0
कसले सुन्छ? कसले सुन्छ?
मातृभूमिको माटो रुन्छ!

…माटो यो छ पहिलो किरणको टकवाला!
दुनियां पोस्ने शक्ति भएको
यस्तो सुनको टुक्राका ए हकवाला!
यस माटोका ए धनी हो!
यस्तो जमीन!
अफसोस, तिमी छौ यस्ता हीन
यस्ता दीन!

यस माटोमा आंसु चुहिन्छ!
मातृभूमिको माटो रुन्छ!

आज देवकोटा जन्म जयन्ती। उनको ‘मातृभूमिको माटो रुन्छ’ शीर्षकको कविताको अंश 


Post a Comment

 
Top