छोरीको आशमा ६ भाइ छोरा

७ भदौ,
नेपाली समाजमा छोरा नै हुनुपर्ने मान्यता अहिले पनि विद्यमान छ । समाजमा छोराका लागि देवीदेवताको मन्दिरमा भाकल गर्नेदेखि दिएर दोस्रो विवाह गर्नेसम्मको परम्परा अहिले पनि चल्दै आएको छ । छोरा नभएकै कारणले गर्दा कयौं महिलाहरु परिवार र श्रीमान्बाट मानसिक यातना खेप्नुपर्नेदेखि लिएर ज्यानै गुमाउनेसम्मको घटनासमेत भइरहेका उदाहरणहरु छन् ।
छोरा नजन्माउनुमा महिलाको केही दोष नहुँदा पनि महिलामाथि समाजले हेर्ने दृष्टिकोणमा अझै परिवर्तन हुन सकिरहेको छैन । तर समाजमा यस्ता पनि । श्रीमान श्रीमती छन् जसले छोरीकै आशामा ६ भाई छोरा भइसक्दा पनि छोरीको आशा मारेका छैनन् ।
रामेछाप बेथान ४ का जगबहादुर विश्वकर्मा र टिकामाया विश्वकर्माले छोरीप्रतिको मोहलाई गतिलो उदाहरणको रुपमा पेस गरेको नेपाल समाचारपत्रमा खबर छ । ६ भाई छोरा भइसक्दा पनि यी दम्पती अझै पनि छोरीको आशामा छन् । ‘छोरीको आशा गर्दा गर्दै ६ भाई छोरा मात्र भए,’ जगबहादुरले भने, ‘छोरी घरकी लक्ष्मी हुन् । त्यसकारण पनि छोरी चाहिन्छ ।’
जगबहादुरको जग्गाजमिन भनेकै बस्ने एउटा चार आनाको झुपडी हो । खेतीपाटी लगाउने जग्गा जमिन नभएपछि उनी आफ्र्न घरमा आरनको काम गर्छन र त्यसबाट भएको आम्दानीले दैनिक घरखर्च चलाउँदै आएका छन् ।
Post a Comment