11

सेक्समा सन्तुष्टि नभएपछि त्यसैसँग बसिरहनु पर्छ भन्ने हुँदैन : स्मिता थापा 

महिलालाई खेलौना ठान्ने पुरुषप्रधान समाजमा स्मिता थापाको बिद्रोह


2 मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ भनेर चर्चामा आएकी आधुनिक युवती एवं मोडेल स्मिता थापाको अर्को एउटा रहस्य पनि छ । यो रहस्य आज धर्तीआवाजले सार्वजनिक गर्दैछ । धेरै पाठकलाई उनको यो रहस्य थाहा नहुन सक्छ । धेरै पुरुषसँग संगत गरे पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ । सेक्समा उदार हुनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन् ।
नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । पुरुषबाट धोका पाएपछि समाजका लागि एकखालको बिद्रोह हो यो उनको । पुरुषले महिलालाई खेलौनाका रुपमा मात्र प्रयोग गर्ने गरेको उनको आफ्नै अनुभव छ । पुरुषले महिलालाई खेलौनाका रुपमा प्रयोग गर्दा हुने तर महिलाले पुरुषलाई किन प्रयोग गर्न नहुने भनेर उनमा बिद्रोह जन्मिएको हो । पुरुषप्रधान नेपाली समाजका लागि उनको यो विद्रोह ठूलो चुनौती पनि हो ।
पुरुषले महिलालाई सधैं प्रयोगमात्र गर्न थालेपछि यौनका बारेमा परम्परागत नेपाली समाजभन्दा भिन्न धारणा राख्ने यिनैस्मिता थापासँग धर्तीआवाजले विशेष र लामो अन्तर्वार्ता लिएको छ । प्रस्तुत छ स्मिता र धर्तीआवाजको त्यही सवाल–जवाफ :
भर्खरै प्रकाशित खेलौना उपन्यास तपाइँकै वास्तविक जीवन कथा हो त ?
हो, खेलौना उपन्यासमा ८० प्रतिशत मेरो वास्तविक जीवन कथा छ, २० प्रतिशतचाहिँ थपथाप मसला हालिएको होला । अलिअलि त मसला पनि चाहियो नि होइन ।
3उपन्यासकी पात्रको नाम पनि स्मिता नै राख्न तपाइँले आग्रह गर्नु भएको हो रे होइन ?
जब उपन्यास नै मेरो कथामा आधारित भएर बनेपछि नाम किन नराख्ने भनेर मैलै नै वास्तविक नाम राख्न भनेकी हुँ । सुरुमा त उपन्यासकी पात्रको नाम रीता लेखिएको रहेछ ।
कसरी हिम्मत गर्नु भयो त त्यस्तो सेक्सको कथामा आधारित उपन्यासमा आफ्नो वास्तविक नाम राख्न ? 
यो सामान्य कुरा हो, उपन्यास नै मेरो वास्तविक कथामा बनेपछि नाम राख्न किन हिच्किचाउने भनेर राख्न लगाएकी हुँ । कथा नै ममा आधारित भएपछि नाम दिनु के ठूलो कुरा भयो र ?
उपन्यासको विषय वस्तु पनि तपाइँकै एउटा भनाई ‘मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ’ बाट बनेको रहेछ, साँच्चै तपाइँलाई लोग्नेमान्छे मात्रै चाहिएको हो ? 
अहिलेसम्म त्यस्तै भएको छ । अहिलेसम्म मैले जति पुरुषसँग संगत गरे सबैसँग त्यस्तै भएको छ । मेरो जिन्दगीमा जति पुरुष आए सबै त्यस्तै आए  । अहिलेसम्म पनि मसँग त्यस्तो कोही आएको छैन, जो सँग म जीवन बिताउँछु भन्ने होस् । लाइफ पार्टनर भन्ने त्यस्तो केही भएन, अहिले पनि म सिंगल छु, कारण त्यही हो, मैले भनिसकेकी छु– मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ । यही नै भइरहेको छ ममाथि ।
लोग्ने मान्छेप्रति त्यस्तो धारणा बन्नुको खास कारण के हो ?
सुरुमा मेरो एकजनासँग तीन वर्षसम्म अफेयर्स चलेको थियो, ऊ सँग ब्रेकअप भएपछि मलाई लोग्नेमान्छेसँग विश्वास मर्दै गयो अनि यस्तै रहेछ भन्ने लाग्यो । मैले कसैसँग सिरियस्ली जान्छु भनेर पनि सोचेकी थिएँ तर त्यस्तो भएन । मसँग हुँदा पनि म नभएका बेला अरु केटीसँग डेटिङ जाने भएपछि ममा पनि यस्तो धारणा बनेको हो । अहिलेसम्म पनि त्यस्तै भइरहेको छ ।
