उम्मेदवारी फिर्ताको समय राती १० बजे सम्म
कांग्रेस संसदीय दलको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय राती १० बजे सम्म थप गरिएको छ । संसदीय दलको नेताको लागि सभापति सुशील कोइराला र वरिष्ट नेता शेरबहदुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । सहमितको लागि भन्दै निर्वाचन समितिले ५ बजे देखि १० बजे सम्मको लागि समय थप गरेको हो । दोस्रो पुस्ताका नेताहरु डा.रामशरण महत प्रकाशमान सिंह कृष्णप्रसाद सिटौला बिमलेन्द्र निधि गोपालमान श्रेष्ठ पूर्णबहादुर खड्का वीरेन्द्र रिजालगायतले संसदीय दलको नेताको चुनाव एक दिन पछि सारेर भएपनि सहमति खोज्ने प्रयत्न गरेका छन् । यी नेताहरुले सुशील कोइरालालाई संविधान लेखुन्जेलसम्म प्रधानमन्त्री बन्ने त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कुरामा सहमति खोज्न प्रयास गरिरहेका छन् । सभापति कोइराला र बरिष्ठ नेता देवाउले संसदीय दलको नेतामा उम्मेद्वारी दिए पछि उप-सभापति रामचन्द्र पौडेलले कोइरालालाई समर्थन गर्ने बताइसकेका छन् ।

Post a Comment