ग्राण्डीको छतमा बस्यो हेलिकप्टर
कात्तिक १३ -
ग्राण्डी अन्तर्रारष्ट्रिय अस्पतालमा हेलिकप्टरले परीक्षण अवतरण गरेको छ ।
दुर्गम क्षेत्रमा हुने संभावित दुर्घटानालाई ध्यानमा राखेर ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले यो सुविधा दिन लागेको हो ।
हेलिकप्टरको परीक्षण अवतरणपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हेलिकप्टरले विरामी ल्याउन सक्छ । अस्पतालको १५ तले भवनको छतमा मंगलवार दिउँसो फिस्टेल एयरको हेकिप्टर अवतरण गरेसँगै ग्राण्डीमा एयर एम्बुलेन्स सेवाको औपचारिक सुरुवात भएको हो ।
पाइलट स्टेफेनले उडाएको हेलिकप्टरसँगै नागरिक उड्डयन प्राधिकरणका अधिकारी पनि अस्पताल पुगेका थिए । मंगलबार विहान स्टेफेनले लुक्ला क्षेत्रबाट एक अस्ट्रियन पर्यटकको उद्दार गरी ग्रान्डी ल्याएको अस्पतालले जनाएको छ । ट्रेकिङमा लुक्ला पुगेकी अस्ट्रियन पर्यटकको दुर्घटनामा ५ वटा करङ भाँचिएका थिए ।

साथै, फोक्सोमा घाउ भई रगत जमेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए । मंगलबार नै उनको शल्यक्रिया भइसकेको र उनी खतराबाहिर रहेको डा. पाण्डेले बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. रूप ज्योतिले देशको दुर्गम क्षेत्रमा हुने सम्भावित दुर्घटनाका बिरामीले समयमै उपचार पाऊन् भन्ने उद्देश्यले एयर एम्बुलेन्स सेवा सुरु गरिएको जनाए
Post a Comment