सेन्ट जर्ज सङ्गीत सम्मान वरिष्ठ गायक फत्तेमानलाई
यस वर्षको सेन्ट जर्ज सङ्गीत सम्मान वरिष्ठ गायक फत्तेमान राजभण्डारीलाई प्रदान गरिने भएको छ ।
विशालनगरस्थित सेन्ट जर्ज इन्टरनेसनल स्कूलले हरेक वर्ष प्रदान गरिँदै आएको सो सम्मान गायिका कुन्ती मोक्तानको संयोजकत्वमा रहेको सिफारिस समितिको निर्णयअनुसार दिन लागिएको मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यही साउन ३२ गते आयोजना हुने उपत्यकाव्यापी विद्यालयस्तरीय प्रथम सेन्ट जर्ज खुल्ला गायन प्रतियोगिता २०७० मा सो सम्मान वितरण गरिने विद्यालयका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।
बालबालिकामा रहेका गीत र गायनकला तथा सङ्गीत संयोजन र प्रतिभा प्रस्फूटन गराउन तथा विद्यार्थीको व्यक्तित्वको चौतर्फी विकास गर्न र गराउन प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल भक्त जिरेलले बताए ।
करिब ३० वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाउने सो प्रतियोगितामा स्रष्टाहरू देवीका वन्दना, तुलसी पराजुली, नवराज आचार्य रहेको समिति गठन गरिएको छ ।
Post a Comment