हेटौँडामा बर्डफ्लु सङ्क्रमण प्रमाणित भए पछि आज बिहानबाट सङ्क्रमित फार्महरूमा कुखुरा मार्ने कार्य सुरु भएको छ। यस क्रममा आज राती लगभग दश हजार कुखुरा मारिँदैछ। कमाने र चौघडामा संक्रमण देखा परेको घरबाट ५ सय मिटरक्षेत्रमा रहेका फार्म र घरपालुवा कुखुरा नष्ट गर्ने निर्णय हिजो बिहीबार साँझ बर्डफ्लु नियन्त्रण प्राबिधिक समितिको बैठकले गरेको थियो।
यता कुखुरा ब्यबसायीहरूले कुखुरा मार्ने निर्णय सङ्गै सतप्रतिशत क्षतिपूर्तिको माग गरेका छन्। सङ्क्रमित क्षेत्रदेखि ५ सय मिटर बाहिरका कुखुरा जाँच गरी बिक्रिको वातावरण मिलाइनु पर्ने तथा बर्डफ्लुको कारन किखुरा नष्ट गर्न बाध्य वयवसायीलाई पुन: लगानी गर्न सहुलिएत ऋण दिनु पर्ने माग व्यवसायीगरूले गरेका छन्। यस्तो मागको पहल गरिदिन हिजो बिहिबार साँझ बसेको कुखुरा व्यवसायी सङ्घका पदाधिकारीहरूले उद्योग व्यवसायी सङ्घ सङ्ग गरेका हुन्।
प्रयोगशालाको रिपोर्टबाट बर्डफ्लु पुष्टि, ८ हजार कुखुरा नष्ट गरिने
प्रयोगशालाको रिपोर्टबाट बर्डफ्लु पुष्टि, ८ हजार कुखुरा नष्ट गरिने
अन्ततः हेटौंडामा बर्डफ्लुको संक्रमण फेला परेको छ । हेटौंडा–८ कमानेमा रहेको हिमाल पोल्ट्री फार्म र चौघडास्थित शान्ति राईले पालेको कुखुरामा बर्डफ्लुको सङ्क्रमण फेला परेको हो ।
केन्द्रीय पशुरोग परीक्षण प्रयोगशालामा पठाइएको नमूनामा बर्डफ्लुको जीवाणु देखा परेपछि पशुसेवा विभागले जिल्ला पशुसेवा कार्यालय मकवानपुरलाई फ्याक्समार्फत वर्डफ्लु भेटिएको पुष्टि गरेको हो । बिभागले बिहीबार अपरान्ह ५ बजे चनं १२४ को पत्र फ्याक्समार्फत पठाएर प्राबिधिक रिपोर्टमा बर्डफ्लु भेटिएको पुष्टि गरेको हो । कमानेका दुई वटा फार्मका एक हजार भन्दा बढी कुखुरा मरेपछि सोमबार नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो । बर्डफ्लु भएको पुष्टिपछि बिहीबार साँझ नै बर्डफ्लु नियन्त्रण प्राबिधिक समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बसेको हो ।

बैठकले उच्च सतर्कता अपनाइएको क्षेत्रमा विशेष निरागानी राख्ने निर्णय गरेको छ । कमाने र चौघडामा संक्रमण देखा परेको घरबाट ५ सय मिटरक्षेत्रमा रहेका फार्म र घरपालुवा कुखुरा नष्ट गर्ने निर्णय गरेको छ । रातभर पनि प्रहरी परिचालन गरी शुक्रबार बिहानैदेखि डिभिजन सडक कार्यालयको उपकरण प्रयोग गरी खाल्डो खनेर कुखुरा नष्ट गरिने भएको छ । ७ वटा फामका करिब ८ हजार कुखुरा नष्ट गर्ने तयरी प्रशासनले गरेको छ । बर्डफ्लु भेटिएको स्थान र विभागले नै सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका चार किल्लाभित्रका कुखुरा राति बिक्री गर्ने वा अन्यत्र लैजान नदिनका लागि प्रहरी परिचालन गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । बैठकले पशु सेवा कार्यालयका डा. चेतनारायण खरेलको संयोजकत्वमा ¥यापिड रेस्पोन्स टीम (आरआरटी) समेत गठन गरेको छ ।
नमूना संकलन गरी पठाए पछि स्थानीय प्रशासनले हेटौंडा र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको थियो । एक साता भित्र हेटौंडा ८ कमानेको दुईवटा पोल्ट्रीफर्मका एक हजार कुखुरा मरेका थिए । कुखुरा मर्ने क्रम तीब्र भएपछि मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल, प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी, सुपारेटार ब्यारेक देबीदल गणका गणपति रोशन खड्का, पशुसेवा अधिकृत डा.चेतनारायण खरेललगायतको टोलीले निरीक्षण फार्म अवलोकन गरेका थिए ।
Post a Comment