अपदस्त राष्ट्रपति मोर्सीका समर्थक १५ को मृत्यु
३० साउन –
ईजिप्टको राजधानी कायरोमा अपदस्त राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा भएको कार्वाहीमा १५ को ज्यान गएको छ । तर मोर्सीको समर्थन गर्ने मुस्लीम व्रदरहुडले भने मर्नेको संख्या २५ देखि ३० रहेको वताएको छ । अधिकारीहरुले मर्नेमा १ सुरक्षाकर्मी पनि रहेको वताएका छन् । प्रदर्शन गरीरहेका समर्थकहरुलाई सुरक्षाकर्मीले हटाउनको लागी गोलीवारी गर्नुका साथै अश्रु ग्यास पनि प्रहार गरीएको बिबिसि अनलाईनले उल्लेख गरेको छ ।

प्रदर्शनकारीहरुलाई हटाउन सेनाले वुलडोजरका साथै हेलीकप्टरको पनि प्रयोग गरेको वताईएको छ । प्रदर्शनकारीहरुले ३ जुलाईमा अपदस्त गरीएका राष्ट्रपति मोर्सीलाई फिर्ता गर्नुपर्ने माग गर्दै प्रदर्शनलाई जारी राखेका छन् ।
आन्तरीक मामीला मन्त्रालयले विज्ञप्ती जारी गर्दै यस घटनाको पुष्टी समेत गरेको छ । विज्ञप्तीमा सुरक्षावलले कायरोचोकको पूर्व क्षेत्रमा रहेको रब्बा अल अदाविया मस्जीद र पश्चिम क्षेत्रको नाहदामा रहेका प्रदर्शनकारीलाई वल प्रयोग गरेर हटाइएको उल्लेख छ । विज्ञप्तीमा गृह मन्त्रालयले ईजिप्टमा कूनै प्रकारको हत्या हिंसा देख्न नचाहेको उल्लेख रहेको अन्र्तराष्टिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मोर्सी समर्थकहरुले गर्दै आएको प्रदर्शनका क्रममा अहिलेसम्म २ सय ५० भन्दा वढी समर्थकको ज्यान गईसकेको छ ।
Post a Comment