समाचार भन्दा कमिसनको चक्करमा विज्ञापन खोजदै हिड्ने पत्रकारको जय होस्,त्यसो त बारामा सक्कली पत्रकार भन्ने नै कति छन् र गन्यो भने औंला बढ िहुन्छ, त्थयसमध्ये अधिकाँशले,होटल,सरकारी र एनजीओ र आईनजीओ कार्यालयमा छापामारी गरेर वार्गेनिङ्ग गर्दा मोलतोल मिले चुपचाप नमिले समाचार भन्ने परम्परा उग्र हुँदै गएको पाईन्छ । यस पटक नाम न सुनेको, अनुहार न देखेकाहरुलाई महासंघकै पदाधिकारीको सल्लाह र विभिन्न पार्टीको पत्रकार संगठनको सिफारिसमा महासंघको सदस्यता फारम भरेको देख्दा सक्कली पलायन र नक्कली हावी भएको अनुभव गर्न थालिएकोछ । सदस्यता नवीकरणपछि गर्न अप्ठ्यारो लागेकोछ । किनभने महासंघको हैसियत के नै रह्यो र ? टि.युको निर्वाचनमा हेटेल,कपडा व्यपारी र चुन्द्रेले विद्यार्थी बनी भर्ना गरेर स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जित्न खोज्ने चलन भन्दा भिन्नता नै के रह्यो र ?
Post a Comment