0
 

दिउँसोभरि प्रचारमा राति प्रहरी चौकीमा

imagesनिर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिएका सवारी साधनमा शृङ्खलाबद्व रुपमा आगजानी हुन थालेपछि दाङ क्षेत्र १ का उम्मेदवारले प्रचार प्रसारमा प्रयोग गरिएका सवारी साधनलाई प्रहरी पार्किङ गरेर राख्न थालेका छन् ।
अधिकांश राजनीतिक दलले प्रहरी कार्यालयमा प्रचार प्रसारमा प्रयोग गरिएका सवारी साधन पार्किङ गर्दै आएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
जिल्लाका अनय निर्वाचन क्षेत्रमा सवारी साधनलाई लक्षित गरी आक्रमण हुन थालेपछि क्षेत्र १ का उम्मेदवारले भने रातको परिसरमा सवारी साधन पार्किङ गर्दै आएका हुन् ।
आजको गोरखापत्र दैनिकले लेखेको छ–एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, स्वतन्त्र उम्मेदवार लगायतले प्रचारमा प्रयोग गरिएका सवारी साधन प्रहरी कार्यालयमा पार्किङ गरिँदै आउको प्रमुख महेन्द्र नेपालले जानकारी दिए ।

Post a Comment

 
Top