अहिलेसम्म पनि त्यस्तै धारणा हो लोग्नेमान्छेप्रति ?
म लोग्नेमान्छेलाई घृणा पनि गर्दिन तर त्यस्तै धारणा छ ।
अहिलेसम्म कतिजना पुरुषसँग संगत गर्नु भयो त ?
थाहा छैन हाउ, गनेर को बस्छ (लामो हाँसो) … अहिले गन्ने कसलाई फुर्सद र, गनेको छैन । छोटो समय संगत भएका केटाको मलाई नाम त याद हुँदैन । कहिलेकाँही फेसबुकमा मलाई चिनेनौ म त्यो मान्छे भन्छन मलाई यादै हुँदैन । पछि फोटो हेरेपछि बल्ल ए भन्ने हुन्छ ।
00भनेपछि तपाइँ पुरुष साथी अर्थात् सेक्स पार्टनर फेरिरहनु हुन्छ ? 
फेरिरहने भन्दा पनि मान्छे नै हुँ म पनि, कसैको साथ चाहिन्छ नै, छोटो समय होस् या लामो समय कोही न कोही त चाहिन्छ । चाहिएको समयमा कोही हुन्छ, त्यस्तै हो कोही सर्ट टाइमको, कोही लङ टाइमको भइरहन्छ । फेरिएकै जस्तो लागिरहेको छ मलाई पनि ।
एउटा पुरुषसँग कति समय संगत गर्नुहुन्छ ?
म त्यसरी टाइम तोक्दिन, तर अब संगत गर्दै जाँदा आफसेआफ त्यस्तै हुन्छ । विश्वास तोडिदै गएपछि ब्रेकअप हुन्छ । मन मिलुन्जेल साथ हुन्छ त्यसपछि आआफ्नो बाटो लाग्यो त्यही हो ।
यसरी नै बित्छ त जिन्दगी ? 
(हाँसो) मलाई नै थाहा छैन, यसरी नै बिताउँछु भनेर सोचेको छैन । जहिलेसम्म बित्छ बिताउने हो ।
अनि बिहे चै नगर्ने नै हो ? 
अब त्यस्तै भन्नु पर्ला ।
अनि बिहे नगरी छोरी त जन्माउनु भएछ नि ?
हो, छोरी जन्माएको त दुई वर्ष पो भइसक्यो त ।
तपाइँको पेसाचाहिँ के हो त ?
अहिले त केही छैन, खायो बस्यो त्यति हो ।
यसरी नै चल्दो रैछ त ? 
यसरी नै त कहाँ चल्छ र तर अहिलेचाहिँ केही छैन ।
मोडलिङ पनि गर्नु हुन्छ होइन ?
गर्छ, अहिले तत्काल त त्यस्तो केही गरेको छैन पहिले पहिले गर्थें । म सन् २००४ को मिस पूर्वाञ्चल पनि हो । मैले त्यति बेलादेखि नै मोडलिङ गर्न थालेको हो ।
तपाइँ त इन्जिनियरिङको विद्यार्थी पनि हो नि, किन छोड्नु भयो पढाई ? 
हो म फुड टेक्नोलोजीको विद्यार्थी हो, आईटेक क्लियर छ बीटेक क्लियर छैन । बीटेक दोस्रो वर्षमा ब्याक लाग्यो अनि त्यत्तिकै छोडिदिएँ ।
जीवनको लक्ष के छ त ?  
एउटा छोरी भई, सबै समय उसैसँग बित्छ, अब यही छोरीलाई पढाउने, लेखाउने, हुर्काउने, छोरीको भविष्य बनाइदिने त्यही छ दिमागमा, अब अरु के भन्नु (हाँसो) ।
190577_10151353647791595_408781645_nआमा भएपछि जिम्मेवारी महसुस हुँदो रहेछ ? 
हुँदो रहेछ त्यो त, जहाँ भए पनि समयमा घर पुग्नै पर्ने, बिहान पनि आज म ढिलो उठ्छु भन्न नपाउने । छोरीको लागि कहिल्यै जु (चिडियाखाना) नजाने मान्छे आज त्यहाँ पनि गएर आएँ ।
तपाइँ यस्तो हट मोडेल, चर्चामा पनि आउनुभयो, फिल्म खेल्न कसैले प्रस्ताव गरेन ? 
अफर त धेरै आएको हो तर इन्ट्रेस्ट नभएर होला फिल्म खेलिन । प्रस्ताव त अहिले पनि आइराख्छन् ।
खेलौना जस्तै तपाइँकै जीवनमा आधारित फिल्म कसैले बनायो भने खेल्नु हुन्छ ? 
आफ्नैमा त के खेल्नु (हाँसो), आफ्नै कथामा त मजै आउँदैन नि । आफ्नोमा त झन् नखेल्ने । कसैले राम्रो बनायो भने बिचार गर्नुपर्ला ।
जिन्दगी के रहेछ त ? के बुझ्नु भयो यहाँसम्म आइपुग्दा ? 
