0

यहि हो सफलताको सुत्र भन्ने तेस्तो केहि छैन : दिबस खनिया

तपाईंहरु सबैलाई सम्झना छ होला, सन् २०१२ को अन्त्यमा अमेरिकन शिक्षा मन्त्रालय द्वरा विश्वव्यापी रुपमा प्रदान गरिने अन्तराष्ट्रिय सुचना प्रविधी अवार्ड INTERNATIONAL IT AWARD ) ले सम्मानित एकजना विश्व चर्चित नेपाली युवा, दिवस खनिया आफ्नो २०/२१ बर्षको सानो उमेरमा नै धेरै राष्टिय तथा अन्तराष्ट्रिय उपाधिहरुबाट सम्मानित छन् | अन्तराष्टिय सूचना प्रविधी अवार्ड नेपालमा सन् २००७ पछि दोश्रो पटक भित्राउन सफल यि युवा यतिमा मात्र सिमित छैनन् । नेपालमा युवाले चाहेको खण्डमा जस्तो परिबर्तन समेत गर्न सक्छन र सधै नेताहरुलाई मात्र गाली गर्नु भन्दा मैले देशलाई के दिए त्यसलाई आफ्नो प्रमुख प्राथमिकता बनाउनु पर्छ, त्यस्तो भएको खण्डमा देशमा सकारात्मक परिवर्तनको लागि समय लाग्दैन भन्ने खनियाले युवाहरुलाई देशको परिवर्तनमा समर्पित हुनका लागि र साथै समाजमा आइपर्ने हरेक समस्यामा आफुहरुको सकारात्मक सहभागिता जनाउने अभिप्रायले Friends Initiative नामक एउटा युवाहरुको समूह समेत स्थापना गरेका छन् |यिनै YOUTHink – Show का Producer तथा Presenter दिवस खनिया
#सर्वप्रथम तपाइलाई बधाई छ |
>>:धन्यबाद !!!
#आजभोलि के मा व्यस्त हुनुहुन्छ ??
>>:एउटा इञ्जिनियरिङ्को बिद्यार्थी हुँ, अनि अहिले परिक्षा आउदैछ, त्यसकारण तेतै व्यस्त छु | हे हे !!
#कस्तो छ त परिक्षाको तयारी ??
>>: ठिकै भनुम!! परिक्षा कस्तो हुन्छ, त्यसपछी नै थाहा होला तयारी पनि !!
#अहिले त पढाई बाहेक पनि धेरै व्यस्त हुनुहुन्छ नि ?
>>:अँ, कहिले काही व्यस्त नै भैईन्छ!
#INTERNATIONAL IT AWARD, जुन अवार्ड अन्तराष्ट्रिय रुपमा प्रत्येक वर्ष एकजनालाई दिने गरिन्छ, तेत्रो ठुलो अवार्ड एकजना नेपालीले पाउनु चानेचुने कुरा हैन, अहिले सम्म २००७ साल पछि यो बर्ष दोश्रोपटक नेपालको एउटा छोरा, दिवस खनियाले उक्त अवार्ड पाएको छ, अवार्ड हातमा पर्दाको त्यो अनुभव भन्दिनुस न ??
>>:मलाई त्यो अवार्ड हातमा पर्ने बित्तिकै, मैले पनि केहि गर्न सक्ने रैछु । हामी नेपाली कोहि भन्दा कम छैनौँ जस्तो feel गरेको थिएँ | र साथसाथै अब मेरो हातमा एउटा ठुलो जिम्मेवारी आएको समेत अनुभव भएको थियो |
#तपाई २० बर्षको उमेरमा नै एउटा सफलतामा पुगी सकेको मान्छे, सफलतालाई कसरी परिभाषित गर्नुहुन्छ ??
>>:धन्यवाद, तर म आफुले आफुलाई सफल भन्ने शब्द प्रयोग गर्न चाहन्न । किन भने मैले गर्न धेरै बाँकि छ तसर्थ मेरो सोचाइमा Success is a Journey, not Destination. The doing is often more important than the outcome.
#केहि तपाइको यस्ता ठुला ठुला achievement हरु पनि बाहिर आइरहेका छन् जुन achievement बाट हजुरले कुनै देशको इतिहास तोड्ने काम समेत गर्दै हुनुहुन्छ । कति achievement भन्न मिल्ने खालका छन् कति हजुरका गोप्य achievement हरु पनि रहेका छन् । एउटा नेपाली को छोरो ले आफ्नो मात्र नभएर देशको नाम विश्व सामु चिनाई राखेको छ । तपाइले देशबाट चाँही के आश गर्नु भएको छ त ??
>>:मैले देशबाट भौतिक रुपमा केहि आशा राखेको छैन । हामी सबै नेपालीको नेपालमा उत्तिकै अधिकार र अस्तित्व छ अनि त्यति नै कर्तब्य पनि छ | तसर्थ मैले देशबाट चाहने भनेको आम नेपालीले जस्तै आफुले गर्न लागेको काममा Moral Support मिलोस भन्ने हो | अनि जहाँ सम्म मेरो achievement को कारण देशबाट मैले केहि चाहने प्रश्न छ कि जे गर्ने हो हामी युवाले ले नै हो । हामीले केहि आश नगरी देशको लागि आफुले सक्ने सानो भन्दा सानो सुरुवात किन नहोस, गरेको खण्डमा देशमा परिवर्तन आउन समय लाग्ने छैन | हामी सदै नेता लाई गाली गर्छौ, म त भन्छु नेतालाई नेता बनाएको हामीले नै हो तसर्थ नेतालाई गाली नगरौ । हामीले चाही देशको लागि के गर्न सकेऊँ त्यो हो प्रधान कुरा जस्तो लाग्छ मलाई चाही | तर पनि म एउटा कुरा चाहिं के भन्न चाहन्छु भने नेताहरुले हामीलाई केहि गर्नु पर्दैन, नेताले देश राम्रो संग चलाईदिए पुग्छ, गर्ने हामीले हो, हामी युवाले हो, हामीले केहि आश गर्नु हुँदैन|

