माधव नेपालज्यू, माला लाएपछि हेलमेट चाहिँदैन ?
पूर्वप्रधानमन्त्रीको चुनाव प्रचारमा ट्राफिक नियम उल्लंघन
११, कात्तिक
तपाईले हेलमेट
नलगाई मोटरसाइकल चलाउनुभयो भने के हुन्छ ? यो भनिरहनुपर्दैन कि तपाईलाई
ट्राफिकले च्याप्पै समात्छ र पूर्जी काट्छ ।
मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई
मोटरसाइकल पछाडि राखेर भोट माग्न हिँड्दा चाहिँ ट्राफिक नियम चाहिँदैन
भन्ने कुरो तस्वीरमा देखिएका एमाले नेता माधव नेपाल र उहाँका मोटरसाइकल
चालकले स्पष्ट पारेका छन् । त्यसो त भनाइ नै छ, कानून सानाका लागिमात्रै
हो, ठूलालाई होइन । माधव नेपालको कार्यक्रममा हिँडेका केहीले हेलमेट लगाएर
मोटरसाइकल चलाएका थिए भने केहीले लगाएनन् ।
पूर्वप्रधानमन्त्री तथा काठमाडौं २ का
एमाले उम्मेद्वार माधवकुमार नेपाल मतदाता घरदैलो अभियानअन्तर्गत सोमबार
काठमाडौंको मूलपानी-५ स्थित दलित वस्तीमा यसैगरी हेलमेट नलगाएका चालकको
पछाडि बसेर दौडनुभयो ।
यस क्रममा बिसुंखे टोलमा दलित समूदायलाई
सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले दलितका छोराछोरीलाई निःशुल्क शिक्षा तथा
नर्सिङतर्फ निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने निर्णय आफ्नै नेतृत्वको
सरकारले गरेको जानकारी दिनुभयो । ट्राफिक नियम मिच्ने नेता नेपालले दलित
बस्तीमा पुगेर भन्नुभयो ‘वास्तविक रुपमै दलित समुदायलाई साहारा दिने पार्टी
एमाले नै हो ।’
मतदाता घरदैलो कार्यक्रमअन्तर्गत सोमबार
नेपालले मूलपानीको वडा नं ५, ६ र ९ का मतदाताहरुसँग भेटघाट गर्नुभएको थियो ।
त्यसक्रममा उहाँलाई स्थानीय मतदाताका साथै युवा क्लवहरुले आफ्ना समस्या
अवगत गराएका थिए ।




Post a Comment