खोई के भन्नु र, मलाई त जवाफ नै आएन । नाटक त होला नि । आउँछन् केटाहरु माया गर्छु भन्छन् फेरि कहाँ जान्छन् जान्छन्, फेरि खोज्नुपर्छ यस्तै हो ।
पहिले संगत भएका पुरुष अहिले पनि सम्पर्कमा आउँछन् ? 
अहँ, छैन कोही पनि । ब्रेकअप भएपछि फेरि त्यसलाई फर्केर हेर्ने बानी छैन । सम्पर्क गर्न त खोज्छन् तर म सम्पर्क गर्दिनँ । एकपटक थुकेको थुक फेरि चाट्ने बानी छैन मेरो ।
सेक्समा पनि उदार हुनुहुन्छ रे नि तपाइँ ?
बाहिरको मान्छेसँग त होइन, अब ब्वाइफ्रेण्डसँग रिलेसन बनाउनु ठूलो कुरा होइन । मन मिल्छ भने रिलेसन राख्नु ठूलो कुरा होइन ।
तर, नेपाली समाजले त यौन सम्पर्कका लागि बिहे गर्नु पर्छ भन्छ नि ? 
बिहे गरेर के नै पाउने हो ? बच्चा पाउने हो, घरपरिवार हुन्छ त्यसलाई पनि रिझाउन सक्नु प¥यो । अब अहिले डिभोर्सका कति केस आएका छन् त्यो कुरा गरौं न । नेपालमै दिनमा ४–५ वटा डिभोर्सका केस आइरहेका छन् । बिहे गर्दैमा म खुसी हुन्छु भन्ने होइन ।
285663_10150813367476595_73571201_nकिन बढिरहेका होलान् त सम्बन्ध बिच्छेदका घटना ? 
ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डमा भएजस्तो बिहे गरेपछि हुँदैन । सुरुमा मन मिल्यो हामी बिहे गरौ भनेर हुन्छ तर बिहेपछि धेरै फरक हुन्छ । मैले धेरै साथीभाइको देखेको पनि छु । मन नमिलेपछि डिभोर्स त भइहाल्ने भयो । अब एकजनासँग मात्र रिलेसन बनाउँदा बनाउँदा वाक्क पनि हुन्छ, त्यसैले मलाई एकजनासँग मात्र बसेर वाक्क हुन मन लाग्दैन के ।
भनेपछि नयाँनयाँ टेस्ट लिइराखौं भन्ने हो तपाइँको मान्यता ? 
रिलेसन त्यस्तै हुन्छ, अब ब्वाइफ्रेण्ड गलफ्रेन्डबीच ३–४ वर्ष हुँदा पनि किन ब्रेकअप हुन्छ ? सर्ट टाइमको लागि मात्रै हो के । सर्ट टाइमको लागि हामी सोच्छौं यही हो मेरो भनेर बिहे गरिहालौ भन्ने सोच्छौं । तर बिहे गरेपछि त्यस्तो हुँदैन । नेपालमा पनि बाहिर रिलेसन राख्ने क्रम बढ्दै गएको छ । अब एउटै दाल, भात, तरकारी मात्र खाँदा खाँदा वाक्क पनि हुन्छ नि । त्यही भएर महिला होस वा पुरुष बाहिर रिलेसन भइरहेको हुन्छ, अफेयर्स चलिरहेको हुन्छ ।
हो, समाजमा त्यस्तो सम्बन्ध धेरैको हुन्छ तर तपाइँजस्तो भन्ने हिम्मत गर्दैनन् नि ? 
सबैले लुकाउनै खोज्छन, मैले त्यस्तो भनें भने अरुले के भन्लान् भन्ने सोच्छन् । आफूले त्यस्तै व्यवहार गरे पनि अरुको चाहिँ कुरा गर्ने आफ्नो लुकाउने गर्छन् । भन्न डराएरै हो ।
तपाइँको भनाई आफ्नो जिन्दगी आफूले चाहेअनुसार जिउन पाउनुपर्छ भन्ने हो ? 
हो, त्यही हो ।
महिलामाथि हिंसाका घटना किन भएका होलान् ?
पुरुषप्रधान समाजकै कारण हो । पुरुष हाबी हुन खोज्ने कारणबाट हो । पुरुषले मै हुँ भन्ने सोचेर समाजमा श्रीमती पिटिने, आफ्नै श्रीमतीलाई बलात्कार गर्ने घटना भइरहेका हुन् । पुरुषले महिलालाई सधैं दबाएर राख्न खोज्छन् । पुरुषले आफूलाई मै हुँ भन्ने ठानेर यस्तो भएको हो ।
पछिल्लो समयमा समाजमा बलात्कारका घट्ना धेरै नै बढेका छन् नि, किन यसरी यौन हिंसा बढिरहेको होला ? 
