउदा तिम्रो सुन्दरताले हराए भने यहि
थाकी जाला घाम मलाई खोज्दै आउली चाँद
भनिन्छ शरीर मर्दछ तर 
पनि...आत्मा अमर हुन्छ 
तर म हरेक दिन
हेरीरहेको छु
शरीर जिउदै छ तर आत्मा
पलपल
मरीरहेको छ....///////...लैला कार्की...
Adhikari Bala
प्रेम केहो छुटेपछि थाहा भयो,
दिल के हो टुटे पछि थाहा भयो,,
जबानी के हो कसैले लुटेपछि थाहा भयो
फेसबुक के हो टेलिकम को बिल उठेपछि थाहा भयो,,,
रक्सी के हो टिल्ल पिएर तिन दिन सुतेपछि थाहा भयो,,,,,
मुक्तक
देखाउन सकिन खोट तिम्रो छानबिन गरे पनि डगमगाउनु परै अडिक रह्यौ भरोसा मरे पनि परिचय यहीँबाट मिल्यो आत्मसन्तुष्टि पनि शाहश धैर्य बटुलेर बाच्ने समयले पछारे पनि
अभागी हुन सक्छ त्यो कसरी
सपरिवार खुसियाली छ वरिपरि
नोकरीका कोहि पढेलेखेका कोहि
चिनिने मानिने समाजमा सरिबरी
अस्तित्व छ उतरदायित्व पनि
बुझी बुझी मन अशान्त गरिगरी
आफै लाई नबुझे हेर्नू तलका अरु
सन्सारमा दुखी छन धेरै थरीथरी
गरि हिम्मतर दृढ़ सड्कल्प गरि
जीउनु एकबार को मिल्दैन घरीघरी
सम्हालेर मन अनि त्यसैगरी लागे
घुम्छन खुशी आफ्नै हुनेछ छरिबरी
भबानीको भावना आज पोखियो यहि
अभागी सबै भाग्यमानी होउन् कठैबरि
सर्जक मञ्च झापा द्धारा आयोजित मैले मन पराएको गाउ कविता वाट नेपाल प्रथम हुन सफल भएकी कवि सविता गौतम दाहाल तथा भारत सिलिगुडी बस्ने चर्चित नेपाली कवि राजा पुनियानी को युगल कविता वाचन कार्यक्रम  कविहरुको संग्लनमा विर्तामोडमा सम्पन्न भएको छ। ....
Modanath Khanal
बोकाले दाँही हुने भए गोरु किन चाहिन्थ्यो" भन्ने उखान काम नलाग्ने भो अब । त्यसैले राजनीतिको कुरा गर्नुभन्दा नजाने पनि कविता लेखेर बस्न राम्रो जस्तो लाग्यो ।
मन कुद्छ एकातिर बुद्धि जान्छ अर्कैतिर,
मन-बुद्धि झगडामा दम्भ फुल्छ मस्किएर,
इच्छा डुल्छ छुट्टै बाटो तृष्णा सँग रंगिएर,
अचेल खास जङ्ग र शमशेरका कुरा हुदैनन्
नयाँ रोज्छन् पुरानो फारफेरका कुरा हुदैनन्
इतिहासबाट शाशन र शत्ताको पाठ सिके
सुगौली सन्धि तोड्न कुनै बेरका कुरा हुदैनन्
खोसेको रोटीले मेरो पेट भरिन्न !
मागेको धोतीले मेरो लाज छोपिन्न !
धसिएर हातपाउ झरी जाऊन् औँला !
तर कोही पराईसामु यी हात जोडिन्न !
- गोपाल योञ्जन
जिवन एक खेल रैछ !!
एक ले आर्का लाई बुजे!
दुइ आत्माको मेल रैछ!!!
बुजेर नि नबुजेझै गर्दा !!!
कैदी ले भोग्ने जेल रैछ!!!

