आलम हत्यामा एमालेकै नेता पक्राउ
एमाले पूर्वसभासद् कुशवाह
एमालेका तर्फबाट बारा ४ मा प्रत्यक्षतर्फका उम्मेदवार महमुद आलमको हत्या अभियोगमा एमालेकै नेता रामचन्द्र प्यासी कुशवाहा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार बेलुका कुशवाहालाई बाराबाट पक्राउ गरेको हो।
बन्जरिया–८, बैलहियाका कुशवाहा अघिल्लो संविधानसभामा एमालेबाट समानुपातिकतर्फका सभासद थिए । विगतमा शिक्षक र सामाजिक कार्यकर्ताका रूपमा रहेका ५० वर्षीय कुशवाहा यसपटक पनि संविधानसभा निर्वाचनमा टिकटका आकांक्षी थिए । तर, प्रत्यक्ष उम्मेदवारमा नाम नपरेपछि असन्तुष्ट उनलाई समानुपातिकमा पनि अटाइएन ।
प्रत्यक्षतर्फ उम्मेदवारको टिकट नपाएकै कारण असन्तुष्टिस्वरूप उनले आलम हत्याको योजना बनाएको अनुसन्धानमा संलग्न सुरक्षास्रोतको दाबी छ । असोज १७ गते बाराको लिपनीमाल–४ स्थित चावासोती राइसमिलबाट निस्कँदै गर्दा आलमलाई बिहान साढे ११ बजे मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए । भारतीय नम्बरप्लेटमा आएका ती व्यक्तिमध्ये एकजनाले हात मिलाउने क्रममा टाउकोमा पेस्तोलबाट गोली हानेर त्यही मोटरसाइकलमा भागेका थिए ।
नक्कली भारतीय रुपैयाँ कारोबार र पाकिस्तानी गुप्तचर निकाय (आइएसआई) को नामसँग जोडेर प्रचार भएको एक महिनापछि नै आलमको हत्या भएको थियो ।
त्यसो त नेपालमा भारतीय अपराधी अब्दुल करिम टुन्डा र इन्डियन मुजाहिद्दिनका यासिन भटकल पक्राउ परेपछि आलम विवादमा तानिएका थिए ।
यही आधारमा आलम हत्यामा अन्तर्राष्ट्रिय आपराधिक समूहको नामसमेत जोडेर प्रचार गरियो । अर्काेतिर, मधेसमा सशस्त्र गतिविधि गरिरहेका समूहहरू पनि आलम हत्याको शंकाको घेरामा तानिए ।
त्यसमाथि, गोली हानेलगत्तै भूमिगत शैलीमा सशस्त्र गतिविधि गरिरहेका मधेस मुक्ति टाइगर्स (तराई) र तराई जनतान्त्रिक पार्टी (मधेस) ले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचनको विरोधस्वरूप आलमलाई गोली हानेको दाबी गरेपछि अनुसन्धान अधिकृतहरू अन्योलमा थिए ।
त्यसो त गोली हानेलगत्तै स्थानीय राजनीतिक प्रतिस्पर्धा कारण हुने अनुमानसमेत गरिएको थियो । र, प्रहरीले यो आयामलाई समेत अनुसन्धानका क्रममा अघि बढाएपछि अहिले कुशवाहा पक्राउ परेका हुन् । आलमसँग नियमित सम्पर्कमा रहेको टेलिफोन नम्बर, घटनाको दिन सम्पर्क भएका नम्बर र घटनाको जिम्मेवारी लिने संगठनका राजन प्रताप र अर्जुन सिंहसँग सम्पर्कमा देखिएका नम्बरको आधारमा प्रहरीले कुशवाहामाथि अनुसन्धान केन्द्रित गरी यो निष्कर्षमा पुगेको हो ।
एमालेको जातीय संगठन मुस्लिम इत्तेहाद संगनठका अध्यक्षसमेत रहेका आलममाथिको आक्रमणको प्रकृतिका आधारमा प्रारम्भमा अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा हत्या भएको हुन सक्ने अनुमान गरिएको थियो ।
त्यसै अनुसार प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) ईश्वरबाबु कार्की नेतृत्वको विशेष टोली बारा पठाएको थियो । स्थलगत अनुसन्धान सकेर दसैंअघि नै प्रधान कार्यालय फर्किएको सोही टोलीको प्राविधिक अनुसन्धानबाट कुशवाहको संलग्नताको प्रमाण फेला परेको प्रहरी स्रोत बताउँछ ।
गोली लागेर गम्भीर घाइते आलमको वीरगन्जस्थित नेसनल मेडिकल कलेज अस्पतालमा उपचार सम्भव नभएपछि राजधानीको त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । ८ दिन उपचारपछि अस्पतालले आलमलाई मृत घोषणा गरेको थियो । एमालेले उक्त क्षेत्रमा आलम पत्नी नजमा खातुनलाई उम्मेदवार बनाएको छ ।

Post a Comment