जे कुरा लुकाएर राखिन्छ त्यही कुरामा बढी खुल्दुली हुन्छ, सेक्सका कुरा हामी मान्छेका अगाडि भन्दैनौ तर त्यही कुरा पत्रिकादेखि लिएर वेबसाइटसम्म खोजीखोजी हेरिरहेका हुन्छौं । त्यो हामी खुलेआम होइन लुकीलुकी हेर्छौं । सेक्सका बारेमा भएको कुरा बिक्छ । अब खेलौना उपन्यासकै कुरा गरौं न, त्यहाँ सेक्सकै कुरा छ भनेर सबैले किनेका हुन् । सामान्य एउटी भातभान्सामा सीमित महिलाका बारेमा त्यो भएको भए कसैले किन्दैन थियो । हो, समाजमा यही सेक्स लुकाउन खोज्ने प्रवृत्तिले गर्दा बलात्कारलगायत यौन हिंसाका घटना बढिरहेका हुन् ।
भनेपछि यौन स्वतन्त्रता चाहियो भन्न खोज्नु भएको हो ? 
हो, चाहियो । नेपालमा अब रेडलाइट एरिया (वेश्यालय) अत्यावश्यक भइसक्यो । रेडलाइट एरिया तोकिदिएर यौन व्यवसाय गर्न दिने हो भने पनि समाजमा बलात्कारका घटना कम हुन्छन् ।
रेडलाइट एरिया छुट्याए पनि त्यहाँ त पुरुषका लागि मात्रै होला नि ? महिलालाई पनि आवश्यक होला नि हैन ? 
महिलाका लागि पनि आवश्यक छ, पुरुषका लागि मात्र होइन महिलाले आवश्यक महसुस गर्दा जाने ठाउँ पनि आवश्यक छ । अहिले पनि बाहिर सार्वजनिक नभए पनि नेपालमा जिगोलो (पुरुष यौनकर्मी) छन् । भित्रभित्रै भए पनि त्यस्तो काम हुँदै आएको छ । पुरुषले महिलालाई जति बलात्कार गरिरहेका छन्, महिलाले पुरुषलाई बलात्कार गरे भन्ने घटना पनि त कम छन् नि ।
रेडलाइट एरिया पचाउला त नेपाली समाजले ? 
पचाउँछ जस्तो लाग्छ मलाई त । बाहिर सार्वजनिक नभए पनि भित्रभित्रै कति छन् कति रेडलाइट एरिया । अहिले तपाइँ प्रत्येकजसो टोलमा यस्तो काम हुने घर भेट्टाउनु हुन्छ । तर यी सबै लुकीछिपी हुन्छन् । तपाइँ आफै भन्नुस यसरी लुकीछिपी चाहिँ चल्ने अनि वैधानिक रुपमा रेडलाइट एरिया छुट्याउँदा नपचाउने भन्ने हुन्छ । खोज्ने हो भने हरेक १० वटा घरमा दुईवटा त्यस्ता काम हुने घर पाइन्छ । पचाउँछ पचाउँदैन भन्ने कुरा होइन घरघरमा यस्तो काम चाँहि हुने अनि वैधानिक बनाउन नहुने भन्ने होइन । सरकारले यसलाई गम्भीर रुपमा लिनु पर्छ ।
पोर्न फिल्म हेर्नु हुन्छ ? 
एकपटक नौ कक्षामा पढ्दा साथीको घरमा हेरेकी थिएँ, त्यत्ति हो त्यसपछि हेरेकी छैन ।
306065_10151320637796595_377547148_nपुरुष छान्दा के हेर्नु हुन्छ ? के केलाई आधार बनाउनु हुन्छ ?
(लामो हाँसो) पहिलो त बोली नै हो । फेरि त्यस्तो होइन कि यो सँग नजिकिन्छु नै भनेर पनि होइन । यो नै चाहिन्छ, यो नै मेरो लागि परफेक्ट हो भन्ने हुँदैन । अब सबैसँग रिलेसन पनि हुँदैन । मेरा अझै पनि कति केटा साथी छन्, ती सबैसँग रिलेसन हुँदैन । साथीभाइ पनि त चाहियो नि हैन? सबैसँग रिलेसन गर्दै छोड्दै गयो भने त एक्लै हुँला नि फेरि (हाँसो) ।
नेपालमा पछिल्लो समयमा विवाहभन्दा बाहिर अर्थात श्रीमान् श्रीमती सँगै पनि बस्ने तर श्रीमानले अर्की महिला तथा श्रीमतीले पनि अर्को पुरुषसँग यौन सम्बन्ध बनाउने प्रचलन बढ्दै गएको हो ? 
हो, समाजमा त्यस्तो पाइन्छ । हामी समाजका अगाडिचाहिँ खुसी छु सन्तुष्ट छु श्रीमान् श्रीमतसँग भन्छौ । तर भित्र के छ त्यो थाहा हुँदैन । अब बाहिर अफेयर्स चलाउनु कारण के हो त ? एकअर्कासँग सन्तुष्ट नभएर नै हो । सेक्समा सन्तुष्टि नभएर होस् या मन नमिल्ने कुरा होस् बाहिर अफेयर्स चल्नुको कारण त्यही हुन्छ । मैले मेरै परिवारमा पनि देखेको कुरा हो, बाहिर अफेयर्स किन चल्दो रहेछ भनेर । श्रीमानभन्दा श्रीमती धेरै कमाउने छ भने पनि खटपट हुँदो रहेछ तर बाहिर देखाउनु त भएन । विवाहभन्दा बाहिर अफेयर्स चलाउनु सामान्य भइसक्यो नेपालमा पनि ।