भबानी अधिकारी नेपाल
रायो चम्सुर छर्ने बारीमा झारले बर्बाद छ
यात्रुलाई भाडमा महँगीको मारले बर्बाद छ
अनुदानको पेट्रोल भित्र्याउन पर्यो सरकार
देश तेल र ग्यासको हाहाकारले बर्बाद छ
Durga Adhikari
सपनामा मेरो घरमा बत्ती आको देखे
व्यूजु भने निभि हाल्छ सपनामै लेखे
सपनामै धाराबाट पानी पनि आको
आहा, मैले तिर्खा मेट्न कलकल पानी खाको
पेटोल किन्न जादा खेरि टंकी भरी पाको 
टोलै भरी पुग्ने गरी ग्याँसको गाडी आको
कस्तो राम्रो देखेछु सपना, व्यूजेको त उस्तै छ विपना
सम्पदाले सम्पन्न देशमा, बाँच्नु पर्यो मगन्ते भेशमा.......
आदरर्णीय दाजु नारायण बाँस्तोला श्रमपन्थी को समय सान्दर्भिक प्रस्तुती रेडियो सफलतामा ....


Yogen Dholi o 


गजल
====
फूल्छु भन्थे सिउडिको जात ठान्यौ किन
दुःखि लाई झरी जाने पात ठान्यौ किन।।
तिमी सामु पोख्दा लाखौ भावनाका कुरा
झुटा बनाई बनावटी बात ठान्यौ किन।।
गंगा जल झै पबित्र यो चोखो माया लाई
शंका गरि पापी मन ले घात ठान्यौ किन।।
मिलन् संगै पिरतिको ज्योती जल्दै थियो
जिन्दगी लाई निसपट्ट रात ठान्यौ किन।।
अपार प्रेम तिम्रो लागि लिई आए भेट्न
न बुझिनै माग्ने खाली हात ठान्यौ किन।।

कर्खा गाउँदै आएँ
.....
विप्लव ढकाल
.....
देशको सिमाना
रुङ्न बसेको जङ्गेपिलर
आफूले कुल्चिएको माटोमा
शिर गाढेर
आज पनि रातभरि रोयो !
र उसका जोर आँखाहरुबाट
अविरल बगिरहे
इतिहासको अँध्यारो खाडीमा पुरिएका
रगतका असङ्ख्य नदीहरू !
.....
जङ्गेपिलरको छेउमा बसेर
गीत गाउँदै थियो
एउटा निर्धो गाइने–
.....
हे बरै !
सारङ्गी रुवाउँदै आएँ
कर्खा गाउँदै आएँ
निभेको इतिहासको नाममा
कलेजी कटाउँदै आएँ !
.....
नातिहरूलाई
सुनाउनु थियो एउटा गीत !
सोध्नु थियो प्रश्नहरू–
तिम्रा बाजेको भिक्टोरिया क्रस
र तिम्रा बाबुको परमवीर चक्र
कसले बेचेर खायो रक्सी ?
.....
सोध्नु थियो–
तिम्री आमाको हरियो लुङ्गीमा
कसले निभायो चुरोटको ठुटो ?
.....
आफ्नै पैतालामुनि
पहिरो गएझैँ हरेक दिन
कहाँ हराउँदै छ यो देशको माटो ?
.....
जङ्गेपिलरलाई सोध्नु थियो–
झुसेलीले खाएको सिमीको पातजस्तै
थाहै नपाई हरेक दिन
किन खुम्चिँदै छ यो देशको सीमारेखा ?
.....
महाकाली नदीलाई एकै छिन
आँखाको डिलैमा रोकेर
सोध्नु थियो–
काली !
तिमी लिम्पियाधुराबाट आयौ
कि लिपुलेकबाट आयौ ?
.....
इतिहासबाटै इतिहास हराउँदा
सोध्न बिर्सिएका प्रश्नहरू धेरै थिए !
देख्नै बिर्सिएका सपनाहरू पनि धेरै थिए !
.....
हे बरै !
सारङ्गी रुवाउँदै आएँ
कर्खा गाउँदै आएँ ... !
.....
सन्ततिहरूलाई सुनाउनु थियो–
हजारौँ स्वामी
र हजारौँ मालिकका सगुनहरू !
कसरी टुक्रिए भूमिहरू ?
कसरी जोडियो पृथिवी ?
र कसरी जन्मियो तिमी बाँचेको देश ?
.....
सोध्नु थियो–
आज त तिमी हौ
यो देशको मालिक !
तर कसरी निभ्यो
तिम्रो शिरको उज्यालो ज्योति ?
.....
अल्लाका भाङ्ग्रा ! भेडाका दोचा !
हाकुपटासी ! लेहेँगा धोती !
फाटेको शिरमा ढाकाको टोपी !
भोटो र कछाड ! दौरा र सुरुवाल !
चाँदीका सोली ! चौबन्दी चोली !
डाँडा र पाखामा लस्करै हिँड्थे–
बिस्र्यौ कि तिमीले ?
रगतको बाफमा भुइँकुहिरो उड्यो
पुर्खाको रगत माटोमै भिज्यो !
हड्डीको धूलो र रगतको दाग–
बिस्र्यौ कि तिमीले ?
.....
हे बरै !
सारङ्गी रुवाउँदै आएँ
कर्खा गाउँदै आएँ
निभेको इतिहासको नाममा
कलेजी कटाउँदै आएँ !
(‘जेब्राक्रसमा जङ्गेपिलर’ नामक लामो कविताको एक अंश)
नागरिक राष्ट्रिय दैनिक
वि. सं. २०७२ आश्विन ३० गते शनिवार

