संचार माध्यममा ‘वान म्यान जर्नालिजम’ आवश्यकता की बाध्यता ?
विद्युतीय संचार माध्यममा वान म्यान जर्नालिजम आवश्यकता हो वा बाध्यता भन्नेकुरा देश र परिस्थितीले निर्धारण गर्दछ । जुन मूलुकमा व्यवसायिक पत्रकारीता हुन्छ त्यहाँ वान म्यान जर्नालिजमको प्रयोगसँगै माग पनि बढी हुन्छ । व्यवसायिक पत्रकारिता प्राय शून्य भएका मूलुकमा वान म्यान जर्नालिजम पत्रकारका लागि बाध्यता मात्र बन्नपुग्छ भन्ने कुरा नेपालको अभ्यासले पुष्टि गरेको छ । वान म्यान जर्नालिजम आफैंमा व्यवसायिकताको खुड्किलो हो । पत्रकारितामा सबैकाम एउटै व्यक्तिले गर्नु नै वान म्यान जर्नालिजम हो । यसलाई अर्को शब्दमा वान म्यान ब्यान्ड जर्नालिजम पनि भनिन्छ । वान म्यान जर्नालिजम गर्ने पत्रकारलाई वान म्यान जर्नालिस्ट भनिन्छ । पत्रकारिताको प्रमुखकार्य समाचार वा सूचना संकलन, सम्पादन र सम्प्रेषण गर्नु हो । यी तीन कार्य एउटै व्यक्तिले गर्दछ भने उसलाई वान म्यान जर्नालिस्ट भनिन्छ ।
छापा माध्यमभन्दा पनि विद्युतीय संचार माध्यममा वान म्यान जर्नालिस्टको भूमिका महत्वपूर्ण हुन्छ । थोरै जनशक्तिबाट धेरै उपलब्धि खोज्ने मालिकहरूलाई वान म्यान जर्नालिजमको अवधारणा प्रभावकारी हुने आरोप छ । तर वान म्यान जर्नालिजमको प्रयोगले पत्रकारहरूलाई परनिर्भरबाट आत्मानिर्भर बनाउन मद्दत गर्दछ । यो नै वान म्यान जर्नालिजमको सकारात्मक पक्ष हो । कुनै एक व्यक्तिको अभावमा सूचना सम्प्रेषमा अवरोध नहोस भन्नु नै वान म्यान जर्नालिजमको प्रमुख उद्देश्य हो । यस प्रकारको अभ्यासले आम मानिसको सुसूचित हुने अधिकारलाई पनि सुरक्षित गरेको हुन्छ ।

पत्रकारितामा समयको ठूलो महत्व हुन्छ । यस अवधारणाले समय, स्रोत, साधन र जनशक्तिको कम खपत गराउँछ । नेपालमा श्रमजीवी पत्रकार सुक्दैजाने मालिक मोटाउने प्रवृती बढेकाले वान म्यान जर्नालिजमको प्रयोग ओझेलमा पर्दै आएको छ । वान म्यान जर्नालिस्टलाई नेपालमा जगेडा रिपोर्टरको रूपमा हेरिन्छ । मूलत छापा माध्यममा सूचना संकलन, लेखन, सम्पादन र प्रकाशन, तथा विद्युतीय माध्यममा यसका अलवा दृश्य छायांकन, सम्पादन र वाचन यी कार्य एउटै व्यक्तिबाट फत्तेगर्ने कार्य त्यती सहज छैन । पत्रकारितामा लामो समयको अनुभव र प्राविधिक क्षेत्रमा निपूण व्यक्तिमात्र वान म्यान जर्नालिजमको लागि योग्य हुन्छ । नेपालका निजी विद्युतीय संचार गृहमा न्यून मात्रामा यसको अभ्यास हुन थालेको छ । तर अयोग्य व्यक्तिहरूको बढ्दो प्रवेशले यस क्षेत्रलाईनै प्रभावित पार्ने निश्चित छ । संचारक्षेत्रमा कडा प्रतिस्पर्धा छ । आजको कुशल र दक्ष पत्रकार भोलीको राम्रो वान म्यान जर्नालिस्ट बन्नसक्छ । उसबाट गुणस्तरीय सामग्री प्राप्त गर्न सकिन्छ ।
