‘मान्छे’ हाम्रो कुरा बुझ्दैनन्
सामान्य मानिसहरूको भन्दा कम उचाइ र शरीरका अङ्गहरू पूर्णरूपमा विकास नभई बालबालिकाको जस्तो कोमल र अपरिपक्व शारीरिक बनावट भएका मानिसलाई होचापुड्का भनेर चिन्ने गरिन्छ । होचापुड्का मानिसलाई राज्यले अपाङ्ग भनेर परिभाषित गरेको छ भने उनीहरुको छुट्टै पहिचान छैन् ।
अपाङ्गता सम्बन्धी परिमार्जित राष्ट्रिय नीति तथा कार्ययोजना अनुसार यस समूदायमा ७ प्रकारका मानिसहरू पर्छन् । शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, श्रवण–दृष्टिविहीन अपाङ्गता, स्वर तथा बोलाइ सम्बन्धी अपाङ्गता, मानसिक अपाङ्गता र बहु अपाङ्गता ।
यस्तै नेत्रहीन, बहिरा, सुस्त मनःस्थिति (बौद्धिक अपाङ्गता), होचापुड्का, हात–खुट्टानभएका, ह्वीलचेयर प्रयोगकर्ता, लठ्ठी, सेतो छडी, वैशाखी टेक्ने र तीनपाङ्ग्रेको सहारामा गुड्ने तथा ‘हेयर–एड’को प्रयोग गर्नेहरूलाई ‘अपाङ्गता’ भएका मानिस मानिन्छ
Post a Comment