0

संरक्षण नहुँदा बहुमुल्य जडिबुटी नष्ट

धातु जस्तो देखिने बिभिन्न रंगका रुवीहरु गणेश हिमालको फेदीमा
धादिङको उत्तरीभेगको सबैभन्दा विकटमा पर्ने तिप्लिङ गाउँ बिकास समितिमा बिभिन्न प्रकारका जडिबुटीहरु फेला परेपनि उचित संरक्षण हुन नसक्दा त्यतिकै खेर गएको छ ।
सदरमुकाम धादिङबेसीबाट लगातार तीन दिन हिंडेपछि
मात्र पुग्न सकिने हिमाली बस्ती तिप्लिङको माथिल्लो भेगमा बहुमुल्य जडिबुटी पाइने स्थानीय बासिन्दाको भनाई छ ।
उनीहरुका अनुसार तिप्लिङमा जटामसी, निर्मसी, पाँचऔंले, पदमचाल, यार्सागुम्बा, भिङमा, झ्याउ, वन लसुन, कुटकी, भिख जरा, गाङतोल, भालवी, वन आलु, वनसतुवा, चिराइतो, वन आलु लगायतका जडिबुटी पाइन्छन् ।
यस्तै धातु जस्तो देखिने बिभिन्न रंगका रुवीहरु गणेश हिमालको फेदीमा पाईएपनि यस तर्फ राज्यको उचित ध्यान पुग्न नसक्दा त्यत्तिकै खेर गैरहेको स्थानीयबासिन्दाको भनाई छ ।
तिप्लिङमा जडिबुटीका साथै स्याउ, नासपाती र आलुको उत्पादन पनि राम्रो हुने गरेको भएपनि ढुवानी र वजारको अभाबले त्यतिकै खेर जाने गरेको छ ।
तिप्लिङमा पाइने बहुमुल्य जडिबुटी, जस्ता खानी र रुवीहरुको उचित व्यवस्थापन गर्न सकेमा स्थानीय वासिन्दाको जीवनस्तरमा सुधार ल्याउन सक्ने स्थानीय वासिन्दा चे घलेले बताउनुभयो । बिकटमा रहेको वस्ती भएकाले सरकारी निकायको ध्यान नपुग्दा बहुमुल्य बस्तुहरु त्यत्तिकै खेर गएको उहाँको भनाई छ ।

Post a Comment

 
Top