मोदीले फर्काइ देलान् त राजा ?
कुसुम भट्टराई
लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याएको खबर आइरहेकै थियो । राप्रपा नेपालका एक केन्द्रीय सदस्य पुतलीसडकमा भेटिए । उनी निकै प्रफुल्ल मुद्रामा देखिन्थे । भेट हुनासाथ भने, ‘अब काँग्रेस, एमाले र एमाओवादीको हालत पतला हुनेवाला छ बुझ्नुभो पत्रकारज्यू । भारतमा मोदी आए मोदी ।’मैले सोधें, ‘कसरी नेताज्यू ?’ उनले भने, ‘अब नेपालमा राजतन्त्र फर्कीने भो । हिन्दु राष्ट्र पनि फर्कीने भो । संघीयता गोलखाँडी जाने भो ।’ उनले मोदी आएपछि कसरी नेपालमा राजतन्त्र फर्कन्छ भनेर त्यसको रोचक मार्गचित्रसमेत बताए । उनका अनुसार नेपालमा संविधान लेखनका क्रममा संघीयताको विषयमा प्रमुख दलहरुवीच कुरा मिल्नेछैन । त्यसपछि केही विषयलाई जनमत संग्रहमा लैजानुपर्ने हुन्छ । त्यसबेला संघीयतासहित गणतन्त्र र धर्म निरपेक्षताको मुद्दामा पनि जनमत संग्रह हुनुपर्छ भनेर सिंगो देशमा आन्दोलन हुनेछ । त्यसपछि ति मुद्दामा पनि जनमत संग्रह हुनेछ । त्यसबेला राजतन्त्र र हिन्दु राष्ट्रलाई जिताउन भारत हिन्दु र नेपालका हिन्दु अनी राजावादी भिडनेछन् । त्यसले नेपालमा राजतन्त्र फर्कने र हिन्दु राष्ट्र कायम गराउने छ ।
उनको मुखबाट यति बयान सुनेपछि मैले भनें, ‘त्यसपछि तपाई मन्त्री पक्का । मलाई प्रेस सल्लाहकार बनाउनुहोला ।’ उनी खित्का छाडेर हाँसे । मलाई भने विहान विहान एउटा रमाइलो जोक सुनेर मुड फ्रेस भयो । उनीमात्र हैन, धेरै राजावादीमा अहिले यस्तै गुलीयो भ्रम पलाएको छ । राजाबादीको कुरा सुन्दा कस्तो लाग्छ भने मोदी मानौं महादेव हुन, जसले असुरहरुबाट खोसीएको नेपालका इन्द्रको राज्यसत्ता फिर्ता गरिदिदैछन् ।
मोदीलाई हिन्दुका महासम्राट ठान्ने नेपालका राजावादीहरुले बुझ्नु जरुरी छ, यसपाली लोकसभा निर्वाचन जित्न मोदीले हिन्दु धर्मको वैशाखी टेकेका हैनन्. । उनी आफुलाई हिन्दु भएकोमा गर्व गर्छन, तर उनमा हिन्दु कट्टरताबाद पटक्कै छैन । आधुनीक भारतका जनता जात, धर्म र पन्थका आधारमा हुने राजनीति मन पराउँदैनन् । धर्मको वैशाखी काम नलाग्ने भएकै कारण भाजपाले विकासको मोडलका आधारमा जनताको मन जित्न गुजरातका मुख्यमन्त्री मोदीलाई निर्वाचन महासमरमा अगाडी सारेको हो ।
काँग्रेस आइले आफ्नो कार्यकालमा धेरै सकारात्मक काम नगरेको होइन । आफुले गरेका राम्रा कामहरुलाई प्रभावशाली ढंगले अझ बढाई चढाई गरेर जनतासमक्ष प्रस्तुत गर्न ‘महा भलादमी’ प्रधानमन्त्री मनमोहन सिंहले सकेनन् । उनले आफ्नो कार्यकालमा जम्मा तिन पटक मात्र पत्रकार सम्मेलन गरेछन् । सोनीया गान्धीको अंग्रेजी टोनवाला हिन्दी भाषणले भारतीयलाई आत्मीय आकर्षण गर्न सकेन । राहुल त राजकुमार नै भए । अली अली जनतामा प्रभाव पार्न सक्ने प्रियंका गान्धीको भूमिका व्यापक हुन सकेन । उनी पनि आफ्ना पतिको भ्रष्टाचार प्रकरणको घानमा परिन ।
