0
दुई अभियुक्त कारागार चलान
, ८ माघ ।
 
लागुऔषध नियन्त्रण ऐनअन्र्तगत रसुवा जिल्ला अदालतले दुई अभियुक्तलाई कारागार चलान गरेको छ ।
 
कारागार चलान हुनेमा रसुवा जिल्ला थुमन गाविस वडा–१ निवासी ३१ वर्षीय तार तामाङ र सोही स्थानका ५० वर्षीय पेमा ढिण्डुप तामाङ रहेका छन् ।
 
जिल्ला न्यायधीश राजु खतिवडाको एकल इजालसले ती अभियुक्त मध्येका तार तामाङलाई १५ वर्ष जेल र छ लाख रुपैयाँ जरिवानाका साथै पेमालाई सात वर्ष छ महिना कैद र तीन लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको अदालतका श्रेस्तेदार भोजराज रेग्मीले जानकारी दिनुभयो ।
 
उनीहरुलाई ४५० ग्राम खैरो हेरोइनसहित २०६९ पुस २७ गते सीमा प्रहरी चौकी टिमुरेले रसुवागढी सीमा क्षेत्रमा पक्राउ गरेको थियो ।
 
ती अभियुक्तसहित पक्राउ गरेकी एक महिलालाई भने जिल्ला अदालतले सफाइ दिएको जनाइएको छ ।

Post a Comment

 
Top