0

मेरो प्रबासी बसाई र चाड बाड

मेरो प्रबासी बसाई र चाड बाड
सरिस्मा बराल
जब म सानी थिए दशैँ तिहार आउथ्यो फुरुङ्ग मन राम्रो लुगा अनि मिठो खाना धेरै परिकार आफुलाई मन पर्ने ।अनि भनेको जस्तो नपाउदा रोइदिने ,अझै दशैँ मा त छोरी भयको हुनाले टीका संगै दिने आशिर्बाद र पैसा ले अझै खुसि हुन्थे । अनि केहि दिन मै तिहार आउथ्यो वर्ष याम मा उमारेका फुल का बिरुवा रोपेर तुलसाको मोठ वर पर फुल फुलौथे अनि तेही फुलको सबै भन्दा ठुलो फुल टिप्दै दाजुलाई माला बनाउनु अनि देउसी भैलो आमाले पकयाको सेल खादै पिंग खेल्नु को मजा नै बेग्लै हुन्थ्यो ।अहो सम्झिदा नि छुट्टै आनन्द लाग्दो रहेछ रति दिन
तर बिबस म सानै उमेरको बिबाहाले गर्दा त्यो खुसि तेती लामो समय लिन सकिन तेस पछी जीवनका आरोह आबरोह अरुको बन्दन दबाब आर्थिक अबस्थाको समस्या ।अनि आफुलाई भनेको नपुग्दा रोइदिने म अब आफुले दिन नसक्दा रोइदिने बच्चा भय जहाँ म आफै बच्चा थिय ।बिचरा ति अबोध बच्चा लाई के थाहा रु आफ्नु आमाको अवस्था आफै बिबस हुन्थे आफुले अलिकति समय पायको जस्तो खुसि आफ्ना सन्तान लाई दिन नसक्दा।
जब आर्थिक अवस्था को समस्याले जरा गाड्यो अनि आफुले उबथब जस्तो खुसि फर्काउनु कसरि सोच्न पुग्थे , तर उपाय थियन अत बिदेस जाने सोच आयो जुन रहर थियन बद्देता जुन समय ५ वर्ष पुगिसकेको छ ।जब यो बिदेसी भूमिमा चाड बाड आउछ अनि मेरो मानस पटलमा धेरै कुरा खेल्न थाल्छ ,के पैसा त कामय तर मेरो बाला पन मेरो बच्चा लाई फर्काउन किन सकिन रु त यहाँ म जस्ता हजारौ आमा छन् सबैको आ)आफ्नै कथा बेथा होलान ।तर पनि मेरो कलम नचली रहन सकेन अरु बेला त जसो तसो मन बुझाउन सकिन्छ जब चाड बाड नजिकिन्छ अनि आफ्नु बालापन ,अनि आफ्ना बच्चाको बालापन अनि आफु दाज्न खोज्छु तर भुइचालो आय झैँ हुन्छ । ुसमय आफ्नै गतिमा छ नाओस भने नि आउछ अनि जान्छ पनि ।हुन त फेरी यहि समय यहि चाड ले लाखौ लाई खुसि पनि देको छ पक्कै ।तर घाउ आफ्नै दुख्छ बडी यो धुर्ब सत्य पनि हो ।आफुले थोरै पल उबथब झैँ खुसि आफ्ना सन्तान लाई दिन नसक्दा भाबबिभोर हुन्छु ,हिजो साथमा थिय र पनि अभाब ,आज बिदेसमा काम गरेर चाकडी गरेर २ पैसा भयानी झन् ठुलो अभाब मा हुन्छन प्रदेसी हरु्र ।
ुअब भने केहि समयको लागि फड्को मरेको छ चाड ले ।जब जब चाड आउछा मन भरियर आउछ ।मेरो कामना छ सकेसम्म अरु आमा र बच्चा लाई यस्तो पिडा भोग्न नपरोस हिजो मात्रै बिदा भयको तिहार ले मलाई राहत दियको महसुस गरेकी छु आज , किनकि केहि समयको लागि टाढा भयको छ । ृअन्तमा मेरो नितान्त बेक्तिगत भाबना हो कसैको जिबन मा मेल खान पुगे माफी चाहन्छु (हाल इजरायल)

Post a Comment

 
Top