तीन दर्जन विद्यालयको खाता अझै रोक्का

 २६ असोज 
 जिल्ला शिक्षा कार्यालय तनहुँले गत वर्षको भौतिक पूर्वाधार कार्यक्रमअन्तर्गतको काम समयमै पूरा नगर्ने तीन दर्जनभन्दा बढी सामुदायिक विद्यालयको खाता अझै रोक्का गरेको छ ।
कार्यालयका शव इन्जिनियर शम्भु पौडेलले भौतिक पूर्वाधारको काम समयमै पूरा नगर्ने ती विद्यालयको खाता अझै रोक्का रहेको जानकारी दिनुभयो ।
असार मसान्तसम्ममा काम सकेर आउन भनिए पनि अहिलेसम्म पूर्वाधारको काम पूरा नगर्ने ती विद्यालयको खाता रोक्का गरिएको हो उहाँले भन्नुभयो ।
पुराना १० वटा र नयाँ योजना पाएका २० वटा विद्यालयले काम पूरा नगरेको उहाँले बताउनुभयो । असोज मसान्तसम्ममा काम सकेर नआउने विद्यालयका प्रधानाध्यापकको दसैँको समेत तलब रोक्का गरिने सो कार्यालयले जनाएको छ ।
गत वर्ष भौतिक पूर्वाधार कार्यक्रमका लागि सवा चार करोड रुपैयाँ बराबरको कार्यक्रम वितरण गरिएको थियो । जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले भौतिक पूर्वाधारको काम सम्पन्न नगर्ने ती विद्यालयको खाता रोक्का गरिएको जानकारी दिनुभयो ।
अघिल्लो आवमा पनि भौतिक पूर्वाधार निर्माणको काम समयमै पूरा नगर्ने पाँच दर्जन बढी विद्यालयको खाता त्यसरी नै रोक्का गरिएको थियो ।
भबानी अधिकारी नेपाल
पहिलोपटक " तान्का "को प्रयास
१-
के छ खवर
विहान बेलुकी नै
केही छ नयाँ ?
धुरैक्कै पार्छन् यिनै
जबाफ केही छैन
२-
परेको बेला
बेवास्ता गर्नेले नै
घरीघरी लौ
भनि टोपलि हाल्छ्न् के
आजै म मरेको छु ?
३-
भन्दा भन्दै नि
ख्याल् ख्याल् गर्नेले
के ठानेको छ?
मजाकले फुस्केला
भएको अलिकति

