0
बाल्मीकी आश्रम संरक्षणको पर्खाइमा
माघ १० । 
चितवन जिल्लाको माडी स्थित गर्दी गाबिसको वडा नम्बर ९ मा रहेको बाल्मीकी आश्रम यतिबेला संरक्षणको प्रखाईमा रहेको छ । संम्बन्धित निकायले उक्त क्षेत्रको संरक्षण तर्फ ध्यान दिन नसक्ने होे उक्त क्षेत्रको हराउन सक्ने स्थानिय बासिन्दाको भनाई रहेको छ । आश्रममा जानकानको लागि भारतको बाटो हुँर्दै जानु पर्ने भएकोले पनि उक्त क्षेत्रको अस्थित्व नै संकटमा परेको हो ।
मगर र गुरुङ्ग समुदायका १४ घरधुरीहरु त्यस स्थानमा बस्र्दै आएका छन् । आश्रम एक्लै भएको भन्दै तत्कालिन राजा महेन्द्रले आफुहरुका पुर्खाहरुलाई त्यस ठाउँमा लयाएर राखिदिएकाले आफुहरु पनि त्यही स्थानमा बस्र्दै आएको स्थानिय बासिन्दाको भनाई छ । त्यस क्षेत्रमा रहेका स्थानिय बासिन्दाहरुले धेरै कुराहरुको भारतको भर पर्नु पर्ने बासिन्दाले गुनासो समेत गरेका छन् 
आश्रममा पुग्नको लागि  खोलामा पुलको अभाब र घना जंगल भएका कारण पनि भारतीय भुमिको प्रयोग गर्नुपर्ने बाध्यता रहेकोले त्यस आश्रम तर्फ ध्यान पुग्न सकेको छैन् । त्यस क्षेत्रमा पुग्नको लागि सवारी साधन प्रयोग गरेवात नेपालीहरुले १ सय ५० रुपौयाँदेखि २ सय ५० सम्म तिर्न परेको गुनासो त्यहाँ क्षेत्रको अबलोकनको लागि पुगेका स्थानिय बासिहरुले गुनासो समेत गरेका छन् । त्यस क्षेत्रमा पुग्नको लागि भारतीय भुमिको प्रयोग गर्नुपर्ने भएकाले पनि उक्त क्षेत्र कतै भारतले हड्प्ने त हैन भन्ने आसंका समेत स्थानिय बासिन्दा गरेका छन् । 

Post a Comment

 
Top