सिङ्गो गाउँमा आर्सेनिकयुक्त पानी, अधिकांशमा पत्थरीको समस्या
सिङ्गो गाउँका झन्डै चार हजार परिवार आर्सेनिकयुक्त पानीको प्रयोग गर्न बाध्य भएका हुन् । सबै स्थानीय बासिन्दाको नल्कामा पहेलो रङको आर्सेनिकयुक्त पानी आउने गरेको भएपनि स्थानीयले सोही पानीको प्रयोग गर्दै आएको छ ।
अधिकांश नल्कामा पचास पिपिएभन्दा बढी आर्सेनिक फेला परेपछि यस्तो पानी नपिउन उक्त संस्थाले सल्लाह दिएको भएपनि अर्को पानीको बैकल्पिक व्यवस्था नहुँदा आर्सेनिकयुक्त पानीको प्रयोग गर्नु परिरहेको स्थानीयले जनाएका छन् ।
आर्सेनिकका कारण अधिकांश यहाँका बासिन्दामा पत्थरीको समस्यासमेत रहेको स्थानीय समाजसेवी राधादेवी भण्डारीले बताइन् ।
यहाँका अधिकांश बासिन्दाको आर्थिक अवस्थासमेत निकै नाजुक रहेकाले आर्थिक सङ्कलन गरेर टयुबेलसमेत गाड्न नसकेको उनको भनाई छ ।
आर्सेनिकयुक्त पानीको लगातार प्रयोग गरेमा गर्भवती महिलाको गर्भपतन हुने, शरीरमा कडा खाले फोका भै आर्सेनिकोसिस भन्ने रोग लागि क्यान्सर भै व्यक्तिको मृत्युसमेत हुने भएकाले यस्तो पानीको प्रयोग गर्न नहुने स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।
आर्सेनिकयुक्त पानीले नुहाउन, पिउन र जनावरलाई समेत प्रयोग गर्न लाभदायक नहुने स्वस्थ्यकर्मीकोभनाई छ ।
आर्सेनिकयुक्त पानीले नुहाउन, पिउन र जनावरलाई समेत प्रयोग गर्न लाभदायक नहुने स्वस्थ्यकर्मीकोभनाई छ ।
Post a Comment