ए मेरो हिमालको पानीले प्यास मेट्ने भरते
ए मेरो पाखुरीको रगतले युद्ध जित्ने भरते
ए मेरो बुद्धको नाम बेचेर रोटी खाने भरते
कविता सडकमा ओर्लिरहेछन् ।
दिनभरि पुजारी
र रातभरि सर्प बन्ने
ए दक्षिणी वायु लागेका बिरामी मनुवाहरू
कविता सडकमा ओर्लिरहेछन् ।
स्वाधिनताको लडाइँमा
हाम्रो खुलेआम चुनौति स्वीकार गर !


जनताको मायामा सेक्न छोडेउ
अनित असल खराब देख्न छोडेउ
आरुबेला त लडयौ सहेकै हो हामी जनता ले ।
अबत उदाङ्गै हुदा पनि आफुलाइ छेक्न छोडेउ ।
कलेजी कटाउँदै आएँ
.....
विप्लव ढकाल
.....
इतिहासको घोडा चढेर
हिनहिनाइरहेका
चक्रवर्ती सम्राटहरूको कर्खा गाउँदै
एउटा निरीह गाइने
आफूभन्दा पनि निरीह
जङ्गेपिलरको अगाडि बसेर
एक्लै एक्लै रोइरहेको थियो !
युगौँदेखि–
हो, एक्लै एक्लै रोइरहेको थियो
एउटा बूढो सारङ्गी !
.....
निभेको थियो सिमानाको बत्ती !
.....
जङ्गेपिलरको छातीमा बसेर
एउटा पहेलो गिद्ध
यस धर्तीको एउटा निरीह बालकका
आँखाहरू चिथोरिरहेको थियो !
.....
हे बरै !
उहिले उहिले यही देशमा
थुप्रै थुप्रै देश थिए !
बाइस थरी खसका
बाइस थरी भान्सा थिए !
जसको हातमा तरबार थियो
उसैसँग दरबार थियो !
.....
जङ्गेपिलर !
तिमीले देख्यौ कि–
कर्नालीको वरिपरि
नागराजको मागल गाउँदै
घोडाको टापमुनिबाट
हिँडेका थिए हाम्रा पुर्खाहरू !
मिथिलाको वरिपरि
नान्यदेवको सवाई गाउँदै
सिमरौनगढका किल्ला छेक्ने
चट्टानका पर्खाल भएर
चट्टानकै शिरमाथि
उभिएका थिए हाम्रा पुर्खाहरू !
चापिल्ल र अशोक चल्ल
चाँचरीका रिपु मल्ल
‘राइका भाष पसाकि अक्रि’
छातीको शिलामा अक्षर खोपी
वनचरी बनेर बाँचेका थिए
हाम्रा पुर्खाहरू !
.....
जङ्गेपिलर !
तिमीले देख्यौ कि–
खम्बूवान कतै ! लिम्बूवान कतै !
विजयपुर र चौदण्डी कतै !
सेनवंशी राजा ! किराती राजा !
धुरकोटे राजा ! भिरकोटे राजा !
मुसीकोटे राजा ! गल्कोटे राजा ... !
.....
खुङ्ग्रीकोटदेखि भिङ्ग्रीकोटसम्म
बझाङी राजा ! दैलेखी राजा !
प्युठानी राजा ! डोटेली राजा !
सल्यानी राजा ! मुस्ताङी राजा !
काखैमा राखी धनुकाण हान्ने
बाइसे चौबिसे राजै राजा !
.....
हे बरै !
सारङ्गी रुवाउँदै आएँ
कर्खा गाउँदै आएँ ...
.....
हेर्दाहेर्दै—
मञ्जुश्रीले काटेका
पर्वतहरू भत्किए !
‘ने’ मुनिले ध्यान गरेका
गुफाहरू भत्किए !
यलम्बरले कथेका
मुन्धुमहरू भत्किए !
समयले नै
भत्काउँदो रहेछ इतिहासलाई !
सुनको मगज
र हीराका हातले लेखिएका
चक्रवर्ती सम्राटका
श्रीपेचका गाथाहरू भत्किए !
.....
रिटिङ्मा रिटिङ् बिनायो रुँदा
डम्फु र टुङ्ना, खैँजडु रुँदा
नौमती बाजा बालकै हुँदा
बाजेले तिम्री बजैको काखमा–
गाएका थिए गीत !
.....
खेलेका थिए– भैलो र ख्याली
घन्किन्थ्यो मादल, रन्किन्थ्यो रोधी !
पैकेलो गाउँदै, धमारी गाउँदै
साँझबत्ती बालेर सँगिनी गाउँदै
पालामका मन्त्र, साकेला सिली !
नौलाखे ताराको आकाशमुनि
धर्तीका फूल– झिली र मिली !
ती गीत गाउने कलाकारलाई–
बिस्र्यौ कि तिमीले ?
.....
हिमाल र पहाड÷मधेस र भावर
पैतालाबाट चुहाउँदै रगत
बयलगाडाका बयल बन्दै
सुनकेस्रा रानीका डोली बोक्दै
खुकुरीमाथि गर्धन राख्ने
पुर्खाको कथा, पुर्खाको गाथा
बिस्र्यौ कि तिमीले ?
.....
सारङ्गी बजाउँदा बजाउँदै
केही क्षण रोकियो गाइने
र हे¥यो जङ्गेपिलरलाई–
सारङ्गी बजाउँदा बजाउँदै
सारङ्गीका तारहरूबाटै
कहाँ हरायो सारङ्गीको गीत ?
.....
बार बर्से बालाले उठाउँदा भाला
साठी बर्से बूढाले चलाउँदा खुँडा
मिरकासिम भागे ! किनलक भागे !
फिरङ्गीहरूका जमात भागे !
बैरागी नागा रोएरै भागे !
.....
इतिहासका दुश्मनहरू त भागे टाढा
तर किन भागेनन्
अझै हाम्रा दुःखहरू ?
.....
हे बरै !
सारङ्गी रुवाउँदै आएँ
कर्खा गाउँदै आएँ
निभेको इतिहासको नाममा
कलेजी कटाउँदै आएँ !

