महिलाको संबेदनशील अंग छुँदा सजाय मृत्यू
घटनाका आरोपी सबै परिवार पक्राउ
१४ साउन । कैलाली जिल्लामा घरमा सुतेकी विवाहित महिलाको सम्बेदनशील अंग छोएको बहानामा कुटपिट हुँदा एकयुवकको ज्यान गएको छ ।
रतनपुर–५ बस्ने २८ वर्षीय श्यामनाथ चौधरीको कुटपिटबाट आज (सोमबार) विहान मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
श्यामनाथले बिहान करीब छ बजे धनगढी नगरपालिका–८, धनगढीगाउँकी ३० वर्षीया महिला बिल्ली रानाको संवेदनशील अंगमा समाएको आरोप लागेको छ । आफ्ना सम्बेदनशील अंग श्यामनाथले समाए लगत्तै बिल्ली कराएकी थिईन् ।
त्यस लगत्तै श्यामनाथलाई घरका मान्छेले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर श्यामनाथको उपचारका क्रममा मृत्यू भएको हो ।
तत्काल श्यानथालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिए पनि बचाउन नसकिएको प्रहरी नायव उपरीक्षक कँडेलले बताए ।
कुटपिटमा संलग्न बिल्ली राना उनका पति ३५ वर्षीय श्याम राना, छोरा बीरबल राना, देबर बिलासी राना र छिमेकी कषन रानालाई प्रहरीले प्रक्राउ गरेको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ

Post a Comment