0

यौन व्यवसायमा संलग्न आमाछोरा पक्राउ

 बाराको कलैयाबाट सोमबार राति प्रहरीले यौन व्यावसायमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

स्थानीय बासिन्दाको सहयोगमा उनीहरुलाई प्रहरीले बाराको कलैया नगरपालिका वडा नं ८ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना आमा छोरा (नाम सार्वजनिक नगरिएको) हुन् ।
दुवैले आफनो घरमा यौन व्यावसाय संचालन गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ । पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको र उनीहरु विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाईने बाराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताउनुभयो ।
यौन व्यावसाय गरेकै आरोपमा दुई वर्ष अघि पनि उनीहरु दुवै जना कलैयाको देवकोटा चोकबाट पक्राउ परेका थिए ।

Post a Comment

 
Top