Bhupeen Bhupeen
पुजारी
••••••
मन्दिरभित्र बस्ने
सर्वज्ञाता ईश्वरलाई पनि थाहा छैन 
यो मन्दिरका केही छद्म पुजारीहरू
किन दिनभरि मानिस
र रातभरी सर्प बन्छन् ?
किन मन्दिरको गजुरलाई डस्छन् ?
किन पालैपालो मुर्तीमा बेरिएर सुत्छन् ?
मानिसहरू हो सुन,
मन्दिरको दक्षिणी गेटबाट
हाम्री आमालाई गाली बक्दै आइरहेको
यो धोद्रो श्वर कसको हो ?
हामीले शान्तिको यज्ञ लगाउँन खोज्दा
मन्दिरको छानामा बज्रिएको
यो ढुंगा कसको हो ?
द्वारनेर
आमाको फरियालाई झण्डा बनाएर
हाम्रै भाइलाई आगो झोस्न उकास्ने
यो आदेश कसको हो ?
सुन !
किन कोही खुल्लेआम
आमाको चिरहरणको धम्की दिइरहेछ ?
र यी सब करतुतदेखि बेखबरजस्तो
भक्भकाउँदै भ:भ:भ:
पुजारीहरू चर्को श्वरमा
किन उसैको आरती गाइरहेछन् ?
किन मंगलधुन बजाइरहेछन् ?
उता,
मन्दिरको दक्षिणी कुनाबाट
लाउड स्पिकरमा
कसैले षडयन्त्रको पुरानो गीत बजाउँदा
किन यता पुजारीहरू
यसरी खुसी बनाइरहेछन् ?
टिङटिङ टिङटिङ
किन उनीहरू घण्टी बजाइरहेछन् ?
किन संख फुकिरहेछन् ?
भक्भकाउँदै भ:भ:भ:
किन उनीहरू मन्त्र पढिरहेछन् ?
उता दाजुभाइको अाँठो नमिच भनेर
आफ्नै जहानहरू नारा लगाउँदा
र यता किन पुजारीहरू
भक्कभकाउँदै भ:भ:भ:
उसकै स्तुती गाइरहेछन् ।
सुन देशवासीहरू,
धेरै युद्धहरू लडेर
लड्खडाउँदै यहाँसम्म आइपुगेका हौँ हामीहरू
अब त युद्ध टुंगाउने
संकल्प गर्दै थियौँ भर्खरै
गलत रहेछौँ,
ओहो !
एउटा युद्ध त अझै लड्नै बाँकि रहेछ-
पुजारीहरू बिरुद्ध ।
जबसम्म रहिरहनेछन् यिनै पुजारी
सामन्तको स्तुती यसरी नै चलिरहनेछ
चिरहरण धम्की यसरी नै आइरहनेछ
मन्दिरको भेटी यसरी नै गायब भइरहनेछ ।
प्रियजनहरू !
के अब पनि तपाँईहरू
छिमेकीले दुध खुवाएर पालेको
सर्पको हातबाट टिका थाप्न मन्दिर जानुहुन्छ ?
कि सर्पलाई मन्दिरबाट निकालेर
दिल्लीको भव्य चिडियाघरमा
उपहार पठाउन चाहनुहुन्छ ?
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

