0

लेखकसग तीर्खा मेटाउने चाहना

‘हाई, नमस्कार ।’
च्याटमा सत्कार स्विकारेपछि उनले भनिन्, ‘म त हजुरको नियमित पाठक । सबै पढ्छु नछुटाईकन ।’
उनको कुराले खुसी भए“ । लेखकहरूको चिन्ता नै यही हो । दिमाग लगाएर, कपाल झारेर लेखियो, कसैले पढेनन् । प्रतिक्रिया आएन, यस्तै–यस्तै चिन्ताले लेखकहरू पलायन भइरहेका हुन्छन् ।
‘वाउ नाइस, थ्यांक्स,’ उनलाई फकाए“ ।
सोधिन्, ‘बिजी हो कि कुरा गर्न मिल्छ ?’
मैले फ्री नै भएको संकेत गरे“ र भने“, ‘उही त हो नि एउटा मायापथ लेख्नु छ फेरि ।’
‘ए, कुन विषयमा हो नि यसपटक, कसलाई छोडाउ“दै हुनुहुन्छ ?’ उताबाट कडा म्यासेज आयो ।
थपियो, ‘जनताका छोरीलाई का“क्राको चिराझै“ पारेर पाठकलाई बेच्न सक्ने तपाइ“को लेखाइलाई चै“ मान्नुपर्छ ।’
‘ओ, हो र ? त्यस्तो होइन नि, समाजमा देखिएको दृश्यलाई शब्दमाला उनेको मात्र,’ मैले लुकाउन खोजे“ ।
‘हो नि खुबै,’ मान्छेलाई पानी–पानी बनाउने, अनि तीर्खा जगाएर भाग्ने तपाईं लाक्षी लेखक हो,’ गतिलै डाइलग आयो ।
‘मैले कसलाई पानी–पानी बनाए“ र पानी बनाएपछि तीर्खा लाग्छ कसरी ?’ नादानी बने“ ।
‘यी लेखकहरू के भएका, तीर्खा लागेको कुरा लेख्छन् तर तीर्खा मेटाउने कुरै गर्दैनन् ।’
एकपछि अर्को पेचिलो प्रतिक्रिया आउन छाडेन । लेख्न छाडेर गफिने रहर भयो ।
‘कसको तीर्खा मेट्ने र,’ सोधे“ ।
‘सबैको तीर्खा मेटिए पनि पानीको तीर्खा कसले मेटेको छ लेखकज्यू,’ फेरि घुमाइफिराई डाइलग नै आयो ।
‘पानी पनि तिर्खाउ“छ र,’ भने“, ‘उसले त सबैको तीर्खा पो मेट्छ त ।’
‘हो नि, त्यही पानीचै“ तिर्खाउ“छ भनेर किन लेख्दैनन् लेखकहरू,’ मर्मभेदी प्रहार आयो, ‘कहिलेकाही“ कसैलाई पानी–पानी बनाएपछि तीर्खा पनि मेटाउनु नि ।’
लाइन गयो । इन्टरनेट एक्सेस हरायो ।
उनका प्रश्नले गम्भीर पनि बनायो । खोई के लेखियो, के लेख्न सकिएन । कोही–कोही पानी–पानी भएर तिर्खाइरहेको गुनासो आयो । सबैको गुनासो एउटै लेखले पूरा गर्न नि सक्दैन । त्यसमाथि पानी पनि तिर्खाउ“छ भनेर सोचेकै होइन । जे होस्, यिनले आज नया“ विषय दिइन् । सबैलाई प्यास मेटाउने पानी आफै“ तिर्खायो भने उसको प्यास मेटाउने के ले ? गम्भीर प्रश्न छाडेर गइन् । होइन, म पो अफ भए“, त यो नेपाल विद्युत् प्राधिकरण मीठा गफमा तगारो भइदियो ।
‘हेल्लो किन अफलाइन, डराएको लेखकज्यू,’ मोबाइलमा म्यासेज आयो । फेसबुकमा मोबाइल नम्बर दिनुको फाइदा या बेफाइदा यसैमा छ । प्रोफाइल सर्च गरेर म्यासेज नै आयो । पक्कै उनको हो । मैले भने“, ‘लाइन गयो ।’
‘बहाना हो कि,’ उताबाट जवाफ आयो ।
मैले होइन, लेख्न बा“की भएको र नपाएको सुनाए“ ।
‘कफी पिउन आउनुस्,’ निम्तो आयो ।
‘कहा“ आउने ? काम छ मेरो त,’ बहाना बनाए“ ।
उनले बोलाएको लोकेसननजिकै थियो । भनिन्, ‘लाइन आएपछि पठाउ“ला क्या, लेखकज्यूलाई अपहरण गर्दिन“ ।’
मैले आउने संकेत गरे“ । आखिर लाइन जा“दा काम नै के छ र ?
कफी सपमा गफि“दै कफीको चुस्की लियौ“ । उनले काठमाडौंका धेरै लेखकहरूको कुरा सुनाइन् । भनिन्, ‘त्यो फलानालाई त मैले अनफ्रेन्ड गरे“ नि !’
सोधे“, किन नि ?
उनले भनिन्, ‘ऊ अलि अराजक थियो क्या । यो कफी सपमा उसैले हो बोलाएको मलाई । उसको फ्यान थिए“ । तर, मान्छे अराजक । त्यसपछि मैले अनफ्रेन्ड गरे“ ।’