घरमा श्रीमान् श्रीमतीका रुपमा पनि बस्ने अनि बारिह पनि अफेयर्स चलाउने त ठीक नहोला नि ? 
मलाई त ठीक लाग्छ, अब योसँग मेरो घरजम बस्यो मैले बाहिर हिँड्नु हुँदैन भन्ने होइन । सन्तुष्ट नभएपछि त्यहीमात्र हो मेरो जीवनमा भनेर बस्नु पर्दैन । अब बच्चा हुन्छ, छुट्टिएर जीवन चलाउन गाह्रो हुन्छ । त्यही भएर पनि वैधानिक रुपमा चाहिँ नछुट्टिउ भन्ने हुन्छ तर सन्तुष्टिका लागि विकल्प खोज्दा केही फरक पर्दैन जस्तो लाग्छ मलाईचाहिँ ।
धेरैजसो श्रीमान् श्रीमतीबीचमा यौन असन्तुष्टिकै कारणबाट खटपट सुरु हुँदो रैछ होइन ? 
हो, हामी ९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन अरे नि त । हामीलाई सेक्स गर्न नआएरै त्यसो भएको होला ।
किन नआएको होला त नेपालीलाई सेक्स गर्न ? 
यौन शिक्षाको कमीले गर्दा यस्तो भएको हो । स्कुलमा कोर्स भए पनि शिक्षकले यौनका विषय नपढाउने । हामीले समाजमा पनि सेक्सका बारेमा खुलेर कुरा नगर्ने यस्तै कारण नै हुनसक्छ त्यसमा । रिलेसन बिग्रिनुको कारण पनि मुख्य यही नै हो ।
आसन नजानेर पनि यस्तो समस्या आएको भन्छन नि ? 
नेपालीहरुको त्यही एउटै परम्परागत आसन हो भन्छन् । अब हामीलाई सधैभरि एउटै दालभात मात्र खाइरँदा कस्तो दिक्क हुन्छ । कहिलेकाही त मासुको परिकार पनि खान मन लाग्छ नि । सेक्समा पनि त्यस्तै हो, एउटै आसनमात्र प्रयोग गर्दा त्यस्तो भएको होला । हामीलाई आसन नआएर पनि होला । त्यसको लागि यौन शिक्षा आवश्यक छ ।
यहाँको एउटा मिसन यौन स्वतन्त्रता हुनुपर्छ भन्ने हो ? 
हुनुप¥यो नि, यौन शिक्षा पनि अत्यन्त आवश्यक छ नेपालमा ।
यसको लागि अभियान चलाउने विचार गर्नु भएको छैन त ? 
अब एक हातले मात्र ताली बज्दैन, कोही कसैको साथ सहयोग भए अवश्य पनि म यो अभियान चलाउन चाहान्छु तर एक्लै त केही पनि गर्न सकदैन नि ।
अब बिहेचाहिँ गर्दिन नै भन्ने बाचा गर्नु भएको हो त ? 
अब बिहे गर्दिन भन्दा पनि एउटा बच्चा चाहिँ भयो, अब बच्चा भएपछि अर्काको बच्चा उठाउने कसले आँट गर्छ र । हाम्रो समाजमा स्मिताले यस्तो ग¥यो लु म छु है भन्ने हिम्मत भएका बोल्ड मान्छे नै छैनन् । बिहे गर्नु त परै जाओस् अहिले छेउमा आउन पनि डराएका छन् (लामो हाँसो) ।
छोरीको बाबुका बारेमा भन्नुस न त ?
छोरीको बाबुका बारेमा कुरा नगरौं । एक वर्ष भयो हामी छुट्टिएको । पहिले सँगै बस्थ्यौं अहिले छुट्टिएका छौं । छोरीलाई मैले आफ्नै थर दिएकी छु बाबुको दिएकी छैन । बाबुको दिन जरुरी पनि छैन । नागरिकता पनि म मेरै नामबाट दिन्छु । म बाबुको नाम त दिदै दिन्न त्यति रिस पनि उठेको छ मलाई ।
पछि छोरीले बाबु चिन्छु भनिन् भने चिनाइ दिनु हुन्छ ? 
होइन अहिले पनि उनीहरु त भेट्छन् । छोरीले चिन्छ अहिले पनि आफ्नो ड्याडीलाई । म त्यस्तो पनि होइन, उसको पनि छोरी हो हेर्न उसलाई पनि मन लाग्छ होला भनेर म भेट्न दिन्छु ।
भेटेको बेला आफू पनि बोल्नु हुन्छ ? 
अ अलि अलि बोल्छु । त्यस्तो कुरो नै हुँदैन ।
कति वर्षसँगै बस्नुभयो त छोरीको बाबासँग ? 