२१ असोज
नेपाल प्रज्ञा—प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० द्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यहाँ सुरु भएको छ ।सो सम्मेलनको आज राष्ट्रकवि माधवप्रसाद घिमिरे र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

राष्ट्रकवि घिमिरेले नेपाली भाषा, संस्कृति र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन एनआरएनको ठूलो भूमिका रहेको बताउनुभयो ।

एनआरएनका अध्यक्ष घलेले नेपाली भाषा र संस्कृतिको जगेर्नाका लागि गैरआवासीय नेपाली सङ्घ सधैँ तत्पर रहेको बताउनुभयो ।

नेपाल प्रज्ञा—प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एनआरएनले नेपालको विकास अभियानमा महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो ।

समारोहमा राष्ट्रकवि घिमिरेले विदेशमा बस्ने ९९ नेपाली कविले सिर्जना गरेका कविता सङ्गालेर निकालिएको ‘डायस्पोराका कविता’ विमोचन गर्नुभएको थियो ।
Bhupeen Bhupeen
खडेरी
••••••
यो खेत हो
कि कोही गरीब आदमीको 
पट्पटी फुटिगएको कुर्कुच्चा ?'
कि हो कुनै चित्र ?
खेतको थोत्रो कपडामा
खडेरीले ध्यान से बनाएको ?
मेरे दोस्त !
ए तो नदी हो नदी
जहाँको पानी हिउँदभरी
पडोसीको खेतमा निमेक गर्न जान्छ
र बर्सात भएपछि पगला सा बिदामा फर्कन्छ ।
तिमी त्यस्तो ठाउँमा उभिएछौ
जहाँ नदी पनि
दासहरूझैं बन्धकी पर्छ ।
आऊ अब नजिकै देहात छिरौं
उधर भी काकाकुल फाँट
यो नदीझैं वारिस पर्खेर बसिरहेछ ।
दाना नलागेको गहुँको खेतमा
आग लाग्लाझैं भएकोछ ।
मौसमसँग हारेका मकैका पोथ्राहरू
बाजु लत्राएर घुँटना टेक्दै उभिइरहेछन् ।
मिट्टीमुनी कोई रस नभेटेर
कुपोषणग्रस्त छ गन्नाको झाडी ।
देहातका किसानहरू
सधैझैं बहुत चिन्तित छन् इसबार पनि
देख्नू उनीहरूको आँखमा
भुखमरीको साया कसरी बेसरम नाचिरहेछ ?
दोस्त !
चरचरी फाटेको यो खेतमा
उनीहरूले सिर्फ देख्छन् आफ्नै चेहरा
र खराब तक्दिर ।
पता छ उनीहरूलाई
यसको जिम्मेवार छन् मुखिया
उनैले गरिदिएछन् पडोसीसँग
आधा पानी र बिजुलीको झुठा कागज ।
इसकारन हरेक हिउँदमा
नदी तरेर पारी गै जान्छ हरियाली ।
बहुत तकलिफको बात छ मेरे दोस्त
जब भारी बर्सात हुन्छ
थुनिदिन्छ पडोसीले बाँधको दरबाजा
र बाढ पसेर हाम्रो खलिहान बगाँउँछ ।
मेरे दोस्त !
यो यस्तै गाव हो
जहाँ हर हिउँदमा
