0

छुट्टाछुट्टै बस दुर्घटनमा १७ को मृत्यु

जेठ ४
– मकवानपुरमा आज दिउँसो भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएकोमा डडेलधुरा र डोटीको सीमा क्षेत्रमा साँझ फेरि अर्को दुर्घटना हुन पुगेको छ । दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
महेन्द्रनगरबाट दार्चुला जादैं गरेको महाकाली यातायातको ना ५ ख १६८५ नम्बरको बस डोटीको गैराबजार नजिक पर्ने डडेलधुराको सीमा क्षेत्रमा दुर्घटना भएको हो । बस सडकबाट करीब ७० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । विपरित दिशाबाट आइरहेको ट्रकलाई साइड दिन खोज्दा बस भीरबाट खसेको बताइएको छ ।
दुर्घटनमा ३५ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि कैलालीको पद्मा अस्पताल लगिएको छ । अहिले घटनास्थलमा स्थानीय तथा प्रहरीले उद्धार कार्य जारी रहेको छ ।
यसअघि पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाविस–३ मा सोमबार दिउँसो हेटौंडातिरबाट आउँदै गरेको ना ५ ख ३६९७ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ५७६५ नम्बरको ट्रक आपसमा जुध्दा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शिशु शर्माको अनुसार दुर्घटनामा घाइते भएका २७ जनालाई उपचारका लागि भरतपुर लगिएको छ ।
दुबै दुर्घटनका मृतकहरुको सनाखन हुन बाँकी रहेको छ ।

Post a Comment

 
Top