0

धूमपानको लत बढ्दै

विभिन्न सङ्घसंस्थाले निकालेको तथ्याङ्कअनुसार धूमपान गर्ने विश्वभरका एक अर्बभन्दा बढी नागरिकमध्ये २० प्रतिशत महिला छन् भने नेपालमा सूर्तीजन्य पदार्थका सेवनबाट बर्सोनि १५ हजारभन्दा बढीले अकालमै ज्यान गुमाइरहेका छन् ।  जसमा धूमपानकै कारण प्रति घण्टा दुई जनाको, प्रत्येक दिन ४२ जनाले तथा मासिक १२ सय ५० व्यक्तिको मृत्यु हुने गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सञ्चारकर्मीसँगको अन्तत्र्रिmयामा सो तथ्याङ्क प्रस्तुत गरिएको थियो ।  धूमपानबाट मृत्यु हुनेमध्ये ४० प्रतिशत पुरुष, २१ प्रतिशत महिला तथा १२ प्रतिशत युवा रहेको बताइएको छ ।  तथ्याङ्कअनुसार नेपालमा धूमपान प्रयोगकर्तामध्ये ५५ प्रतिशत निरक्षर रहेका छन् भने सूर्तीजन्य पदार्थको प्रयोगकर्ता सबैभन्दा बढी हिमाली क्षेत्रमा ६८ प्रतिशत रहेको देखाइएको छ ।
hearattack
अहिले नेपालमा सरदर वार्षिक ६ हजार मेट्रिक टनभन्दा बढी सूर्ती तथा करिब ६ अर्ब साठी करोड खिल्ली चुरोट उत्पादन हुन्छ ।  विगत दुई दशक यता नेपालमा सूर्तीजन्य पदार्थको उत्पादनमा १३ गुणाले वृद्धि भएको छ भने धूमपान र अन्य मध्यपानजन्य पदार्थको आयात पनि ह्वात्तै बढेको छ ।  सबैभन्दा बढी ४० प्रतिशत चुरोटको प्रयोग हुन्छ भने ३० प्रतिशत सूर्तीजन्य पदार्थ, पाँच प्रतिशत तमाखुले स्थान ओगटेको छ ।  बाँकी २५ प्रतिशत पान, गुट्खा, बिंडी आदिले ठाउँ ओगटेको पाइन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले २०११ मा प्रकाशित गरेको आँकडाअनुसार पूर्वी मध्य र दक्षिण युरोपमा पछिल्ला वर्षमा धूमपान गर्ने पुरुषको अनुपात पहिलाको तुलनामा घटेको छ भने महिलाको बढेर गएको छ ।  दक्षिण पूर्वी एसियामा पनि वयस्क युवकको धूमपान दर वयस्क महिलाको भन्दा दश गुण बढी छ तर धूमपान गर्ने महिलाको सङ्ख्या दिनहुँ बढ्दै जान थालेकाले पुरुष र महिलाबीचको अनुपात साँघुरिदै छ, प्रतिवेदन यस्तै भन्छ ।  नेपाललगायत विश्व स्वास्थ्य सङ्गठनका १४० सदस्य राष्ट्र तथा विश्वका केही अन्य प्रान्तमा गरिएको ग्लोबल युथ टोबाको सर्वे जिवाइटिएस–२०१२ को प्रतिवेदनमा पनि धूमपान गर्ने महिलाको सङ्ख्या उल्लेख्य बढेकोमा चिन्ता व्यक्त गरिएको छ ।  वयस्क महिलाभन्दा नवयुवतीमा धूमपान आकर्षण अधिक बढ्दै छ ।  विश्वमा धूमपानका कारणले ज्यान गुमाउन सक्नेको सङ्ख्या २०२० बाट वार्षिक एक करोडभन्दा बढी हुने सम्भावना छ’ जिवाइटिएसको ठम्याइ छ ।  एकअर्को संयुक्त राज्यमा गरिएको एउटा अध्ययनअनुसार धूमपानको रहर गर्ने चारमध्ये एक जना जवानलाई यसको लत नै लाग्छ ।  यो दर कोकेन र हेरोइनको चस्का लिन खोज्नेहरूको जत्तिकै छ ।  धूमपान गर्न थालेकोमा चुकचुकाउने किशोरकिशोरी ७० प्रतिशत भए पनि कमैले मात्र छाड्न सक्छन् ।
धूमपानले लिन्छ ज्यान ।  विश्वभरि कम्तीमा पनि १ अर्ब ३० करोड व्यक्तिले धूमपान गर्ने विश्व स्वास्थ्य सङ्घको स्वास्थ्य बुलेटिनमा उल्लेख छ ।  यसको अर्थ, सालाखाला विश्वका एक तिहाई वयस्क धूमपान गर्छन् ।  विश्व स्वास्थ्य सङ्घअनुसार धूमपानका कारण बर्सेनि ६० लाख मानिसहरू अथवा प्रत्येक चार सेकेन्डमा एक जना मानिस मर्छन् ।
