- दिलमान बुढा
‘बाह्र छोरा, तेह्र नाती, बुढाको धोक्रो काँधैमाथि’ भने झैं नेपाली काँग्रेसका सभापति शुसील कोइराला अचेल चारैतीरबाट अचेटिएका छन । संसदीय दलको नेता भएपछि भावी प्रधानमन्त्रीको बधाइ खाँदै हिँडेका सुशील प्रधानमन्त्री हुने नहुने अझै यसै भन्न सकिने अवस्था छैन । किनकी, नेपालको राजनीति त हो, कतिखेर कताबाट के हावा चल्छ र त्यसले के के उडाउँछ भन्न सकिन्न । प्रधानमन्त्री बनेपनि उनलाई काँग्रेसका तर्फबाट सरकारमा जाने अनुहार चयन गर्न भने अर्को महाभारत हुने देखिन्छ ।शुसील यतिबेला काँग्रेसका नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, रामशरण महत, दिपकुमार उपाध्यायदेखी सुजाता कोइरालासम्मको घेरामा छन् ।
भारतसँग तालमेल मिलाउन भन्दै आफैले महामन्त्री बनाएका कृष्ण सिटौलाले नयाँ सरकारमा उपप्रधान तथा गृहमन्त्री दावी गरेका छन् । भारतले खासै नपत्याएका शुसीललाई प्रधानमन्त्री बनाउन र भारतलाई मनाउन आफुले विशेष भूमिका निर्वाह गरेकाले उप र गृह पाउनुपर्ने अन्यथा भारतले ६ महिनामै सरकार ढालीदिनसक्ने संकेत कृष्ण सिटालाले दिइसकेका छन् ।
डा. रामशरण महतले हालै मात्र चोर औंलो तेस्र्याउँदै वैठकमै भनेका छन्, ‘पार्टी सभापति सरकारमा गएपछि काँग्रेसकै इज्जत र प्रतिष्ठाको प्रश्न आउँछ । विदेशी मुलुकसँग सम्बन्ध बढाएर माओवादीले फैलाएका भ्रम चिर्न र वैदेशीक सहयोग भित्रयाएर जनतालाई विभिन्न प्याकेज कार्यक्रममार्फत राहत दिनुपर्ने हुन्छ । संविधान बनेन भने पनि लोक कल्याणकारी काम गरेर काँग्रेसको सरकारलाई जनतामाझ लोकप्रिय बनाइरहनुपर्ने हुन्छ । त्यस कामका लागि योग्य र विदेशी सहयोग भित्रयाउनसक्ने खालको मानिसलाई शुसील दाईको सहयोगी बनाउनुपर्छ ।’ बैठकमा खुलेर आफनो नाम नभने पनि उनले एकान्तमा सभापतिसमक्ष आफूलाई उपप्रधान तथा अर्थ मन्त्री बनाउनुपर्ने माग राखिसकेका छन् ।
डा. महत अमेरिकी लवीसँग नजिक छन् भने कृष्ण सिटौला भारतीय लवीसँग । उपप्रधानमन्त्री बन्न सिटौला र महतको रस्साकस्सीलाई दुई शक्तिकेन्द्रहरुको टकरावका रुपमा पनि हेरिएको छ । काँग्रेसमा प्रजातन्त्र आए यता भारत र अमेरीकासँग निकट नेताहरुकै उन्नती प्रगती भएको देखिन्छ । अहिले भने अमेरीका र भारतलाई चित्त बुझाएर शीक्त सन्तुलन गर्न सुसीललाई हम्मे हम्मे पर्ने देखिन्छ । किनकी, काँग्रेसको नेतृत्वमा सरकार बनेमा एउटा उपप्रधानमन्त्री पद अर्को दललाई दिनुपर्ने हुन्छ । एउटै पार्टीबाट दुईजना उपप्रधानमन्त्री बनाउनु सोभनीय हुँदैन ।