खडेरीले किसानहरूको तक्दिर फुटाउँछ
र बर्सातमा बाढले उनीहरूको बास उठाउँछ ।
लेकिन सुनेकोछु-
'मेरो देहातमा बहुत बढियाँ छ'
साला मुखियाले
पापी पडोसीलाई
अभितक यस्तै तार पठाउँछ ।
( समयले ति कथित 'क्रान्तिकारी' नेपालीहरूको मुखुण्डो प्रष्ट देखाइदिएको छ । भारतिय विस्तारवादका समर्थक ती सम्पूर्ण नेपाली 'मुखियाहरू'मा समर्पित छ यो कविता ।)
डुमरवानाका दुई युवा सांगेतिक क्षेत्रमा


महेश्वर अधिकारी, बारा, १८ असोज
नेपाली सांगेतिक क्षेत्रमा बारा डुमरवानाका दुई जना युवाले पाईला टेकेका छन् । पीलुवाका नवप्रतिभा हिरा लामा र नयाँबस्तीका केदार प्रसाद सापकोटा ‘कुलदीप’ सांगेतिक क्षेत्रमा पाईला टेकेका हुन् ।
केदारले दशैको अवसर पारेर भर्खरै मात्र लोकदोहोरी गित सार्वजनिक गरेका छन् भने हिराको ‘आपा त गाऊको मुल लामा’ बोलको गितले चर्चा बटुलिरहेको छ ।
केदार प्रसाद सापकोटा ‘कुलदीप’को शब्दमा ‘यसपालीको दशैं र तिहारमा’ एल्बम बजारमा आएको छ । बिन्दबासीनी म्यूजिकको प्रस्तुतीमा आएको उक्त एल्बममा देबी घर्ति र शिशिर भुसालले स्वर दिएका छन् ।
साहित्य लेखनामा सक्रिय रहदै आएका गढीमाई नगरपालिका –१५ का केदार हाल बैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन् ।
‘आपा त गाऊको मुल लामा’ बोलको लोक पप गीतमा हिरा निकै जमेका छन । उनको गायनले चौतर्फी तारिफ पाउन थालिसकेको छ । गीतमा शब्द तथा संगीत लोकेन लामाको रहेको छ । हाल गीतको भिडियोलाई पनि दर्शकले रुचाइसकेका छन । सामाजिक संजाल युबट्युबमा उनको यो गितको भिडियो अहिलेसम्म २३ हजार पटक हेरिएको छ । हिरा भिडियोमा समेत देखिएका छन् । लोकेन लामाकै निर्देशनमा बनेको भिडियोमा राम र सुष्मा फिचरिङ छन । भिडियोलाई रामकुमार केसीले खिचेका हुन भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।
गढीमाई नगरपालिका–१६ का हिराले विभिन्न सांगेतिक कार्यक्रममा समेत प्रस्तुति दिईसेकेका छन् । यो गित भने हिराका पहिलो प्रयास हो । अगामी दिनमा अझै सुन्दर सिर्जना दिने हिरा बताउछन । आफु सँगीतमा भखैरै बामे सर्दै गरेकाले सबैको सहयोग पाए सँगीतमै केहि गरेर देखाउने उनको लक्ष्य छ । सार्वजनिक भएको गीतबाट छोटो अवधिमा पाइरहेको प्रतिक्रियाले उनी उत्साहित छन 
इन्धन अभावले विद्यालयलाई समस्या
१८ असोज 

