0
 कोइरालालाई दबाब, पौडेल चेपुवामा '
 
koirala-deuba-paudel-nepali-congress (1)माघ १०–
 नेपाली कांग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले जसरी भएपनि संसदीय दलको नेता भइछाड्ने रणनीति बनाएका छन् । देउवा सकेसम्म सहमतिमा संसदीय दलको नेता बन्ने र त्यसो हुन नसके बुहमतिप प्रक्रियाबाट भएपनि संसदीय दलको नेता भइछाड्ने रणनीतिमा लागेका छन् । त्यसका लागि उनले आफू निकटका सभासदहरुसँग छलफल समेत सुरु गरिसकेको स्रोतले जनाएको छ । 
त्यसलाई पुष्टि गर्दै देउवाले औपचारिक रुपमै अन्तिम समयसम्म आफू सहमतिको प्रयासमा रहेको र केही नलागे संसदीय दलको नेतामा उम्मेद्वारी दिने विचारमा रहेको बताएका छन् ।
शुक्रबार बानेश्वरमा बोलाइएको काँग्रेसका सभासद्को भेलामा नेता देउवाले आफूले पार्टीभित्र सहमतिको लागि अन्तिम प्रयास गर्ने र केही नलागे निर्वाचन लड्ने सोच भएकाले सहयोग गर्न सभासद्हरुलाई आग्रह गरे ।
“सहमति भनेको सम्झौता पनि हो, यसमा पार्टीको विधान बाधक बन्न सक्दैन”–नेता देउवाले भने । आफूले यही पद चाहिन्छ भनेर नभनेको तर पार्टीमा काम गर्दा भूमिका आवश्यक रहेको भन्दै नेता देउवाले संविधान बनाउन देशमा सबैको सहमति लिन आवश्यक रहेको र त्यसको लागि पार्टीभित्र सहमति र एकता जरुरत पर्ने बताए ।
दलको नेता नै प्रधानमन्त्री हुने काँग्रेसको विधानमा लेखिएकाले दलको नेताको लागि पार्टी सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेल तीनजना आकाङ्क्षी देखिएका छन् ।
देउवाले संसदीय दलको नेता बन्ने बताएपछि सभापति  कोइराला त थप अप्ठ्यारोमा परेका छन् । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने प्रावधान रहेकाले प्रधानमन्त्रीको चर्चाका पात्र बनेका कोइराला अप्ठ्यारोमा परेका हुन् । यस्तै उप सभापति पौडेल पनि दुई नेताको चेपुवामा परेका छन
कांग्रेसका तीन नेताहरुबीच यसअघि सहमतिको लागि पटकपटक प्रयास भएपनि अझै सहमति हुन नसकेपछि तीनै नेताले केही दिनयता पार्टीका सभासद्लाई बेग्लाबेग्लै भेला गरेर तथा समूह र एक्लै पनि भेटेर आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् ।
पार्टी सभापति सुशील यसपटक राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो अनुकूल रहेकाले सहयोगका लागि आग्रह गरेका छन् भने भने उपसभापति पौडेलले पनि अघिल्लो संविधानसभामा संसदीय दलमा खेलेको भूमिका तथा आफूले पार्टीमा दुःख गरेकाले सरकारको नेतृत्वको लागि चाहना राख्दै आएका छन् । नेता देउवाले पनि पार्टीमा सरकारको नेतृत्व वा कार्यबाहक सभापतिको लागि चाहना राख्दै आएको बताइन्छ ।
काँग्रेस संसदीय दलको नेताको निर्वाचनको कार्यतालिका पार्टीले प्रकाशन गरिसकेको छ । दलको नेता चयनको लागि आइतबारको लागि निर्वाचनको समय तोकिएको छ । शनिबार उम्मेद्वारी मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

Post a Comment

 
Top