को बन्दैछन् नयाँ गभर्नर ?
६ फागुन
– बहालवाला गभर्नरको पदावधि सकिनु एक महिनाअघि नै नयाँ नियुक्ति गर्नुपर्ने प्रावधानअनुरुप बिहीबारसम्म नाम घोषणा हुनुपर्नेछ । तर, यसपालि नयाँ गभर्नर नियुक्तिको सुरसारै थालिएको छैन ।
गभर्नर युवराज खतिवडाको पदावधि चैत ७ गते सकिँदैछ । सरकारले भने नयाँ नियुक्तिका लागि नाम सिफारिस गर्न समिति नै गठन गरेको छैन । नियमअनुसार मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गर्छ । जसले तीन जनाको नाम सिफारिस गर्ने र त्यसै मध्येबाट नियुक्ति गर्ने कानुनी प्रावधान छ ।
सिफारिस समिति गठन नभएकाले सरकारको मुख्य आथिर्क सल्लाहकारका रुपमा अर्थतन्त्र सबल राख्न प्रमुख भूमिका निर्वाह गर्नुपर्ने भाबी गभर्नरको दौडमा अन्तिम तीन प्रतिस्पर्धी को हुने र त्यसमध्ये कसले बाजी मार्ने टुंगो लागिसकेको छैन ।
अन्तिम समय आइपुग्दा दौडमा रहेका सम्भावित उम्मेदवारबीच शक्तिकेन्द्र धाउने क्रम सुरु भइसकेको स्रोत बताउँछ । मन्त्रिपरिषद् तथा अर्थ मन्त्रालय स्रोतहरुका अनुसार मुख्य चार उम्मेदवार प्रतिस्पर्धाको अग्रस्थानमा छन्– पूर्व अर्थसचिवद्वय रामेश्वर खनाल र युवराज भुसाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल । यी चारै उम्मेदवार कांग्रेस कोटाका हुन् । यसपालि गभर्नर नियुक्ति कांग्रेस कोटाबाटै गर्ने तयारी रहेको मन्त्रिपरिषद् स्रोत बताउँछ ।
अन्य सम्भावित उम्मेदवारमा डेपुटी गभर्नरद्वय महाप्रसाद लामिछाने र गोपाल काफ्ले, सिटिजन्स बैंकका प्रमुख कार्यकारी राजनसिंह भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रेवतबहादुर कार्की, पूर्व मुख्यसचिव विमल कोइरालालगायत पनि चर्चामा रहेको स्रोत बताउँछ।
प्रतिस्पर्धामा रहेका यी नाममध्ये अर्थमन्त्री रामशरण महतले रुचाएका व्यक्ति रामेश्वर खनाल हुन् । उनले अर्थसचिवका रुपमा खनालसँग लामो समय सँगै काम गरेका छन् । आथिर्क क्षेत्रमा दक्षता र वित्तीय मामिलामा आन्तरिक तथा बाह्य निकायहसँग कुशलतापूर्वक कुरा राख्नसक्ने खुबी भएकाले अर्थमन्त्री महतले उनलाई नै भाबी गभर्नर बनाउन चाहेको स्रोतको दाबी छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।