धूमपान लामो अनि आनन्दित जीवन बिताउन चाहनेहरूका लागि पटक्कै होइन ।  निकै समयदेखि धूमपान गर्नेहरू अन्तमा त्यही चुरोटका कारण मर्ने सम्भावना २ मा १ छ ।  विश्व स्वास्थ्य सङ्घका महानिर्देशक यसो भन्छिन्, ‘चुरोटमा बडो होसियारीसाथ मृत्यु नहोऊन्जेल अम्मली गराउने गरी ठीक मात्रामा मिलाएर निकोटिन राखिएको हुन्छ । ’ धूमपानको २५ भन्दा बढी ज्यानमारा रोगहरूसँग सम्बन्ध छ ।  उदाहरणका लागि यो हृदयघात, मस्तिष्कघात, दीर्घकालीन ब्रोन्काइटिस, फोक्सो सुन्निने रोग र विभिन्न क्यान्सर र विशेषगरी फोक्सो क्यान्सरको कारक तìव हो ।  यसका अतिरिक्त चुरोटको धूँवामा चार हजारभन्दा धेरै किसिमका रासायनिक तìवहरू हुन्छन् ।  यीमध्ये ४३ वटाले त क्यान्सर गराउँछ भनेर पत्ता लागिसक्यो ।  ती हुन्, साइनाइड, बेन्जिन, मिथानोल र एसेट्येलेन (टर्चमा प्रयोग गरिने इन्धन) आदि ।  चुरोटमा नाइट्रोजन अक्साइड र कार्बन मोनोअक्साइडजस्ता विषालु ग्यासहरू पनि हुन्छन् ।  तथापि चुरोटमा पाइने प्रमुख तìव चाहिँ निकोटिन नै हो ।  यसले असाध्यै लत लगाउँछ । चुरोट छोड्छु भनेर कम्मर कस्नेहरूलाई समेत चुरोट छाड्न साह्रै गाह्रो हुन्छ ।  विशेषगरी चुरोटमा पाइने निकोटिन, असाध्यै लत लाग्ने पदार्थ भएकोले पनि त्यसो भएको हो ।  डब्लू एच ओ यसो भन्छ– सबैभन्दा धेरै लत बसाउने लागू पदार्थहरूको सूची तयार पार्ने हो भने, निकोटिनले हेरोइन र कोकिनलाई उछिन्छ ।
हेरोइन र कोकिनको जस्तो निकोटिनको तुरुन्तै अनि प्रत्यक्ष असर देखिँदैन ।  त्यसैले पनि निकोटिनले पु¥याउने असरलाई अक्सर बेवास्ता गरिन्छ ।  चुरोटले दिने हल्का आनन्दको कारण प्रायःजसो मानिस एकपछि अर्को चुरोट सल्काइरहन्छ ।
निकोटिनले मान्छेको ‘मुड’लाई असर गर्छ, यसले तनाव कम गर्छ ।  तथापि, निकोटिनको तलतलले गर्दा नै चुरोटले तनाव कम गरेजस्तो लागेको हो ।  धूमपानले स्वयं आफूलाई मात्र हैन अरूलाई पनि हानी पु¥याउँछ ।  उदाहरणका लागि, चुरोट नपिउने व्यक्तिले पिउने व्यक्तिसित विवाह गरेको छ भने फोक्सोको क्यान्सर हुने खतरा ३० प्रतिशत बढी हुन्छ ।  चुरोट नपिउने आमा बाबुको सन्तानको तुलनामा चुरोट पिउने आमाबाबुको सन्तानलाई जन्मेको दुई वर्षभित्र निमोनिया वा ब्रोन्काइटिस हुने सम्भावना बढी हुन्छ ।
धूमपान तथा सूर्तीजन्य पदार्थ नसर्ने रोगको पनि कारण मानिन्छ ।  धूमपानले सेवन गर्नेलाई मात्र नभई वरिपरि बस्नेलाई पनि झन् असर गर्छ ।  यसलाई ‘सेकेण्ड ह्यान्ड स्मोकिङ’ भनिन्छ ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार सेकेण्ड ह्यान्ड स्मोकिङबाट विश्वभर बर्सेनि ६० लाखभन्दा बढी मानिसको अल्पायुमा मृत्यु हुने गरेको छ ।  चुरोटको सेवन नगर्नेलाई भन्दा गर्नेलाई ११ गुणा बढी हृदयघात हुने सम्भावना हुन्छ ।  यसैगरी धूमपान सेवन गर्नेलाई १० वर्ष पहिला नै हृदयघात हुन सक्छ ।
यस्तो हानीकारक धूमपान छाड्ने अठोट गरिसक्नुभएको छ भने सफलता हात नलागेसम्म निरन्तर कोसिस गरिरहनुपर्छ ।  सर्वप्रथम, चुरोट छाड्ने प्रयास गर्नु सार्थक छ भनेर विश्वस्त हुनुपर्छ ।  तोकेर आफू नजिकका एस्ट्रे, सलाई अनि लाइटर आदि हटाउनुपर्छ ।  कुनै काममा व्यस्त हुनुपर्छ ।  चुरोट पिउन तलतल लगाउने ठाउँ वा परिस्थितिहरूबाट टाढै बस्ने गर्नुपर्छ ।
चुरोट पिउने लाखौं व्यक्तिले सफलतासाथ चुरोट छाड्न सकेका छन् ।  दृढ निश्चयी भएर लागिरहे चुरोट छाड्न सकिन्छ ।  चुरोट छोड्दा अन्तिम सर्को तानेको ३० मिनेटमै रक्तचाप सामान्य हुन्छ ।  हप्ता दिनपछि शरीर निकोटिनरहित हुन्छ ।  एक महिनापछि तपाईंको खोकी, पिनास, थकावट र सास फेर्न गाह्रो हुनु आदि जम्मै कम हुन थाल्छ ।  पाँच वर्षपछि फोक्सोको क्यान्सरले मृत्यु हुनसक्ने खतरा ५० प्रतिशत घट्छ ।  १५ वर्षपछि हृदयघात हुनसक्ने सम्भावना चुरोट कहिल्यै पिउँदै नपिएको व्यक्तिको जत्ति नै हुन्छ ।  

Post a Comment

 
Top