पालुवा हात्ती टिबी रोगी बन्दै
विभु अधिकारी
बारा , १३ साउन ।
पर्सा वन्यजन्तु आरक्षको चरम लापरवाहीको कारण बाराको अमलेखगञ्ज स्थित पर्सावन्यजन्तु आरक्षमा रहेका हात्तीमा टिबी रोगले भयावह रुपलिँदै गएकोछ । हात्तीलाई स्केल अनुसारको दाना, उपचार अभाव र स्याहारसुसारमा लापरवाहीले गर्दा आरक्षका ११ मध्ये ६ वटा हात्तीलाई टिबी रोग लागेकोछ । नारायणगज र कामीनीकली, मेनकाकली, इन्द्राकली, राजकली, राप्तिकलीमा टिबीरोग फेला परेको छ । बच्चा दुई हात्तीमा समेत टिबी रोग फेला परेकोले तत्काल समाधानका लागि पहल नगर्नेहो भने विकराल रुप लिन सक्नेछ । वन्यजन्तु आरक्ष विभाग मार्फत ६ महिना अघि एलिफेन्ट केयर इन्टरनेशनलका विदेशी चिकित्सकले गरेको परीक्षण रिपोर्टले हात्तीमा क्षयरोग लागेको पत्ता लागेको हो ।
एक बर्षअघि टिबी रोग देखा परेको मेनकाकलीको उपचारको लागि चितवनको कसरा पु¥याएपनि राम्ररी उपचार नै नगरी फिर्ता ल्याएकोले पर्सा बन्यजन्तु आरक्षका अन्यमा हात्तीमा पनि रोग सरेको हो ।
पोष्टिक आहार र उपचारको अभावमा रोग फैलदैं गएको हात्तीसारका सर्जुक बसारले बताउनुभयो ।
मान्छे र हात्तीमा टिबीको एकै जीवाणु हुने भएकोले रोग सर्ने डरले हात्ती चढेर रामभोरी, भाटा लगायतका क्षेत्र घुम्न आउने पर्यटकहरु घटेकाछन् ।
यहाँ टिबी रोग लागेको बुढो हात्ती मेनकाकलीलाई उपचारका लागि चितवन पु¥याए पनि निको नभईकनै फिर्ता पठाउँदा उचित खानपिनको अभावमा अरुलाई पनि रोग सरेको हात्तीसारका दरोगा मणीपुरण चौधरीले बताउनुभयो । एउटै गोठमा राखेर आरक्षमा पालिदै आएका सबै हात्तीले एउटै ट्याङ्कीबाट पानी पिउने गरेका छन् ।
हात्ती संरक्षणका लागि भनेर लाखौं रुपैयाँ बजेट छुट्याईने गरेपनि रोगी र निरोगी हात्तीको लागि अलग अलग पानी पिउँने ट्याङ्की बनाउन आरक्षले कजँुस्याई गर्दा तीव्र गतिमा अन्य हात्ती पनि आक्रान्त बन्न पुगे पनि अहिले सम्म ट्याङ्कर बनाउन कुनै पहल गरेको पाईदैन ।
आरक्षका अधिकृत निलम्वर मिश्रले भन्नुभयो–विसेक भयो भनेर ल्याइएको मेनकामा अहिलेको रिपोर्टले फेरि पनि माइक्रो व्यक्टोरियम ट्युवरकुलाई पोजेटिभ देखायो ।पुर्णरुपमा सुधार भैसकेको रहेनछ ।एकअर्कामा संसर्ग बढेपछि अन्यमा पनि स¥्यो । कम उमेरका दुई हात्तीमा समेत संक्रमण देखिएकाले अवस्था भयावह रहेको उहाँले बताउनु भयो । मानिस र हात्ती दुबैमा एउटै जिवाणुका कारण लाग्ने रोग हो, एकअर्कोबाट पनि सरेको हुनसक्छ । मिश्राले जानकारी दिनुभयो ।
पर्सा वन्य जन्तु आरक्ष अमलेखगंज लगायत देशको बिभिन्न क्षेत्रमा रहेका पालुवा अधिकांश हात्तीमा टिबीबाट संक्रमिणत बनेपनि उपचारको लागि पहल गरिएकोपाईदैन । बाँकीमा पनि रोग सर्न सक्ने आशंड्ढामा बाँकी हात्तीलाई भने हात्तिसार बाहिरको पोष्टमा पठाएको छ ।
हात्ती सारको चित्रसेनकली, आरक्षको प्रतापुर पोष्टको पवनकली र पर्साको रामभोरी भाटा पोष्टमा राखिएका सितास्मकली, गौरीकली, भवानीकलीमा भने संक्रमण देखिएको छैन । रोगबाट जोगाउन चित्रसेनकलीलाई हाल प्रतापपुर पोष्टमा पठाएर त्यहा संक्रमित इन्दाकलीलाई भने अन्य संक्रमितसंगै हात्ती सार मैं फर्काइएको छ ।
पर्सा बन्यजन्तु आरक्ष अमलेखगंज स्थित हात्ती सारमा पालिएका ११ मध्ये ६ , चितवन राष्ट्रिय निकुञ्जमा १४ , कोशिटप्पुमा २ र निजी २८ हात्तीलाई टिबी लागेकोछ ।
पर्सा बन्यजन्तु आरक्ष , चितवन राष्ट्रि निकुञ्ज , बर्दिया निकुञ्ज लगायत नेपालमा पालुवा हात्ती करिब संख्या २ सय देखि २ सय १५ रहेको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा.कमल गैह्ेले जानकारी दिनु भयो । यस अघि २३ प्रतिशत पालुवा हात्तीहरुमा टि.बी संक्रमण देखिएको थियो । यो बर्ष बढेर ३० प्रतिशत पुगेको छ ।
सन २०१३ मा एक सय ९७ वटा हात्तीमा परिक्षण गरिएकोमा जस मध्ये पर्सा बन्य जन्तु आरक्षमा ६ , चितवन राष्ट्रिय निकुञ्जमा १४, कोशीटपुमा २ र निजी २८ वटा हात्ती टिबीले आक्रान्त बनेकाछन् ।
राष्ट्रिय प्राकृतिक संरक्षण कोष , एलिफेन्ट केयर इन्टरनेशनल र राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण बिभाग अन्तरर्गत नेपाल एलिफेन्ट ट्यूवरक्लोशिस कन्ट्रोल एण्ड म्यानेजमेन्ट एक्शन प्लानले सन २००७ देखि क्षयरोग सम्बन्धि हात्तीको परिक्षण गर्दै आएको छ ।
डा.गैह्ेका अनुसार प्लानले सन २००७ देखि २०१३ सम्ममा ३० वटा हात्तीको औषधी उपचार गरेको थियो ।
प्रत्येक हात्तीको औषधी उपचार गर्न तीन लाख देखि चार लाख रुपैया सम्म लाग्ने भएकाले रोगी हात्तीको उपचारका लागि स्रोत जुटाउन प्रयास गर्ने आरक्षले जनाएकोछ ।
Post a Comment