नेपालमा राष्ट्रिय प्रसारण ऐन २०४९ लागू भएपछि संचारमा निजी क्षेत्रको प्रवेश भएको हो । निजी क्षेत्रको प्रवेशसँगै संचार उद्योगमा परिणत भएको छ । सरकारी एकाधिकार अन्त्य गर्दै हजारौंको संख्यामा पत्रपत्रिका, सयौंको संख्यामा एफ एम रेडियो, अनलाइन संस्करण र दर्जनभन्दा बढी टेलिभिजन संचालनमा आएका छन् । निजी क्षेत्रबाट संचालित संचारमाध्यमहरू समाजमुखी कम नाफामुखी बढी छन् । तथापी वान म्यान जर्नालिजमको प्रयोग न्यून हुनु आफैंमा अविश्वानीय छ । अन्तर्राष्ट्रिय संचार क्षेत्रमा बिबिसी र सिएनएनले वान म्यान जर्नालिजमको प्रयोग गरेका थिए । हाल यिनीहरूका सम्पूर्ण रिपोर्टरहरू वान म्यान जर्नालिजमका लागि योग्य छन् र गर्दै आएका छन् । संचार गृहले दिने सेवा सुविधा र तालिमबाट उनीहरू निपूण भएका हुन । नेपालमा पनि दक्ष पत्रकार छन् तर उनीहरूलाई उचित सेवा, सुविधा, तालिम र अवसरको खाँचो छ ।
नेपालमा वान म्यान जर्नालिजमको सुरुवात गर्ने श्रेय दुर्गानाथ शर्मा र रमा सिंहलाई दिने गरिन्छ । नेपाल टेलिभिजन प्रसारण हुँदा उनीहरूले आफैं रिर्पोटिङ, सम्पादन तथा समाचार वाचन गर्ने गर्दथे । टेलिभिजनमा जनशक्तिको अभावले उनीहरूमा समाचार संकलन, सम्पादन तथा वाचन गर्नुपर्ने बाध्यता थियो । टेलिभिजन स्थापना भएको तीन दशक हुँदा पनि यो बाध्यताले निरन्तरता पाइरहनु नेपालको संचार क्षेत्रकै बिडम्बना हो ।
इमान्दारिता, सत्यता, शुद्धता र निश्पक्षता वान म्यान जर्नालिजमका आधाभूत सिद्धान्तहरू हुन । नेपालमा यी सिद्धान्तहरू तब मात्र लागू हुन्छन् जब वान म्यान जर्नालिजमले व्यवसायिक रूप लिन्छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले -व्यवसायिक पत्रकार त्यो हो, जसको मुख्य, नियमित तथा आयजन्य गतिविधि शब्द वा तस्विरले, एक वा अनेक, लिखित वा श्रव्य दृश्य आमसंचार माध्यममा योगदान पुर्याउनु हो जसको आम्दानीको मुख्य अंश त्यहीबाट पाप्त हुनुपर्नेमा जोड दिएको छ । तर हामी कहाँ यसको ठीक उल्टो प्रयोग भैरहेको छ । नेपालमा अहिलेसम्म पनि व्यवसायिक पत्रकारिता शिशु अवस्थामै रहेकोछ । यस्तो अवस्थामा वान म्यान जर्नालिजममा धेरै आशगर्नु नेपालका पत्रकारकालागि आकासको फल जस्तै हुने स्पष्ट छ ।