मोदी परे, भाषण कलामा निपुण र आफुले गरेका कामको प्रभावशाली प्रचार गर्नसक्ने । कागती पानी खाएर लगातार दुई घन्टासम्म आकर्षण भाषण गर्नसक्ने मोदी र गुजरातको विकास मोडल नै भाजपाका लागि दरिलो चुनावी औजार बन्यो । लालकृष्ण आडवानी, राजनाथ सिंह, अमीत साहजस्ता दिग्ग्ज नेताहरु हुँदा हुँदै मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुको तात्पर्य नै चुनावमा विकास र सुशासनलाई मुल मुद्दा बनाएर जनताको मत जित्नु थियो, जुन सफल पनि भयो ।
२०१४ को ११ अप्रिल अर्थात चुनावको मुखमै मोदीले एउटा अर्थपुर्ण टवीट् गर्दै भने, ‘जाती, पन्थ र धर्मका आधारमा मलाई भोट नदिनुहोस्, सुशासन र विकास नै हाम्रो मुख्य मुद्दा हो ।’ राष्ट्रिय स्वयं सेवक संघको कार्यकर्ताबाट राजनीतिक यात्रा अगाडी बढाएको भए पनि मोदी हिन्दु धर्मका बारेमा कर्मकाण्डीय दृष्टिकोणको साटो आध्यात्मीक दृष्टिकोण बढी राख्नेगर्छन् । चुनावभन्दा केही महिना पहिला इन्डीया टुडेले आयोजना गरेको कार्यक्रममा हिन्दु धर्मप्रति आफ्नो अस्था र त्यसको अर्थबारे उनले भनेका थिए, ‘म हिन्दु राष्ट्रवादी हुँ, किनकी म जन्मजात हिन्दु हुँ । तर मलाई प्रगतिशील र विकासवादी पनि भन्न सक्नुहुन्छ ।’
त्यही कार्यक्रममा मोदीले हिन्दुत्वका बारेमा स्पष्ट पारेका थिए । उनले भनेका थिए, ‘सत्य एउटै छ । त्यसलाई बुझ्ने बुझाउने बाटो अलग छन् । विश्वमा हिन्दुत्व नै एउटा यस्तो दर्शन हो, जसले भगवान एक छन् भनेर मान्छ । यो दर्शनले तोडने हैन, जोडने काम गर्छ । म मानिसहरुलाई एउटै सत्यको पक्षमा जोडने कुरामा विश्वास गर्छु, तोडने कुरामा हैन ।’
मोदीले आफ्नो नेतृत्वमा भाजपाले बहुमत ल्याउनासाथ नेपालकै सन्दर्भमा दुईवटा ट्वीट गरे । त्यसमा उनले ‘हिन्दु’ वा ‘राजतन्त्र’को कुनै जिकिर गरेनन् । बरु नेपालसँग बहुआयामीक सम्बन्ध राख्ने कुरा गरे । करीब डेढ दशक यता नेपालमा राष्ट्र र सरकार प्रमुखको राजकिय भ्रमण भएको छैन । यसवीचमा नेपालका थुप्रै प्रधानमन्त्री भारत गए । तर उताबाट विदेशमन्त्री तहभन्दा माथिको भ्रमण भएन । मोदीले आफु प्रधानमन्त्री नियुक्त नहुँदै नेपाललाई उच्च महत्व दिए । यसले छिमेकी मुलुकप्रति मोदीको सदासयता स्पष्ट हुन्छ ।
