दमाम गार्डेनमा अबैध नेपाली कामदारहरूको अवस्था झनै मार्मिक र दयनीय नै देखियो आज । एअरपोर्टबाट टिकट नै गुमाएर फर्किएका, ३ महिना जेल बस्दा पनि स्वदेश फर्किन नपार्इ गार्डेनमा आइपुगेकाहरूको कथा ब्यथा मनै आन्दोलित हुने खालका थिए । उनिहरूका मुताबिक जेलमा पुग्ने सबैको हवार्इ टिकट साउदी सरकारले नै निशुल्क ब्यबस्था गर्थ्यो तर धेरैजसोसंग टिकट खर्च भन्दै रकम असुलिन्थ्यो र आंफू(हरू)ले त्यस्तो खर्च नदिएकै कारण गार्डेनमा फ्यांकिएको बताए । दुम्किवास नवलपरासीका हिरा क्षेत्री तिनै पीडितहरूमध्य एक हुनुहुन्छ । दमामको जेल बाहिर आएपछि पनि कहिले केश छ, कहिले रियाद जानुपर्छ भन्दै महिनौंको चक्कर काट्दै गार्डेनमा लखतरान अवस्थामा रहेका हिराको दुख देख्न नसकी आज मैले मेरै फ्ल्याटमा ल्यार्इ राखेको छु । आखिर दमामबाटै फिंगर प्रिन्ट लिइएपछि अब एक्जिट भिषा पनि दमामबाटै लाग्ने वहांको आसा त जागेको छ तर स्वदेश फर्किन पाउने दिन भने अझै कति टाढा छ, शायद कसैले भन्न सक्ने अवस्था छैन ।
Post a Comment