कर्णिकारले लगाए कान्तिपुरमा कुचो
लामो समयदेखि विज्ञापन व्यवसायमा कालोसूचीमा परेका भाष्करराज राजकर्णिकारले एक कुशल पत्रकारको जागिरमा भा“जो हालेर कान्तिपुर टिभीमा पनि दादागिरी देखाएका छन् । पछिल्लो समय हिमालयन टिभी छाडेर कान्तिपुरमा छिर्न लागेका युवा पत्रकार नकुल अर्याललाई जागिर नदिनू भनेर टेलिभिजन मालिकहरूको संस्था भिभिएनमा रहेका राजकर्णिकारले कान्तिपुरका कैलाश सिरोहियालाई फोन गरेका कारण नकुलको जागिर भएन भन्ने चर्चा कान्तिपुरमा व्याप्त छ । कर्णिकारले चाहे कान्तिपुरमै पनि जागिरमा कुनै पनि बेला कुचो लाग्दो रहेछ भनेर अरू टिभी छाडेका पत्रकार यतिखेर कैलाश सिरोहियास“ग पनि शंका गर्न थालेका छन् । यत्रो मिडिया गु्रप चलाउने पनि राजकर्णिकारको दास रहेछन् भनेर कान्तिपुर क्यान्टिनमा गफ हुने गरेको छ ।
एभिन्युज टिभीमा रहेका बेला बैठकमा अरू लुत्रुक्क परेर नुन खाएको कुखुरा भए पनि अर्याल पत्रकारका पारिश्रमिकका विषयमा बोल्थे । समाचारका विषयमा बोल्थे । पछि न्युज–२४ मा गएका अर्याल त्यसपछि हिमालयनमा गएर राम्रै गरेका टेलिभिजन पत्रकार हुन् । हिमालयमा रह“दा पनि पत्रकार पक्षमा बोलेका उनी कान्तिपुर जाने चा“जोपा“जो मिलेपछि ‘हार्दिक बिदाइ’ नै गरेर बाहिरिएका थिए ।
कान्तिपुरमा पहिला जाने चर्चा भएका पत्रकार अर्याल नै थिए । उनीपछि कान्तिपुरले न्युज–२४ का उद्धव भेटवाल, सगरमाथाका सरल गुरुङ, माउन्टेनका डीपी उपाध्याय, सावित्री घिमिरेलगायत रिपोर्टिङ र प्रस्तुतिमा तिख्खर, परिआए सिफ्ट सम्हाल्न सक्ने पत्रकारको टोलीलाई भिœयाएको छ । अरू सबैको जागिर भए पनि अर्यालको जागिर भएको छैन ।
उनलाई अर्को सूचना नभएसम्म नआउनुस् भनेर आलटाल गरिएको छ । यसो भन्नुमा न्युज टिममा सिरोहियाकै फोन आएको र यसको कसरत कर्णिकारले गरेको भनिएको छ । हिमालयन छाड्ने बेला अर्यालले टेलिभिजनविरुद्ध लेखेको, कर्णिकारका कालाकर्तूत बाहिर ल्याएर अप्ठेरोमा पारेको र ज्योति शाहकाण्डमा बढी उचालेको अराजक भन्दै कर्णिकारले रिस फेरेको चर्चा कान्तिपुर र एभिन्युजमा छ ।
कर्णिकारकै कारण जागिरमा जोडिन नपाएका अर्यालले केही प्रतिक्रिया दिएका छैनन् । कर्णिकार नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षका उम्मेदवार भएका छन् । एकपछि अर्को यस्तै मजदुरमारा मालिकका रूपमा कर्णिकार देखिएपछि विवादमा तानिएका छन् र एभिन्युजको साखमै पनि समस्या परेको भन्दै त्यहा“का कर्मचारी दशै“सम्म बस्ने मुढमा छन् । पछिल्लो समय हेटौंडाका व्यापारी अजयराज सुमार्गीलाई टिभीमा भिœयाउन खोजेका कर्णिकारले टिभीको दाम ९० लाख भनेपछि सुमार्गी अलग्गिएका थिए । अघिल्लो निर्वाचनताका हेटौंडामा ब“देलको मासु भेटिएको समाचार ‘अफ द बिट’ बनेपछि सुमार्गी समूहले कर्णिकारलाई वशमा पार्न अनेक मन्त्रणा गर्दै आएको छ । कर्णिकारले अचेल पत्रकारको फोन उठाउन छाडेका छन् भने दुई पत्रकारलाई रिपोर्टिङभन्दा बढी आफ्नाबारे समाचार लेख्ने पत्रकारको सोधीखोजीमा खटाएका छन् भने उनीहरूले सबै रिपोर्ट न्युज म्यानेजर सगुन शाक्यलाई बुझाउने गरेका छन् ।
यता, माउन्टेन टेलिभिजनमा आफ्ना रिपोर्टरले के लेखे, कोस“ग च्याट गरे र चोकमा माउन्टेनबारे के कुरा भयो भनेर अध्यक्ष राजु क“डेललाई रिपोर्ट बुझाउने जिम्मा माधवराज तिवारीले लिएका छन् । यो जिम्मा पहिला प्रेम गौतमले लिएको भनेर पत्रकारहरू बैठक बस्दा भन्थे, ‘ख्याल गरेर बोलौ“, सबै कुरा रेकर्ड भइरहेको छ र सीधै माथि पुग्छ ।’
उता, सौर्य दैनिकका पत्रकार डेढ महिनादेखि अदालत जान्छु भने पनि मालिक बोधराज त्रिपाठीको जालमा परेर तितरबितर भएका छन् । अदालत जाने भनेर कागजपत्र तयार पार्ने काम भए पनि त्रिपाठीको आश्वासनमा परेर दैनिक बागबजारमा पैसा लिन जाने पत्रकार रित्तै फर्किएका छन् भने नेतृत्व गर्नेलाई बोलाउ“दै पैसा दि“दै गरेको बुझिएको छ । पीडित पत्रकारहरू पहिलाको वकिललाई छाडेर अर्कै वकिलमार्फत अदालतमा जाने भएका छन् । यसरी जानेमा ३० पत्रकार छन् । त्रिपाठी भने झलनाथ खनाल, माधवकुमार नेपाल, केपी ओली, ईश्वर पोखरेल, दुमन थापा हु“दै अचेल कमल थापाले लगानी गर्छु भनेको छ भनेर अनामनगरतिर भेटिन्छन् । केही पत्रकारलाई उनले कमल थापाको एसएमएस पनि देखाएको पाइएको छ ।

Post a Comment