0
अमलेखगञ्जमा काठ तस्करी बढ्दो
 काठ तस्करी गरिरहेको अवस्थामा सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले बाराको अमलेखगञ्जमा १६ थान फण्टा र पटरा सहित १० जना पक्राउ गरेकोछ ।
 वन र पुरानो घरबाट फण्टा र फल्याक चोरी बेच्नका लागि लुकाई राखेको अवस्थामा  प्रहरीले काठ र मानिसलाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यालयमा बुझाएकोछ ।
डम्बरपुर६ र अमलेखगञ्ज ३का अक्कल आले,लालबहादुर गाले, मनिकलाल लो र ईलमान थिङ्गलाई कार्वाहीका प्रहरी समक्ष बुझाएको हो ।
  तीलमान थिङआकाश थिङ,चतुरमान मोक्तान, भरत लोप्चनलाई पक्राउ गरेकोछ ।
  त्यसैगरी अमलेखग ३मै रहेको धनी नबस्ने एक पुरानो घरको ८ थान फल्याक चारेर लैजादै गरेको अवस्थामा डुमरवाना ७का कृष्ण स्याङतान र अमलेखगञ्ज २का कृष्ण नेपालीलाई पक्राउ गरेको अमलेखगञ्ज बेस क्याम्पका सशस्त्र प्रहरी नायव निरिक्षक हीराप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
   प््राहरी र वनका कर्मचारीको मिलोमतोमा तस्करले अमलेखगञ्ज र चकरीतिरबाट प्रायःट्रकमा लुकाएर हेटौडा र काठमाण्डौ लैजाने गरेको स्थानीयले बताए । पैसावाल तस्करको काठ सहित ट्रक पक्राउ परेपनि वनका कर्मचारीको आर्थिक लेनदेनमा तस्करीले नै मुद्धा जित्ने तरिकाबाट समान्य सर्जमिन पछि मुचुल्का तयार पारी थोरै धरौटीमा छोड्ने गरेकोले तस्करी बढेको आरोप उनीहरुले लगाए ।
 

Post a Comment

 
Top