#सफलताको केहि त्यस्तो सुत्र छ भने भन्दिनुस न??
>>:हे हे यहि हो सफलताको सुत्र भन्ने त्यस्तो केहि छैन । तर पनि If A is success in life, then A equals x plus y plus z. Work is x; y is play; and z is keeping your mouth shut.
# तपाई बहुआयामिक पनि हुनु हुन्छ Youthactivism देखि Media क्षेत्र अनि समाज सेवा त्यति मात्र हैन अहिले Beauty pageant हरुमा judge को ल्याउने भन्दा तपाइको नाम अग्र पंक्तिमा आउछ यतिमात्र हैन अहिले Success Tips , Personality Development तथा Career Development को लागि सबै भन्दा धेरै खोज्ने गरिएको नाम नै दिवस खनिया छ । तसर्थ तपाई आफुले आफुलाई चाँही एक शब्दमा परिचय दिनु पर्यो भने दिवस खनिया भनेको को हो?
>>: हे हे !! Obviously Student, पो. बि. अन्तर्गतको एउटा कलेज मा अध्यनरत Computer Engineering को विध्यार्थी !
#सानो छँदा कस्तो खालको हुनु हुन्थ्यो ?
>>: एकदमै अचम्मको मान्छे थिंए .. हहहः !! पढ्न मन लाग्थ्यो, मान्छेहरुको अगाडी गएर बोल्न मन लाग्थ्यो, धेरै कार्यक्रमहरुमा सहभागी हुन्थें । 
#तपाई धेरै ठुलो ठुलो Beauty Pageant हरुको judge पनि गर्नु हुन्छ । तपाइको Judging Criteria कस्तो हुन्छ Judge गर्दा ?
>>: मैले कुनै पनि Beauty Pageant हरुको Judge गर्दा यस्तो प्रतियोगीलाई Title जिताउन प्रयत्नारत हुन्छु कि जसले Title जिती सके पछि Public सामु एउटा यस्तो Message प्रवाह गर्न सकोस कि “सबै Public लाई अझ बिशेष गरेर युवाहरुलाई देशको लागि आफुले सक्दो सानो भन्दा सानो काम को सुरुवात गर्न प्रोत्साहन गर्न सकोस । युवालाई देशको लागि केहि गर्न एउटा अभियान चलाउन सकोस । अनि आफुले जितेको Title ले दिने जिम्मेवारी राम्रो संग बुझ्न सकोस” जुन प्रतियोगीबाट यो सबै काम गर्न सक्ने राम्रो अनि दरिलो प्रतिबद्दता आउछ त्यो नै मेरो पहिलो रोजाई हुन्छ|
#तपाई संग नि युवाहरुलाई प्रोत्साहन गर्ने केहि अभियानहरु छ होला नि ??
>> मैले अगाडी भनी सके त्यहि अभिप्रायले नै मैले Friends Initiative को स्थापना गरेको हुँ र हाम्रो उक्त समुहमा हरेक क्षेत्रका युवाहरु रहनु भएको छ । हाम्रो प्रमुख उद्देश्य नै युवा अभिमुखीकरण को क्षेत्रबाट युवालाई सहयोग गर्ने । साथै हाम्रो उद्देश्य समाजमा रहेको हरेक क्षेत्र जस्तो सामाजिक सेवा देखि लिएर गरिब र आर्थिक अभावको कारण नै पढ्न बाट कोहि बन्चित छ भने उनीहरुलाई छात्रवृतिको व्यवस्था । वातावरण को क्षेत्र देखि जनस्वास्थ्य को क्षेत्रमा पनि हामीले काम गर्नेछौं | हामी युवाहरुको समूह हौँ तसर्थ समाजमा रहेको हरेक क्षेत्रमा हाम्रो सहभागिता रहने छ | त्यस्तै हामी क्रिकेटर पारस दाई, मोडल माल्विका दिदि तथा अन्य प्रसिद्द Celebrate हरु मिलेर युवाहरुलाई देशको लागि केहि संकल्प गराउने उद्देश्यका साथ Celebrate तहबाट एउटा कार्यक्रम ल्याउने र अभियान चलाउने योजना समेत तय गरेका छौं । त्यसको लागि Paperwork भई राखेको छ र त्यसको नेतृत्व मैले लिदैं छु |
#थोरै व्यक्तिगत कुरा गरौँ न, घुमघाम कत्तीको गर्नुहुन्छ?
>>:खासै गर्दिन , घुमघाम काठमाडौँमा नै सिमित हुन्छ | हेहे !!
#लभ अफेयर त छ होला नि है ?
>>:छैन, उमेर पुगेको छैन होला नि त्यसको लागि त ?
# आफ्नो जिबन साथी कस्तो होस् भन्ने चाहनु हुन्छ त ?
>>: अहिले त्यो बारेमा सोच्ने बेला नै भएको छैन होला । तर पनि एकदमै राम्री, मेरो कामलाई बुझ्ने सक्ने, मलाई माया गर्ने त चाहियो नै, अनि त्यो बाहेक आफ्नो संकृति बुझ्ने नि चाहियो नै !!!

#कोहि त होला नि त्यस्तो मान्छे मस्तिस्कमा सजिएको ?
>>: त्यो बारेमा सोच्ने बेला नै भएको छैन तर पनि कहिँ कतै मेरा लागि भनेर भगवानले कुनै युवतीको जन्म दिएका होलान नि !! हे हे हे हे हे हे !!

Post a Comment

 
Top