त्यस्तै डेढ वर्ष जति सँगै बसियो होला । त्यसपछि ब्रेकअप भयो ।
उहाँले अर्को बिहे गरिसक्नु भयो त अहिले ?
बिहे गरेको त छैन ।
किन मन मिलेन त उहाँसग ? 
अब मसँग हुँदाहुँदै अरु केटीसँग रिलेसन राख्यो, धोका दिने काम भएपछि कुरा मिलेन । मान्छेको मन भनेको चेन्ज भइराख्दो रैछ । बिहे नगरी त त्यस्तो भयो झन बिहे गरेको भए त धोका हुने नै रहेछ ।
तपाइँलाई त कम उमेरको भन्दा अलि बढी उमेरको पुरुष मन पर्छ अरे होइन ? 
(हाँसो), भन्न खोजेको त्यस्तो पनि होइन । सेक्स एजुकेसनको कमीले गर्दा मलाई पनि त्यस्तो लागेको होला । मैले जतिसँग संगत गरे ती सबैको उमेर मेरोभन्दा बढी नै थियो । मलाई फेरि अलि म्याचोड मान्छे नै मन पथ्र्यो पहिलेदेखि नै । स्कुलमा पढ्दा पनि लभ त गरिएन तर आफूभन्दा अलि सिनियर नै केटो होस भन्ने चाहिँ लाग्थ्यो ।
यौनका मामिलामा पनि अनुभवी हुन्छन् भनेर हो ? 
हुन्छन् त्यो पनि । तर मैले त्यसरी नै छानेको हैन । त्यस्तै त्यस्तै संगतमा आए । त्यसले गर्दा यस्तै देखियो ।
यहाँले त सानै उमेरमा सेक्सको अनुभव गर्नु भएको थियो रे हो ? 
(हाँसो… सम्झन खोज्दै) अ त्यस्तै होला, मैले एसएलसी दिएपछि होला । त्यस्तै १६ वर्षको उमेरमा होला मैले पहिलोपटक ओरल सेक्स गरेको ।
सानैदेखि सेक्स स्वतन्त्रताको पक्षपाती हुनु हुँदो रहेछ हैन ? 
(हाँसो) अब खै के भन्ने, मुभीहरु हेरियो, इन्ट्रेस्ट त जसलाई पनि लागि हाल्छ नि । के के न हुन्छ जस्तो हुन्छ भयो । त्यसमा पनि खास म त्यस्तो नै गर्छु भनेर होइन तर त्यस्तै भयो ।
छोरी जन्मिएपछि तौल पनि घटेछ होइन ?    
हो, अहिले अलि घटेकी छु तर टेन्सनले भन्ने नसोच्नु होला नि ।
तपाइँलाई पुरुषले आकर्षित गर्छन् कि तपाइँले चाहिँ पुरुषलाई आकर्षित गर्नुहुन्छ ? 
अँ हेरेर हुन्छ, मलाई मन परेको छ भने म आफै गर्छु । तर प्राय त केटाले नै गर्छ नि हैन ? मलाई इन्ट्रेस्ट लाग्या छ भने म आफै फरवार्ड भएर अगाडि जान्छु । केटाले नै प्रपोज गरोस् अनि म एस भन्छु भनेर पर्खेर बस्दिनँ । म राम्रो लाग्यो भने राम्रो लाग्छ भन्छु ।
कस्तो पुरुष राम्रो लाग्छ त ? 
मलाई त ब्ल्याक ब्ल्याक हेन्डसम मान्छे मन पर्छ । कालेकाले हाइटी, सेक्सी बडी भएको मन पर्छ ।
555160_505510116176437_1309837859_nपछिल्लो समयमा चाहिँ कोही ब्वाइफ्रेन्छ छ कि छैन त ? 
छ, कसैसँग डेटिङ गरिरहेकी छु । एक डेढ वर्ष त खाली पनि बसेकै हो तर हिजोआज कसैसँग डेट गर्दैछु ।
अन्त्यमा नेपाली महिलालाई के भन्न चाहानु हुन्छ ?
कसैको दबाबमा नबसौं, कुन्ठा दबाएर नबसौं । इच्छा के छ त्यो दबाएर नबसौं । मैले त इच्छा मारेकी छैन, अरुलाई पनि इच्छा नमार्नुस भन्छु । यौन स्वतन्त्रताका लागि आवाज उठाउनुस । मेरो जस्तै बोल्ने आँट गर्नुहोस् । मैले सेक्समा मात्र भन्न खोजेको होइन, सबै क्षेत्रमा अगाडि बढ्नुस । परिवारले गर्न दिएर भनेर दबिएर नबस्नुस । घरमा दालभात पकाएर मात्र नबसौं । दुई दिनको जिन्दगानी भन्छौ नि हामी खुसी भएर बाँचौं । मैले एउटैसँग जिन्दगी बिताउनुपर्छ भन्ने नसोचौं । एकजनासँग सेक्स गरियो अब अरुसँग गर्नु हुँदैन भन्ने नसोचौं । सेक्समा सन्तुष्टि नभएर पनि त्यहीसँग बसिरहनु पर्छ भन्ने हुँदैन ।

