ज्यान मार्ने ‘अपराधी’ गच्छदारका उम्मेदवार
१६ कार्तिक ।
जयराज संयोक लिम्बूलाई हिजोआज संविधानभाको दोस्रो निर्वाचनमा भोट माग्दै हिँड्न भ्याइनभ्याइ छ । विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मोरङ क्षेत्र नं। २ को प्रत्यक्ष उम्मेदवारी पाएका लिम्बू ज्यान मार्ने उद्योग गरेको अभियोगमा सर्वोच्च अदालतले पाँच वर्ष सजाय सुनाएका व्यक्ति हुन् भन्ने चाहिँ निर्वाचन आयोगलाई थाहा छैन ।
बिहानै निस्किन्छन्, नमस्कार गर्दै ‘एक भोट’ भन्दै मतदाताका घरदैलोमा पुग्छन् । मोरङ बयरवन गाविस ६ का शेखर राईलाई २०५३ सालमा खुकुरी प्रहार गरी ज्यान मार्न खोजेको आरोपमा लिम्बूलाई सर्वोच्चले पाँच वर्ष सजाय सुनाएको थियो । तत्कालीन न्यायाधीश तपबहादुर मगर र गिरीशचन्द्र लालको इजलासले जयराजले ‘पटक पटक खुकुरी प्रहार गरी ज्यान लिन खोजेको’ भन्दै २०६६ साल भदौ १ गते पाँच वर्ष कैद फैसला गरेको थियो ।
सर्वस्वसहित जन्मकैद फैसला गरेका व्यक्ति समानुपातिक उम्मेदवार बनाएको भन्दै निर्वाचन आयोगले एकीकृत माओवादी नेता बालकृष्ण ढुंगेलको उम्मेदवारी खारेज गरेको थियो । निर्वाचन आयोगसँग जयराज सर्वोच्चले अपराधी भनेका व्यक्ति हुन् भन्ने रेकर्डसम्म छैन । ‘हो र भनेको, हामीलाई त थाहा छैन,’ जिल्ला निर्वाचन कार्यालय विराटनगरका प्रमुख झंकनाथ शर्माले भने, ‘हामीकहाँ उजुरी पनि परेन ।’
जयराजसँगै टंक पराजुली, राजु श्रेष्ठ र कम्पासे लिम्बूलाई पनि जनही पाँच पाँच वर्ष कैद सुनाएको थियो । घटनाको तेह्र वर्षसम्म मुद्दाको पुर्पक्ष हुँदा जयराज एकै दिन हिरासत बसेनन् । फैसला भएपछि गच्छदार निकट भएर जोगिए । गच्छदार गृहमन्त्री हुँदा उनी पिए थिए । प्रहरीले उनलाई फरार सूचीमा राखिरह्यो तर पक्रिने हिम्मत गरेन ।
जयराज नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा पूर्व सांसद् रहेका शुक्रराज लिम्बूका छोरा हुन् । कांग्रेसमा उच्च तहसम्म पहुँच राख्ने शुक्रराजको आडभरोसामा कांग्रेस सरकारमा रहेका बखत जयराजको मुद्दा फिर्ता भएको थियो । पछि अदालतले त्यो निर्णय रोक्यो ।
फैसला कार्यान्वयन महाशाखाले जयराज खुलेआम हिँडिरहेको भन्दै २०६९ चैत ६ गते फैसला कार्यान्वयन गर्न लेखेको पत्रका आधारमा जेठ २७ गते हिम्मत गरेर मोरङका डिएसपी दीपक पोखरेलले पक्रे । तर एकदिन पनि राम्रोसँग हिरासत भोलिपल्टै अदालतले उनलाई छाड्यो ।
निर्वाचन आचारसंहिता अनुसार भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन, लागूऔषध, वितरण तथा निकासी, सम्पत्ति शुद्धिकरण, राहदानी दुरुपयोग र ज्यान मार्ने उद्योगमा अदालतले अन्तिम फैसला गरेका व्यक्ति उम्मेदवार बन्न अयोग्य रहनेछन् । तर गच्छदारका हर्ताकर्ता जयराजलाई यो कानुनले छेक्न सकेको छैन ।
गच्छदारको पार्टीका केन्द्रीय सदस्य दिलीप धाडेवाका अनुसार जयराज घर बयरवन नै रहेको उनको त्यहाँ ‘उच्च डिमाण्ड’ रहेकाले उम्मेदवार सिफारिस गरियो । ‘उहाँ ९जयराजजी०को स्थानीय तहमा राम्रो पकड र कार्यकर्ताको माग रहेकाले जिल्ला कार्यसमितिले सिफारिस गरेकाले केन्द्रले उठाएको हो,’ धाडेवाले भने ।
तपाईंको चुनावी एजेन्डा के छ रु भनी प्रतिक्रिया माग्दा जयराजले भने, ‘म उम्मेदवार पनि हैन, र मेरो केही एजेन्डा छैन ।’
Post a Comment