भारतले गरेको अघोषित नाकाबन्दी फिर्ता लिएको बताइए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा संस्थागत विद्यालयलाई समस्या भएको छ ।

पेट्रोलियम पदार्थको अभावले विद्यालयका सवारी साधनसमेत सञ्चालनमा समस्या हुन थालेपछि मोरङका ४५० भन्दा बढी विद्यालयलाई समस्या भएको हो ।

प्याब्सन मोरङका अध्यक्ष टीकाराम ढकालका अनुसार विभिन्न समूहको बन्दमा पनि आपसी समन्वय गरेर सञ्चालनमा रहेका विद्यालयहरु पेट्रोलियम पदार्थको अभावले आफँै बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको हो । मोरङमा सञ्चालनमा रहेका ५०० भन्दा बढी निजी विद्यालयका सवारी साधन अहिले तेल अभावका कारण समस्यामा पर्न थालेका हुन् ।

मोरङमा रहेका ठूला विद्यालयहरुमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी सवारीमार्फत आउने गरेका छन् । मोरङको ब्राइट फ्युचर इङ्लिस बोर्डिङ स्कुल मृगौलीयाका सञ्चालक तथा प्याब्सनका अध्यक्ष टीकाराम ढकालले पेट्रोलियम पदार्थको अभावले विद्यालय बन्द गर्नुपर्ने स्थिति बनेको बताउनुभयो ।

उहाँले विद्यालयमा बाँकी रहेको तेलबाट अहिलेसम्म धानेको तर अब धान्न नसक्ने भन्दै विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नु भयो ।

सरकारले विद्यालयका सवारीलाई दैनिक २० लिटर तेलको कोटा निर्धारण गरे पनि मोरङका विद्यालयले सरकारले तोकेको कोटाअनुसारले तेल पाउन नसकेको अध्यक्ष ढकालले गुनासो गर्नुभयो । अधिकांश पेट्रोल पम्प बन्द हुँदा विद्यालयका सवारी साधन जसोतसो अहिले सञ्चालनमा रहेका छन् । तर इन्धन अभावको असर बढ्दै जाँदा विद्यालय बन्द हुने स्थिति सिर्जना हुँदै गएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले प्राथमिकताका आधारमा पेट्रोलियम पदार्थ वितरण गरेको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले अस्पताल, एम्बुलेन्स, दुग्धको गाडी, वारुणयन्त्रलगायतलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

जिल्ला शिक्षा कार्यालय मोरङका सहायक जिल्ला शिक्षा अधिकारी जयप्रसाद महतले संस्थागत विद्यालयका पदाधिकारीहरुले आफूहरुसँग पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन माग नगरेको बताउनुभयो । उहाँले भन्नुभयो – “अहिलेसम्म कुनै संस्थागत विद्यालयले पेट्रोलियम पदार्थको माग गरेका छैनन् ।

मोरङमा ३८४ संस्थागत विद्यालय छन् । तर विराटनगरका एक सय विद्यालय भने झन्डै दुई महिनादेखि बन्द भएको प्याब्सन मोरङका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

Post a Comment

 
Top