Post a Comment

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete
    Replies

    1. Do You Seek Funds To Pay Off Credits and Debts? { FIFOCapitals@gmail.com } Is Here To Put A Stop To Your Financial Problems. We Offer All Kinds Of Loan (Personal Loan, Commercial Loan, etc.) We Give Out Loan With An Interest Rate Of 1.00%. Interested Applicants Should Contact Us Via Email: FIFOCapitals@gmail.com

      Please Fill the Application Form Below:
      - Complete Name:
      - Loan Amount Needed:
      - Loan Duration:
      - Purpose Of Loan:
      - City / Country:
      - Telephone:
      - How Did You Hear About Us:

      If You Are Interested To Get A Loan Then Kindly Write Us With The Loan Requirement. Please, Contact Us via email: FIFOCapitals@gmail.com

      Delete
  2. हेलो, यो सामान्य जनतालाई सूचित गरिरहेको छ कि श्रीमती मारिया फरेन्डा DELGADO, ऋणको लागि सम्मानित निजी ऋणदाताले सबैलाई आर्थिक सहयोगको लागि आर्थिक अवसर खोलेको छ। के तपाइँ आफ्नो ऋण सफा गर्न को लागी एक द्रुत ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के यो बैंकिङ र अन्य वित्तीय संस्थाहरूले रद्द गरेको छ? कुनै थप हेर्नुहोस् किनकी हामी यहाँ सबै वित्तीय समस्याको लागी छौं। हामी मानिसहरूलाई, कम्पनीहरू र कम्पनीहरूको 2% ब्याज दरलाई स्पष्ट र बुझ्न योग्य तरिका, सर्तहरू र सर्तहरूमा ऋण दिन्छौं। कुनै क्रेडिट चेक आवश्यक छैन, 100% ग्यारेन्टी। हामीलाई इमेल पठाउनुहोस्: (mariafernandadelgadoloan@gmail.com)

    ReplyDelete
  3. हेलो, यो सामान्य जनतालाई सूचित गरिरहेको छ कि श्रीमती मारिया फरेन्डा DELGADO, ऋणको लागि सम्मानित निजी ऋणदाताले सबैलाई आर्थिक सहयोगको लागि आर्थिक अवसर खोलेको छ। के तपाइँ आफ्नो ऋण सफा गर्न को लागी एक द्रुत ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के यो बैंकिङ र अन्य वित्तीय संस्थाहरूले रद्द गरेको छ? कुनै थप हेर्नुहोस् किनकी हामी यहाँ सबै वित्तीय समस्याको लागी छौं। हामी मानिसहरूलाई, कम्पनीहरू र कम्पनीहरूको 2% ब्याज दरलाई स्पष्ट र बुझ्न योग्य तरिका, सर्तहरू र सर्तहरूमा ऋण दिन्छौं। कुनै क्रेडिट चेक आवश्यक छैन, 100% ग्यारेन्टी। हामीलाई इमेल पठाउनुहोस्: (mariafernandadelgadoloan@gmail.com)

    ReplyDelete
  4. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

    ReplyDelete
  5. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

    ReplyDelete
  6. आफ्नो वित्तीय चिन्ता समाप्त गर्नुहोस्
    हामी ऋण मान्यता प्राप्त कम्पनी हो। हामी व्यक्तिहरूलाई ऋणको प्रस्ताव गर्दछौं
    2% को कम ब्याज दर, हामी व्यक्तिगत ऋण, व्यापार ऋण को पेशकश गर्छन,
    बंधक ऋण। अचल संपत्ति ऋण। थप जानकारीको लागि
    हामीलाई सम्पर्क गरेर हिचकिंदै छैन: (felixgeorge958@gmail.com)

