ओलीको वाइएफ, नेपाल–खनालको वाइपिएफ

लिखित आदेशसमेत उल्लंघन गरी युवा संघले प्रशिक्षण गरेको भोलिपल्टै केन्द्रीय अध्यक्ष झलनाथ खनाल पक्षधरले मोरङमा ‘युवा किसान संघ’ (युथ पिजान्टस् फेडरेशन ‘वाईपीएफ’) नाम गरेको जनवर्गीय संगठन गठन गरेका छन् । एमाले नेताहरूका भनाइमा यो संगठनको मुख्य काम युवा संघभित्रको अपराध, भ्रष्टाचार, गुन्डाराज लगायत विकृति विसंगति रोक्ने हो । नेताहरूकै अनुसार युवासंघभित्र अपराध र गुन्डाराज मौलाउँदै गएपछि चिन्तित बनेको एमालेले त्यसलाई रोक्ने उपायस्वरूप किसान संघ गठन गरेको हो ।
महेश बस्नेतले स्वेच्छाचारी ढंगले संगठन सञ्चालन गरेको, इमानदार, निष्ठावान कार्यकर्तालाई पाखा लगाएर भ्रष्टाचारी र डनहरू भित्र्याउँदै गएपछि पछिल्लो समय एमाले नेतृत्व युवा संघदेखि ‘तनावपूर्ण’ बन्दै आएको विश्लेषण नेताहरूको
छ । एमाले मोर्चा विभाग मोरङका अनुसार संगठनमा युवा संघकै इमानदार र सच्चिन चाहने युवाहरूलाई समेटिँदै लगिने छ ।
छ । एमाले मोर्चा विभाग मोरङका अनुसार संगठनमा युवा संघकै इमानदार र सच्चिन चाहने युवाहरूलाई समेटिँदै लगिने छ ।
‘प्रथम तथा ऐतिहासिक’ नाम दिइएको भेलाले पर्वतराज निरौलाको नेतृत्वमा युवा किसान संघ गठन गरेको छ । उक्त कमिटीमा मोरङका नौ वटै निर्वाचन क्षेत्रमा दुई÷दुई जनाका दरले समेटिएको छ । नगरका सबै वडा उक्त कमिटीले समेटेको छ । गठनलगत्तै यो कमिटीलाई गाउँ–गाउँ परिचालन भएर संविधानसभा निर्वाचनमा एमालेलाई बहुमत जुटाउन सहयोग गर्न नेताहरूले निर्देशन दिए । नवगठित कमिटीका पदाधिकारीलाई शनिबार पाञ्चालीस्थित जिल्ला पार्टी कार्यालयमा
एमाले नेता गोकर्ण विष्टले अबिर लगाएर बधाइ दिए । उक्त भेलालाई सम्बोधन गर्ने सबै नेताले पार्टीमा बसेर गुन्डागर्दी, भ्रष्टाचार गर्ने दिन समाप्त भएको र त्यसलाई रोक्न किसान संघले नेतृत्व लिएको घोषणा गरे ।
‘ठगी खाने युवाहरू माथि–माथि पुग्ने संस्कृति बिजारोपण हुँदै गयो भने समाज, देश समाप्त हुनेछ, युवाहरूको भविष्य अन्धकार हुनेछ । किसान संघले युवाहरूलाई मेहनत गर्न सिकाउन जरुरी छ परिश्रम गर्न जरुरी छ,’ विष्टले भने, ‘आज नेपाली
युवाहरूको बीचमा एउटा यस्तो संस्कृति देखा परेको छ । देखिँदैन कतै व्यापार छैन, रोजगारी कतै छैन, देखिँदैन कतै पैत्रिक सम्पत्ति तर रातारात अबरपति बन्ने लाम लागेको छ, रातारात करोडपछि बन्नेहरूको लाम छ । धनीहरु झन्–झन् धनी
बन्दैजाने, गरिबहरू झन् गरिब बन्दै जाने दिनहरू आइरहेका छन् ।

