0

पर्वका नाममा विकृति बढ्दो

शिव दुवाडी,

पर्वका नाममा बजारमा चरम विकृति देखिन थालेको छ। उपभोग्य वस्तुमा भएको चरम मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट र कालोबजारी जस्ता कार्य खुलेआम भइरहेको अवस्थामा पनि अनुगमनकारी निकाय भने मौन देखिएका छन्।
पर्वको अवसरमा पनि बजार अनुगमन तथा कारबाही प्रक्रियालाई तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायलाई यसअघि नै निर्देशन दिइसकेको भए पनि त्यसअनुसार काम हुन सकेको छैन। अहिले बजारमा व्यापारीले मनपरी विभिन्न नाममा बनेका मिठाई तथा अन्य खाद्य परिकारमा आवश्यक गुणस्तर कायम नगर्ने कार्य गरेको भए पनि यसतर्फ कसैको ध्यान जान सेकेको छैन।
चाडपर्वको समयमा अन्य अवस्थाको तुलनामा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि, मिसावट र कालोबजारी बढी मात्रामा हुने गर्छ। यसको नियन्त्रणका लागि प्रत्यक्ष र प्रभावकारी अनुगमनको खाँ ँचो पर्छ। पछिल्लो समयमा बजार अनुगमनलाई तीव्रता दिएको छ। तर, यो पर्याप्त छैन। बजारमा देखिएका विकृति र विसंगतिको नियन्त्रणका लागि नियमित र प्रभावकारी अनुगमन गर्न सक्नुपर्छ। तर, पछिल्लो समयमा सरकारी निकायले यसतर्फ चासो देखाएको पाइँ ँदैन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव कृष्णहरि बास्कोटाले चाडपर्वको अवसरमा बजारमा प्रभावकारीरूपमा अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको बताउनुभएको छ। तर, अनुगमनको जिम्मेवारी प्राप्त निकायले त्यसअनुसार काम गर्न नसक्दा बजारमा समस्या देखिएको हो। उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन प्रभावकारीरूपमा बजार अनुगमन हुन नसक्दा आम उपभोक्ता ठगिनुपरेको बताउनुहुन्छ। अनुगमनकारी निकायले सक्रियता देखाउन सकेको खण्डमा यसमा कमी ल्याउन सकिने उहँँ ँको भनाइ छ।
अहिले उपभोक्ताले निर्वाधरूपमा उपभोग्य वस्तुको प्रयोग गर्न सक्ने अवस्था छैन। बजारमा क्रमिकरूपमा अस्वभाविक तरिकाले मूल्यवृद्धि भरहेको छ। यसलाई नियन्त्रण गर्न कोही लागि परेको देखिँ ँदैन। जसका कारण आम उपभोक्ता मर्कामा परेका छन्। उपभोक्ता अधिकारको रक्षा गर्ने दायित्व राज्यको भए पनि त्यसअनुसार काम हुन नसक्नुले समस्या निम्त्याएको महर्जन बताउनुहुन्छ। चाडवाडको मौका पारेर सामान्य अनुगमन गरेजस्तो गर्ने र अन्य समयमा चुप लागेर बस्ने परिपाटी पनि राम्रो नहुने उहाँ ँको तर्क छ। हाल बजार निरीक्षणका क्रममा खाद्य पदार्थमा भेटिने मिसावट, गुणस्तरहिन वस्तुको प्रयोग, कालोबजारी जस्ता गतिविधिले उपभोक्तालाई कुनै पनि वस्तुको प्रयोग गर्नुपूर्व एकपटक सचेत भई ती वस्तु प्रयोग गर्न योग्य छ छैन भन्ने बारेमा बुझ्नुपर्ने बनाएको छ। यस्तो अवस्था सिर्जना हुनु आफैं राम्रो होइन। यसतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण हुन सक्नुपर्दछ। यो अहिलेको आवश्यकता पनि हो।
विगतमा भएका अनुगमनका क्रममा दोषि देखिएकाहरूमाथि कारबाही हुन सकेको छैन। यसले गर्दा पनि बजारमा विकृति बढाउन मद्दत मिलेको उपभोक्ताहरू बताउँ ँछन्। दोषीलाई कडा कारबाही हुन सकेको खण्डमा मात्रै पुनः त्यस किसिमका उपभोक्ता विरोधी क्रियाकलाप हुन कम हुने उनीहरूको तर्क छ।
कानुनी रिक्तता र अष्प्रष्टतालाई देखाउँ ँदै अहिले दोषीलाई उन्मुक्ति दिइँ ँदै आएको छ। बजार अनुगमन हुन्छ, त्यहाँ ँ थुप्रै कमी कमजोरी र ठगी भेटिन्छन् । तर, त्यस्ता व्यापारीमाथि कुनै कारबाही हुँ ँदैन। आम उपभोक्ता ठग्नेहरूलाई कुनै कारबाही नगर्दा पनि सम्बन्धित निकायले यस विषयमा जवाफ दिँ ँदैन। कालोबजारी गर्नेहरूको डर धम्कीका कारण अनुगमन गर्ने निकाय बजारका सबै ठाउँ ँ पुगेको स्वतन्त्ररूपमा अनुगमन गर्न सक्दैन। सामान्य बजार निरीक्षणका क्रममा दलबलसहित मन्त्रीसम्म पुग्नुपर्ने बाध्यता पनि देखिएको छ। यसले के पुष्टि गर्छ भने अहिलेसम्म भएका अनुगमनका कार्य सामान्य मानिस र कम गल्ती गर्नेहरूलाई मात्रै गरिएको र ठूलो गल्ती गर्नेहरूले यसबाट उन्मुक्ति पाएको देखिन्छ।

Post a Comment

 
Top