मोदीले विदेश नीतिका बारेमा भारतीय संचार माध्यमहरुमा भनेका छन्, ‘मेरो संस्कार बसुधैव कुटुम्बकम्को संस्कार हो । हामी पुरै विश्वलाइ एउटा परिवार मान्ने सोच राख्छौं । जगत बदलीएको छ । हामी १८ र १९ औ हैन २१ औ शताब्दीमा छौं । यो युग छिमेकीलाई कर्के आँखाले हेर्ने वा आँँखा झुकाउने हैन, आखाँ मिलाएर अघि बढ्ने युग हो ।’ आफ्नो सपथ ग्रहणमा सार्क मुलुकका सरकार प्रमुखलाई डाकेर मोदीले छिमेकीको विश्वास जित्ने पहल थालेका छन् । छिमेकीलाई हेपेर ‘ठुल दाई’ पल्टीने यसअघिका संस्थापन पक्षको सोचलाई उनले बदलेको अर्थमा हामीले बुझ्नुपर्छ । करीब करीब गुजराल डक्ट्रीनलाई मोदीले आत्मसात गरेको संकेत पाइन्छ ।
छिमेकीसँग सुमधुर सम्बन्ध राख्न उनले ति मुलुकका आन्तरीक मामलामा हस्तक्षेप गर्ने छैनन भन्ने विश्वास गर्न सकीन्छ । यसकारण नेपालमा राजतन्त्र र हिन्दु अधिराज्यको विषयमा मोदी प्रवेश नै गर्नेछैनन् । यसका केही मुलभुत कारण छन् । पश्चिमाहरुको हेपाहा नीतिको शिकार, अमेरीकी भिसा प्रतिबन्धका कारण मोदी हाम्रो छिमेकी मुलुक चीनसँग निकै नजिक भएका छन् । गुजरातको विकासमा चिनको व्यापक लगानी र सहयोग रह्यो । मोदी आफैले चिनको चार पटकसम्म भ्रमण गरे । गुजरातमा हरेक पाँच वर्षमा १० अर्ब डलर चिनियाँ लगानी भित्रिरहेको छ । मोदीले भनेका छन, ‘गुजरातको मोडल म पुरै भारतमा लागू गर्न चाहन्छु ।’
चिनसँग मैत्रीपुर्ण सम्बन्ध राखेर भारतको आर्थिक विकास गर्न निश्चय नै यस क्षेत्रमा शान्ति र स्थीरता आवश्यक हुन्छ । नेपालमा चलीरहेको जनयुद्धलाई शान्तिपुर्ण अवतरण गराउन चीन र भारतकै सहमती र सहयोगमा संसदवादी दल र माओवादीवीच बाह« बुँदे समझदारी भएको थियो । त्यो समझदारी भनेकै नेपालको द्वन्द्व व्यवस्थापनको कोशे ढुंगो हो । किनकी, नेपालको द्वन्द्वले नेपालमा मात्र हैन, चीन र भारतलाई पनि पिरोल्ने अवस्था आइसकेको थियो, जसलाई शान्त पार्नु दुवै छिमेकीको पनि राष्ट्रिय हितमा थियो । बाह« बुँदे समझदारी हुँदा पश्चिमालाई कुनै खबर गरिएको थिएन । त्यही भएर तात्कालीन अमेरीकी राष्ट्रपति जेम्स एफ मोरीयार्टीले भनेका थिए, ‘बाह« बुँदे समझदारी खतरनाक ।’
त्यसबेला प्रचण्डले भारत र चीनको सम्बन्धका बारेमा बिबिसी नेपाली सेवासँगको पहिलो अन्र्तवार्तामा भनेका पनि थिए, ‘हामी दुइ ढुंगावीचको तरुल हौं । यो तरुललाई फल्ने, फुल्ने र झाँगीने मौका दिइन्छ भने ठिक छ । तर यसको जरा निमोठीन्छ भने नेपाल दुई ढुंगावीचको डाइनामाइट बन्नेछा । डाइनामाइट पड्क्यो भने ढुंगा पनि त फुटछ ।’