त्यसलाई रोक्नुपर्ने जिम्मेवारी तपाईंहरूको काँधमा आएको छ ।’ युवा संघको प्रशिक्षण भेलातर्फ संकेत गर्दै नेता विष्टले एउटा जनसंगठनले पार्टी चलाउने कि पार्टीले जनसंगठन चलाउने प्रश्न उठ्ने गरेको सुन्ने गरेको बताए । ‘यदि पार्टीले जनसंगठन निर्माण गरेको हो भने पुच्छरले शरीर हल्लाउँदैन, शरीरले पुच्छर हल्लाउँछ,’ खरो ढंगले प्रस्तुत हुँदै विष्टले भने, ‘त्यसकारण हामीले बुझ्न जरूरी छ, जुनसुकै संगठन पार्टीको सोच, विचार र फैसला मुताबिक चल्न सक्दैन ।’ ‘किसान हक अधिकारका निम्ति’ गठन गरिएको भनिए पनि यो संघ युवा संघकै हैसियतमा संविधानसभा निर्वाचनमा परिचालन गर्ने योजना एमालेको छ । उपाध्यक्ष बामदेव गौतमको धारणाअनुरूप गठन गरिएको यो संगठनका केन्द्रीय अध्यक्ष बाबुराम थापा हुन् । दुई महिनाअघि यो संघ काठमाडौंमा गठन गरिएको थियो । अध्यक्ष खनाल निकट थापा युवा संघमा महेश बस्नेतसँग पराजित भएका थिए ।
युवा संघको बैठकतर्फ इंगित गर्दै नेता विष्टले तमाम समस्याका बीचमा पनि समाधान आउने विश्वास दिलाए । केन्द्रीय कमिटीले यस्ता विवाद समाधान गर्ने उनले बताए । ‘तर नेकपा एमालेलाई धमिलो पार्न चाहेर, कमजोर बनाउन चाहेर सम्भव हुने छैन,’ उनले भने । केन्द्रीय सदस्य एवम् कोसी अञ्चल इञ्चार्ज राजेन्द्र गौतमले किसान संघ ‘सामुदायिक चरित्रको’ संगठन भएको बताए । एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष महेश रेग्मीले एमालेको पछाडि अपराध, डन, गुन्डा, तस्कर भनेर जोडिँदा शिर निहुराउनु परेको बताउँदै इमानदार युवाहरू समेटिने यो संगठनले नयाँ ढंगको अभियान सुरूवात गर्ने बताए । ‘खराब काम गरेर युवाहरूलाई जेल पठाउने हैन, जेल परेकालाई सुधार्न किसान संघ गठन भएको हो,’ रेग्मीले भने ।

अनेरास्ववियु केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सदस्य वसिम आलमले टेन्डर कब्जा गर्न, व्यापारीलाई धम्की दिन, चन्दा उठाउन नभएर त्यस्तो गर्नेलाई रोक्न र पीडितलाई संरक्षण दिन किसान संघ गठन गरिएको बताए । ‘मोरङमा मात्र नभएर
देशभरि यो संघ सक्रिय हुनेछ,’ उनले भने, ‘नेपाली जनताका हरेक समस्याका अगाडि यो संघ उभिनेछ ।’ एमाले जिल्ला सदस्य पारूल क्षेत्रीले इमानदार, जुझारू र निष्ठावान कार्यकर्तामात्र किसान संघमा आवद्ध हुने दाबी गरे । ‘एमालेमा बसेर टेन्डर कब्जा गर्ने दिन गए, बरू त्यसको हिसाब लिन संघ गठन भएको हो,’ क्षेत्रीले भने, ‘एउटै संगठनमा बसेको मान्छे कोही ६० लाखको कार चढ्ने, कोही ४ हजारको साइकल पनि चढ्ने हैसियत नराख्ने भइरहेको छ, यो अब अन्त्य हुन्छ ।’ मोर्चा विभाग प्रमुख रूपेश खतिवडाले अपराध, हिंसा र विकृति रोक्न संघ परिचालन भइसकेको बताए । संघको भेलामा नेपाल–खनाल समर्थित नेता–कार्यकर्ता मात्र थिए । एकै जना ओली पक्षधर उपस्थित नरहेको यो संघले ‘इमानदार’ कार्यकर्ता उत्पादन गर्ने दाबी
एमालेको छ । एमालेका एक जिल्ला नेताका अनुसार यो संघलाई ‘समानान्तर कमिटी’कै रूपमा बुझ्दा हुन्छ । गुन्डाहरू अघि लाएर महेश बस्नेतले पार्टीको निर्देशन नै अवज्ञा गर्न थालेको, उनलाई कसैगरी नियन्त्रण गर्न नसकेपछि नेतृत्वले यो रणनीति अघि सारेको उनको दाबी छ । संविधानसभा चुनावको मुखमा युवा संघको अराजक क्रियाकलापले परिणाममा असर पर्ने भन्दै संस्थापन पक्षका नेताहरू अहिले चिन्तित बनेको एक नेता बताउँछन् ।
तर नेता विष्टले किसान संघ कुनै संगठनलाई कमजोर बनाउन गठन नभएको जिकीर गरे । ‘युवा संघको कार्यक्षेत्र एक ठाउँ छ, यसको कार्यक्षेत्र अर्को ठाउँ छ,’ विष्टले सेतोपाटीसँग भने, ‘युवाहरूलाई रूपान्तरण गर्ने कार्यमा यो संघ लागिपर्छ ।’
एमाले नेतृत्वले रोक्न भन्दाभन्दै बिहीबार र शुक्रबार मोरङको गोठगाउँमा बस्नेतले युवा संघको केन्द्रीयस्तरको प्रशिक्षण भेला गराएका थिए । उक्त भेलाले यसअघि एमालेले विघठन गरिसकेको ‘युथफोर्स’ ब्यूँताउने निर्णय गरेको थियो । एकपक्ष अनुपस्थित रहेको ‘विवादास्पद’ भेला गराउँदा चुनावको मुखमा समग्र पार्टीलाई असर परेको एमाले नेताहरूको टिप्पणी छ । एमालले यो विषयमा केन्द्रीय कमिटीमा छलफल चलाउने तयारी गरिरहेको छ ।
Post a Comment