0
# सर्‍यो प्रधानमन्त्री कार्यालय # कुन मन्त्रालय कहाँ ? अब प्रधानमन्त्री कार्यालय हालको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको नयाँ भवनमा सर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय स्थानीय विकास मन्त्रालय भवनमा सरेपछि अब स्थानीय विकास मन्त्रालय शान्ति तथा पुनर्निर्माण मन्त्रालयको भवनमा सर्नेछ । शान्ति मन्त्रालयलाई भने कानुन मन्त्रालयको २ फ्ल्याटमा व्यवस्थापन गरिने भएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको युवा तथा खेलकुद मन्त्रालय भवन अब जल तथा उर्जा आयोगको सचिवलय भएको ठाउँमा राखिने भएको छ । त्यस्तै श्रम तथा रोजगार मन्त्रालयलाई पर्यटन मन्त्रालय भवनमै व्यवस्थापन गरिने सुवेदीले बताए । रक्षा मन्त्रालय यसअघि नै सुरक्षा परिषद सचिवालयमा सरिसकेको छ । सामान्य प्रशासन मन्त्रालय भने मर्मत गरेपछि बस्न मिल्ने सुझाव आएकाले अहिले नै अर्को व्यवस्था नगरिएको ।

Post a Comment

 
Top