नेपाल रुपी तरुलाई तरुलकै रुपमा फल्न, फुल्न र झाँगीन दिनु नै दुई ढुंगा (भारत र चीन)को हितमा भएकाले दुवै मुलुक यतिखेर नेपालमा शान्ति, स्थीरता र विकासको पक्षमा देखिन्छन् । अब यस्तोबेला राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा ब्युँताउनु भनेको २०४७ ब्युताउँनु हो । त्यसो हुनु भनेको फेरि २०५२ साल ब्युताउँनु हो । अर्थात नेपालमा फेरि द्वन्द्व दोहो¥याउनु हो । त्यसो भएमा यहाँ द्वन्द्व व्यवस्थापन, आतंकबाद नियन्त्रण र त्यसका लागि सेनालाई ‘लजीस्टीक सपोर्ट’का नाममा अमेरीकालगायत पश्चिमा मनी, माइन्ड र मेसीनरी भित्रनेछन् । स्थिति चर्कदै गएमा संयुक्त राष्ट्र संघका निला गाडीहरु पनि गुडन थाल्नेछन् । बल्ल बल्ल अनमीनलाई धपाएका भारत र चीनले फेरि तिनलाई यहाँ ल्याउने बातावरण सिर्जना हुन देलान त ? पटक्कै दिने छैनन् । त्यसैले राजतन्त्र र हिन्दु राष्ट्र फर्काउने उल्टो दिशामा कोही पनि जाने छैनन । राजावादीहरुले मोदी आएपछि यहाँ राजा फर्केलान र हिन्दु राष्ट्र कायम होला भन्ने गुलीयो भ्रमबाट मुक्त हुनु जरुरी छ ।
बरु, मोदीले एशीया र दक्षीण एशीया क्षेत्रमा आर्थिक विकासको क्षेत्रीय अवधारणा विकास गर्ने संकेत दिइसकेका छन् । अबको विश्वलाई चिन र भारतले नेतृत्व गर्ने अर्थात एशीयाले नेतृत्व गर्ने सोच विकसीत भइरहेको छ । यस क्षेत्रमा साझा मुद्राको बहस सुरु भएको छ । त्यसका लागि यस क्षेत्रबाट अमेरीका र युरोपेली संघहरुको प्रभाव र घुसपैठलाई कम गर्नुपर्नेछ । अनी साना मुलुकहरुलाई ठुला विकासीत मुलुकहरुले विश्वासमा लिनुपर्ने हुन्छ । त्यसका लागि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै समृद्धतीर अघि बढाउनुपर्छ ।
नेपालजस्ता मुलुकहरुको विकास भएमा मात्र यस क्षेत्रको एकता, स्थीरता र शान्ति सम्भव छ । ठिक छ, विकास र लगानीको लाभ ठुला मुलुकहरु ६० प्रतिशत लिउन्, हामीलाई ४० प्रतिशत दिए हुन्छ । साना मुलुकहरुमा सामाजिक न्यायमुलक लोककल्याणकारी शुसासन भएमा मात्र आर्थिक महाशक्ति राष्ट्रहरुले क्षेत्रीय किचलोबाट मुक्त भइ पश्चिमा महाशक्तिसँग प्रतिपश्र्धा गर्नसक्छन् । यो सोच भारतका प्रधानमन्त्री मोदीमा रहेको उनका विचारहरुबाट बुझ्न सकिन्छ ।
मोदीले अमेरीकालगायतका पश्चिमा मुलुकसँग पनि आफ्नो राष्ट्रिय हित हेरेर सम्बन्ध सुमधुर बनाउने कोशीस गर्ने बताइसकेका छन् । आफुलाई भिसा नदिने अमेरीकाप्रति उनको सालीन र सारगर्भीत टिप्प्णी थियो, ‘मलाई अमेरीकाले भिसा नदिएको घटना ठुलो हैन । एउटा व्यक्तिप्रति अमेरीकाले के ग¥यो त्यो खासै महत्वको विषय हैन । मेरो ध्यान अर्कैतीर छ । म चाहन्छु, भारतको यस्तो विकास होस् की पुरै अमेरीका भारतको भिसा लिन लाम लागोस् ।’
Post a Comment