उनले धेरै लेखकको आनीबानी र नानीबारे बताइन् । भनिन्, ‘त्यो फलानो त खेलौनाजस्तै हो नि ।’ मूला सडकछाप हो, सम्पादकले त्यस्ता झारेको पनि लेख छापेर स्थापित बनायो । घरमा बूढीलाई पिटछ्, बाहिर महिला अधिकारका पक्षमा लेख्छ ।’
उसले खासमा बूढीबाट सन्तुष्टि नपाएर बाहिर खेलौना खोज्दै हि“डेपछि बूढीले गुनासो गर्दा पिटेको हो । त्यस्ता खत्तमलाई पनि लेखक बनायो ।
उनका कुरा सुनेर गम खाए“ ।
‘कफी सेलायो,’ उनले हात समातिन् । नरम हातको स्पर्शले म समवेदित हुन सकिन“ । सोधे“, ‘पानीलाई पनि तीर्खा कसरी लाग्छ ?’
उनी हा“सिन् । यस्तो घुरेर हेरिन् कि आ“खा जुधाउन गाह्रो भयो । पानीलाई तीर्खा लागेको ‘डेमो’ देखाएको झल्को आयो ।
मैले कुरा मोडे“, ‘घरमा को–को, के गर्छन् ?’
उनी बोलिनन् ।
फेरि सोधे“, ‘किन चुपचाप ?’
उनले भनिन्, ‘भन्दै जाउ“ला नि ।’
‘हुन्छ,’ मैले भने“ ।
‘हजुरको लेख मन पर्छ,’ फेरि प्रशंसा आयो ।
मैले कुन–कुन मन परेका थिए भनेर सोधे“ ।
त्यो थियो नि, ‘काजमा हाल्नु ।’
हाकिमले क्या मिलाएर खाएको है होटलमै लगेर ।
उसको वाणीले म लज्जित भए“ । हुन त २१औ“ शताब्दीको महिला न परिन् ।
अनि, त्यो थियो नि, पत्रकारले मोडलको अन्तर्वार्ता छापेको, नगरकोटमा रात बिताएको, त्यो पनि दमदार थियो ।
उनीले सबै पढेकोझै“ गरेर लाइन–लाइन भन्न थालिन् ।
बिचरा सम्पादकलाई पनि रिपोर्टरले ओछ्यानको ब्लो–अप छापेको थाहा हु“दैन रहेछ है, पत्रकारितामा । उनले यस्ता विषय उठाइन् कि दिमाग घुम्न थाल्यो ।
उनले भनिन्, ‘साला बैंकरहरू त साथीको श्रीमतीलाई पनि बा“की राख्दैनन् है ।’
ओ हो, यो केटी कति पढनदास । सबका सब लेख कण्ठ छ, यसलाई । म हा“सिरहे“ । उनी बोलिरहिन् ।
उनले भनिन्, ‘लाइन आउने बेला भयो, तपाइ“ जाने होला अब ।’
मैले हो भने“ ।
‘अनि यो हप्ता कसलाई छोडाउने हो नि,’ उनीले सोधिन् ।
मैले खोई, मुड छैन, लेख्दिन“ होला भने“ ।
उनीले भनिन्, ‘लेखकस“ग एउटी पाठकको कुरा लेख्नुस् न ।’
कस्तो कुरा ?
‘उही, पानीलाई तीर्खा लागेको ।
उनको कुराले मलाई गम्भीर बनायो ।
कस्तो तीर्खा लागेको हो र ?
उही क्या अरूलाई जस्तै । तपाईंको लेखका पात्रलाई जस्तै । बाहिर अर्कीस“ग लठारि“दा पनि घरकी बूढीको चिन्ता गर्ने बैंकरलाई जस्तै, बूढीस“ग हु“दा पनि बाहिरकीलाई सम्झेर रिसाउने इन्स्पेक्टरजस्तै ।
‘सबका तीर्खा उतार्ने, लेखकस“ग पाठकको तीर्खा बुझ्ने क्षमता हु“दैन ?’
कफीको पैसा तिरेर म निस्किए“ । उनी बाई भनिन् ।
अलि पर बाटोमा पुगेपछि म्यासेज आयो ।
‘धेरै खुसी लाग्यो, हजुरलाई मिस गरिरहेछु, मिल्छ भने शुक्रबार नगरकोट जाउ“ ।’
लेखकले दुनिया“लाई पानी–पानी हुने गरी लेख्दा कोही–कोही यसरी तिर्खाउ“दा रहेछन् । पानीको तीर्खा मेट्नु लेखकका लागि कति गाह्रो हुन्छ, परीक्षामा उत्रने बेला आयो ।
उसको म्यासेज फेरि आयो, ‘मुड बनाउनुस् है, म पनि नगरकोट जान एक्साइटेड छु, जहा“ तपाईंले धेरै पात्रलाई पानी–पानी पार्नुभएको थियो, त्यहा“ म पनि तपाईंलाई पानी–पानी पार्न सकू“ ।’
हो, पानी तिर्खायो भने लेखकले नै प“धेरो बनाउनुपर्ने समाजको माग आयो ।
जय होस् माया पथको ।   

Post a Comment

 
Top