    ReplyDelete
  7. नमस्ते।
    म श्रीमती अल्टोरो मार्टिन एक निजी ऋणदाता हूँ जसले व्यक्तियों, व्यापारिक कम्पनीहरु, बीमा र अन्य को लागि ऋण जीवन को अवसर प्रदान गर्दछ। तपाईं वित्तीय समस्यामा हुनुहुन्छ वा लगानीको लागी ऋण चाहिन्छ वा तपाइँलाई बिल को तिर्नु पर्ने कुनै टाढाको रकम चाहिन्छ जुन हामी यहाँ छौं तपाईको अतीतको केहि कुरामा तपाईको आर्थिक समस्या बनाउन। हामी अग्रिम शुल्कसँग 2% दरसँग मुद्रा मुद्रामा सबै किसिमको ऋण प्रदान गर्दछौं। म यो महान माध्यम प्रयोग गर्न चाहन्छु कि तपाईंलाई थाहा छ कि हामी यहाँ छौं तपाईंको वित्तीय समस्या समाधान गर्न को लागी कुनै पनि प्रकारको ऋण संग। हो फेरि अब अधिक जानकारीको लागि ईमेल (सफालोलोङ्गओब्युम्पम्पम्पनी @ gmail.com) मार्फत तपाई धेरै विशेष हुनुहुन्छ।

    ReplyDelete
  8. क्लिन्टन लोन फर्ममा स्वागत छ हामी हाम्रो राम्रो कामको बारेमा इन्टरनेटको यात्रा गरिरहेको राम्रो टिप्पणीहरूको कदर गर्छौं। अब हामी के गर्न सक्दछौं हामी सबै भन्दा राम्रो काम गर्छौं। के तपाईलाई तुरुन्त ऋण चाहिन्छ? शायद विस्तार गर्न को लागी एक ऋण तपाईंको आफ्नै व्यवसाय सुरु गर्न सक्छ? ब्याज दरसँग कम ग्राहकको रूपमा 3% जसले ग्राहकलाई सूट गर्दछ र तपाइँलाई हाम्रा सेवाहरूको आनन्द उठाउनेछ। त्यसैले हामीलाई अबर्फत सम्पर्क गर्नुहोस्

    clinton.loanfinance@yahoo.com
    clintonimmanuel9@gmail.com
    हामी तपाईंलाई सकारात्मक प्रतिक्रिया प्राप्त गर्न अपेक्षा गर्दछौं।

    टीम सादर
    क्लिनिक लोन फर्म

    ReplyDelete

  9. Do You Seek Funds To Pay Off Credits and Debts? { FIFOCapitals@gmail.com } Is Here To Put A Stop To Your Financial Problems. We Offer All Kinds Of Loan (Personal Loan, Commercial Loan, etc.) We Give Out Loan With An Interest Rate Of 1.00%. Interested Applicants Should Contact Us Via Email: FIFOCapitals@gmail.com

    Please Fill the Application Form Below:
    - Complete Name:
    - Loan Amount Needed:
    - Loan Duration:
    - Purpose Of Loan:
    - City / Country:
    - Telephone:
    - How Did You Hear About Us:

    If You Are Interested To Get A Loan Then Kindly Write Us With The Loan Requirement. Please, Contact Us via email: FIFOCapitals@gmail.com

    ReplyDelete
  10. यदि तपाईं कुनै पनि खाता को एक अत्याधिक ऋण को आवश्यकता हो भने अत्याधिक ऋण प्रस्ताव, आवेदन दिन।
                      (केल्विन्लोन्स86@gmail.com)

      तपाईं यस कम्पनीमा स्वागत छ यस कम्पनीमा हामी व्यक्तिगत ऋण दिन्छौं
    र 2% को ब्याज दर को लागि व्यापार ऋण, हामी देखि लोन को पेशकश
    $ 4,000 डलर देखि $ 5,000,000 डलर,
      यदि तपाईंलाई आफ्नो व्यवसायको लागि ऋण चाहिन्छ वा तपाईंको ऋण तिर्नको लागि कृपया तपाइँको आवेदन ऋण प्रपत्र प्रशोधन गर्न सकेसम्म चाँडै नै सम्पर्क गर्नुहोस्

    ऋण आवेदन फारम भर्नुहोस् र अब फिर्ता गर्नुहोस्।

    1. पूरा नाम: _________________
    2. फोन नम्बर: __________________
    3. देश: ___________________
    4. लिंग: _____________________
    5. व्यवसाय: _______________________
    6. मासिक आय: ______________
    7. लोन रकम आवश्यक छ: ___________
    8. अवधि: __________________
    9 उमेर: _______________________

    इमेल मार्फत इमेल को साथ सम्पर्क गर्नुहोस्। Kelvinloans86@gmail.com
    ह्याट्सएप: +2348130283464

    सादर,
    केल्विन लोन।...

    ReplyDelete

 
Top