उपप्रधानमन्त्रीको यो दौडमा अर्का नेता प्रकाशमान सिंह पनि लागेका छन् । संसदीय दलमा शुसील कोइरालालाई जिताउन आफुले पनि ‘भाइटल रोल प्ले’ गरेको गणेशमान सिंह पुत्र प्रकाशले बताउँदै आएका छन् । ‘मैले नै क्यारे, रामचन्द्रजीलाई मनाएर सुशील र्दाइको पक्षमा बहुमत आउने बातावरण ल्याएँ । रामचन्द्र दाईलाई मनाउने काम मैले नै गरें । हैन भने क्यारे, उहाँ हार्ने अवस्था पनि हुन्थ्यो । देउवाजी पनि मानें, त्यत्रो ७९ सभासद बोकेर बसेका थिए । रामचन्द्र दाईको भाइटल रोलका कारण सशसील दाईले जित्या हो । यो गुन सभापतिले भुल्न मिल्दैन’, प्रकाशमानले आफू निकटका कार्यकर्ता माझ भन्न थालेका छन् ।
त्यसैगरी गिरीजा पुत्री सुजाता कोइराला पनि के कम ? हालै मात्र पार्टीका शिर्ष नेताहरु बसिरहेकी ठाउँमा हस्याङ फस्याङ गर्दै गएर उनले भनीन, ‘हेर्नुहोला, गिरीजाबाबुको हिस्ट्रीको पनि ख्याल गर्नुहोला । महिला सहभागीताको पनि ख्याल गर्नुहोला । गिरीजाबाबु हुनुहुन्न भन्दैमा यो पार्टीमा जसलाई जे मन लाग्यो त्यही गर्ने हैन । लिग्यासीको पनि कुरा हुन्छ । काँग्रेस भनेको जोक हैन ।’ सुजाताले आफुलाई उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री दावी गरेकी छीन । ‘मलाई बाइपास गरिएमा ठिक हुनेछैन । गिरिजाबाबुका कार्यकर्ता चुप लागेर बस्नेवाला छैनन, बबाल हुनसक्छ’ भन्दै सुजाता बम्कीएर तत्काल आफनो बाटो लागीन । सुजाता गएपछि डा. रामशरणले भने, ‘पँधेर्नी गफ गर्नेंहरुको कुरा छाडीदिउँ । अब नयाँ कार्यदिशाबारे छलफलमा जुटौं ।’ स्मरणीय छ, डा. महतले नै केहीवर्ष पहिले सुजातालाई ‘पँधेर्नी गफ गर्दै हिंडने’भन्दै आरोप लगाएका थिए ।
सुशील कोइरालाले थेग्नुपर्ने चाप र दबाब यति मात्र हैन । आनन्द ढुंगाना ‘आँ…’ गरेर बसेका छन् । उनी त सुसीलका हनुमान नै भए । शेखर कोइरालाको आफनै गुनासो छ । उनले सुजातालाई समानुपातीक सभासद बनाउनै हुन्न भनेका थिए । सभापतिले बनाएपछि उनी ठुस्स छन् । देउवा क्याम्प छाडेर आएका नवप्रवेशी मिनेन्द्र रिजालको चलखेल हुने नै भयो । यी धुर्त, चलाख, रंगीला, रसीक र भोग विलासप्रेमी मिनेन्द्र पनि सुशील दाईलाई फकाएर दरिलै मन्त्रालय पाइन्छ की भनेर ‘झर्ला र खाउँला’को पोजिसनमा छन् ।
सुशील दाईले कसको कुरा सुन्ने कसको नसुन्ने । त्यसमाथि ७९ जना सभासदको ढिक्कै लिएर शेरबहादुर देउवा भन्दैछन्, ‘खबरदार, हाम्रा मानिस छुट्नु हुन्न । भन्देखीनलाई सरकारमा हाम्रो चित्त बुझ्दो सहभागीता भएन भने हामी पार्टीभित्रै प्रतिपक्षी हुने हो । सरकारमा जाँदैनौ, मन्त्री पनि हुन्नौ ।’
Post a Comment