0
लोकतन्त्र रक्षाको लागि कार्तिक २५ गते देखि देशब्यापी आमहड्ताल - माओबादी अधक्ष्य मोहन बैद्य

ने.क.पा - माओबादीका अधक्ष्य मोहन बैद्यले लोकतन्त्र रक्षाको लागि कार्तिक २५ गते देखि आफ्नो पार्टीले आहवान गरेको १० दिने देशब्यापी आमहड्ताललाई साथ दिन नेपाली जनतालाई अपिल गर्नुभएको छ | हिमालयन टेलिभिजन संग कुरा गर्दै बैद्यले चुनाब स्थगित गरि बार्ता मार्फत राष्ट्रिय सहमति खोज्न ४ दल तयार भए आमहड्ताल फिर्ता हुन सक्ने संकेत गर्नुभएको छ |
उहाको भनाइ छ, मुलुकमा कुनै लोकतान्त्रिक मूल्य मान्यताको पालना भएको छैन लोकतन्त्रलाई जोगाऊन पनि जनताले आमहड्तालमा सहयोग गर्ने पर्छ र जनताले साथ दिने कुरामा आफु ढुक्क रहेको बैद्यको दाबी रहेको छ | ५० बर्षको कम्युनिस्ट आन्दोलनमा ध्वंस र आन्दोलनमा मात्र समय खेर फाल्नु भयो नि मुलुकको निर्माणमा तपाइको भूमिका छैन भन्ने प्रश्नको जवाफ दिदै बैद्यले जनताको सत्ता स्थापना नभएसम्म आफु निरन्तर संघर्षमा रहने प्रतिबद्दता समेत जाहेर गर्नु भयो | संभिधान सभा बने पनि जनसंभिधान कुनै पनि हालतमा नबन्ने दाबी गर्दै माओबादी अधक्ष्य बैद्यले त्यसपछि जनता बिद्रोहमा उत्रने जिकिर गर्नुभयो |
नेता बैद्यले पार्टीको तत्काल हतियार उठाउने योजना नभए पनि राज्य दमनमा उत्रिए नेपाली जनताले उठाउन सक्ने चेतावनी दिनु भयो | नेता बैद्यले भारत र भारतीय जनता संगको सम्बन्धमा आफ्नो पार्टी सधै सकारात्मक भए पनि भारतीय शासकहरुको प्रवृतिको खुलेर बिरोध गर्ने बताउनु भएको छ | अधक्ष्य बैद्यले अझै पनि सहमतिको लागि समय रहेकोले ४ दल र सरकारलाई गम्भीर हुन सुझाब दिनुभएको छ | नेता बैद्यले आफुहरुको मागको सुनुवाई नभएकोले ४ दल र सरकारको निर्णय मान्न आफुहरु बाध्य नहुने र निर्बाचनमा जनताले मत खसाले पनि राज्यले जबर्जस्ती र बाध्य परेर खसाल्न लगाउने दाबी गर्नुभयो |
आफुहरु भने जनतालाई बाध्यतामा पार्ने पक्ष्यमा नरहेको स्पस्ट पर्दै बैद्यले जबर्जस्ती निर्बाचन गरिए पनि जनताले त्यसको सानदार रुपमा बहिस्कार गर्नेमा आफु बिस्वस्त रहेको बताउनुभयो | नेता बैद्यले जनयुद्दको एउटा महत्वपुर्ण हिस्सालाई अलग राखेर गर्न खोजेको निर्बाचनले मुलुकमा शान्ति र संभिधान दिनुको सट्टा नेपाली जनतालाई गृह युद्धमा फसाउने बताउनु भयो |


Post a Comment

 
Top