बाघ
एक दिन
नातिले
आफ्नो बाजेलाई सोध्नेछ.
बाजे, बाघ भनेको कस्तो हुन्छ?
मान्छे जस्तो हुन्छ.
कि मान्छेभन्दा भयानक हुन्छ?
बाजे असमन्जसमा
आफ्नो बुढो कपाल कन्याउनेछ.
अनि भन्नेछ -
बाबु , बाघ मान्छेभन्दा भयानक हुन्थ्यो.
तर अहिले मान्छे बाघभन्दा भयानक भएको छ.
त्यसैले तिमी छौ /म छु.
तर बाघ छैन |.
,,,,,,,,,,,,,
Post a Comment