0
राईनो ताल राईनो ताल जोगाउन छलफल
जेठ २१
 
विश्व वातावरण दिवसको अवसरमा आयोजित सप्ताह ब्यापी कार्यक्रम अन्र्तगत शुक्रबार चितवनमा भएको राईनो ताल संरक्षण सम्वन्धी छलफलमा भरतपुर उपमहानगरपालिकाको वडा नम्बर १२ मा रहेको राईनो ताल संरक्षणमा आवश्यक रकम जुटाएर सरोकारवाला सवै पक्ष लाग्नुपर्ने छलफलमा बोल्ने वत्ताहरुले बताएका छन्  ।
 
केही समय अधि राईनो ताल सुकेर जाने अवस्थामा पुगेको विषयमा चिन्ता ब्यक्त गर्दे बातावरण दिवसको अवसर पारेर कसरी ताल सुक्न गयो र त्यसलाई कसरी  संरक्षण गर्न सकिन्छ भनि भरतपुर उपमहानगरपालिकाको आयोव्जनामा भएको कार्याक्रम छलफल गरिएको हो । 
छलफल कार्यक्रममा भरतपुर १० का युवा अनिल अधिकारीले रामबेल सामुदायिक वनले संरक्षण गरेको ताल सुकाउने कार्य समेत सामुदायिक वनलेनै गरेको आरोप लगाउनु भयो । तर त्यसको खण्डन गर्दै रामबेल सामुदायिक बनका अध्यक्ष वेद बहादुर थापाले सामुदायिक वनले ताल सुकाउने कार्य नगरेको बरु खडेरीको कारण ताल सुक्न गएको भन्दे चितवनकै प्रतिष्ठाको रुपमा रहेको ताल संरक्षणको लागि आर्थिक सहयोग जुटाउन सामुदायिक वनलाई सहयोग गर्ने आग्रह गर्नु भएको थियो । साथै अध्यक्ष थापाले पत्रकारहरुले समेत सम्वन्धीत स्थल र ब्यक्ति संग कुरा नबुझि फोनको भरमा र समाचार संम्प्रेषण गरेको आरोप समेत लगाउनु भएको थियो ।
 
छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश स्ािंहले ताल कस्ले सुकायो भन्ने तर्फ भन्दा पनि यसलाई संरक्षण गर्न के गर्न सकिन्छ भन्ने तर्फ लाग्न सर्वलाई आग्रह गर्र्र्दै जिल्ला प्रशासनले ताल जोगाउन आवश्यक सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला बन कार्यालयका प्रमुख गणेश रायले वन्यजन्तु र वातावरण संरक्षणको लािग यस्ता तालहरु संरक्षण गर्न आवश्यक रहेको बताउदै चितवनमा भएको यस्तो सर्वपक्षिय भेला र छलफलले राम्रो संन्देश दिने बताउनु भयो ।
 

Post a Comment

 
Top