राजनीति
एमाले नेपाल गुट उम्मेदवार घोषणा गर्दै, 'मेरो उम्मेदवारी अन्तिम पटक'-माधव नेपाल

१७ जेठ
नेकपा एमालेको भावि अध्यक्षमा अस्पतालको शैयाबाटै केपी ओलिले अध्यक्षको उम्मेदवारी घोषणा गरेको दुईसातापछि आज अर्का नेता माधव नेपाल गुटले आफ्नो उम्मेदवार घोषणा गर्दैछ ।
माधव नेपाल गुटबाट अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी घोषणा गर्दैछन् । काठमाडौंको कमलादीमा पत्रकार डाकेर आफ्ना पक्षका नेता कार्यकर्ताको भब्य उपस्थितिमा नेपालले उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
प्रज्ञा भवनमा उम्मेदवादरी घोषणा गर्न लागेका नेपाल समूहबाट अध्यक्षमा वरिष्ठ नेता नेपाल, उपाध्यक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली तथा महासचिवमा सुरेन्द्र पाण्डेको नाम सार्वजनिक गरिन लागिएको छ ।
यस्तै सचिवमा गोकर्ण विष्ट र प्रकाश ज्वालाको नाम सार्वजनिक गरिंदैछ । सचिवमा अन्य नेताहरुको समेत दावेदारी रहँदै आएको छ ।
नेपाल समूहबाट विष्ट र ज्वालाका साथै घनश्याम भुसाल, रघुजी पन्त, श्रीमाया थकाली समेत सचिव पदका आकाँक्षी रहेका छन् ।
नेपाल समूहबाट विष्ट र ज्वालाका साथै घनश्याम भुसाल, रघुजी पन्त, श्रीमाया थकाली समेत सचिव पदका आकाँक्षी रहेका छन् ।
पार्टी नेतृत्वका सबैपदमा ब्यक्ति घोषणा नगरेपनि नेपाल समुहले पदाधिकारीका केही पदहरुको भने आजै नाम घोषणा गर्ने भएको छ ।
भावी अध्यक्षमा ओलीलाई उभ्याएको केपी गुटले त्यसपछि ४ पुस्तासम्म कसलाई अध्यक्ष बनाउने भन्ने सहमती सहित हालकै बृद्ध नेतृत्वको पोल्टामा पार्टी घुमाइरहने योजना बनाएको एमालेका युवापुस्ताहरुले आरोप लगाउँदै आएका छन् ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको समूहबाट भने उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा इश्वर पोखरेलको नाम सार्वजनिक भइसकेको छ ।
उपाध्यक्षमा विद्या भण्डारी र प्रदीप नेपाल, सचिवमा शंकर पोखरेल, विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, रघुवीर महासेठ लगायतका नेताहरु ओली समूहबाट लड्दैछन् ।
उपाध्यक्षमा विद्या भण्डारी र प्रदीप नेपाल, सचिवमा शंकर पोखरेल, विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, रघुवीर महासेठ लगायतका नेताहरु ओली समूहबाट लड्दैछन् ।
Post a Comment