वान म्यान जर्नालिस्टमा -समाचारको जानकारी लिनसक्ने (News Sense), वस्तुनिष्ठ, सजग, दूरदर्शी, समयपालक, शान्त स्वभाव, निडर र स्पष्टवक्ता, आत्मानुशासीत, परिश्रमी, कल्पनाशील, छरितो, चलायमान, भाषमा निपूण र प्रविधिक ज्ञान जस्ता गुण वा योग्यता हुनु अनिवार्य मानिन्छ । अनिमात्र सत्य, तथ्य, सन्तुलित र विश्वाशनीय सूचना सामग्री सम्प्रेषण हुन्छ । वान म्यान जर्नालिस्टको सूचना स्रोत माथिको पहुँचलाई ध्यानमा राखेर भगवान जान्नेहुन्छन् कि जर्नालिस्ट बढी जान्नेहुन्छन् भनी व्यंग्य पनि गरिन्छ ।
हाल नेपालमा अनलाइन पत्रकारिता निकै लोकप्रिय बन्दै गएको छ । अनलाइन पत्रिका, टेलिभिजन र रेडियोप्रति दर्शक तथा स्रोताहरूको ध्यान तानिएको छ । आफूले चाहेको समयमा खोजेको सामग्री प्राप्त गर्ने सक्ने भएकाले अनलाइनप्रति उनीहरूको झुकाब बढेको हो । एउटै व्यक्तिबाट अनलाइन पत्रकारिता गर्न सकिने भएकाले यसले वान म्यान जर्नालिस्टको महत्व बढाएको छ । यसले थोरै भएपनि व्यवसायिक रूप लिइसकेको छ तर दक्ष जनशक्तिको अभाव, श्रमअनुसारको पारिश्रमिक नपाउनु व्यवसायिक सुरक्षा नहुनु, इन्टरनेटको पहुच अवरोध जस्ता समस्याबाट नेपालको अनलाइन पत्रकारिता गुज्रीरहेको छ । यसप्रति सरोकार व्यक्तिहरूको ध्यान पुग्न सकेको छैन ।
रेडियो र टेलिभिजन पत्रकारिता टिमवर्क हो । तथापि यस्ता संचार माध्यमहरूमा प्राविधिकबिना गर्नै नसकिने कामबाहेक अन्यकार्य एउटै व्यक्तिबाट हुन थालेको छ । टेलिभिजनमा समाचार संकलन, छायांकन, दृश्य सम्पादन, समाचार वाचन जस्ताकार्य एउटै व्यक्तिबाट हुन थालेको छ । विशेष गरी मोफसलका रिपोर्टरहरूले वान म्यान जर्नालिजमको राम्रो अभ्यास गरिरहेका छन् । उनीहरू आफैं सूचना संकलन गर्दछन, दृश्य खिच्छन अनि सम्पादन गरेर इन्टरनेटमार्फत केन्द्रमा पठाउने गर्दछन् । त्यसो त मोफसलका रेडियो, टेलिभिजनमा कार्यरत पत्रकारहरूमा सबै काम एक्लै गर्नुपर्ने बाध्यता पनि छ । यस अर्थमा केन्द्रको निर्देशनमा भन्दापनि मोफसलका जनशक्तिको विशेष पहलमा वान म्यान जर्नालिजमले फष्टाउने अवसर पाएको छ । हुन त अन्तर्राष्ट्रिय अभ्यासमा पनि देश भित्रभन्दा पनि बाहिरबाट मूलधारको मिडियामा कामगर्ने पत्रकारहरूले वान म्यान जर्नालिजम अँगालेको देखिन्छ । यस अर्थमा जबसम्म संचारगृहले वानम्यान जर्नालिजमको वा जर्लालिस्टहरूको आवश्यकता र महत्व बुझ्दैनन् तबसम्म नेपालमा वानम्यान जर्नालिजमले व्यवसायिकरूप लिने सम्भावना ज्यादै न्यून छ । यस्तो वातावरणले निरन्तरता पाइरहनु सम्पूर्ण संचार क्षेत्रकालागि दूर्भाग्य हो ।
Post a Comment