0

‘वृद्ध, अशक्त, रोगी र भ्रष्टलाई राष्ट्रिय सरकारमा निषेध’

 २ जेठ
– विनाशकारी महाभूकम्प पछि नेपालको राजनीतिकवृत्तमा राष्ट्रिय सरकारको बहस सुरु भएको छ । केही पार्टीले राष्ट्रिय सरकारको नेतृत्व यो वा त्यो नेताले गर्नु पर्छ भन्ने लविङ पनि सुरु गरिसकेका छन् । राजनीतिलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषकहरुको धारणाअनुसार राष्ट्रिय सरकार मुखले बोलेजस्तै सरल छैन ।
ck-lalराजनीतिक विश्लेषक सिकेलालको मतमा राष्ट्रिय सरकार भन्ने शब्द नै गलत छ । अब राष्ट्रिय सरकार बनाउने भनिएको हो भने यो स्पष्ट पार्न सक्नु पर्छ, कि वर्तमान सरकार अराष्ट्रिय हो । यसकारण विपत्को बेला सर्वसम्मतीको सरकार गठन गर्न सकिन्छ ।
वर्तमान नेतृत्वले आफ्नो क्षमता देखाउन सकेन । राष्ट्रिय सरकारको नाममा सत्ताको स्वाद आलोपालो गरी फेर्न नियत हो भने यहि सरकार ठीक छ । अबको समय राहत, पुननिर्माणको भएकोले उर्जावान ३० देखि ४० वर्षका नेताहरु समेटेर सर्वसम्मतीको सरकार बनाउनु पर्छ । त्यो सम्भव भएन भने ५० वर्षसम्मका नेतालाई सरकार दिनु पर्छ ।
५० नाघेका, सिर्जनशीलता समाप्त भएकाहरुको कुनै काम छैन । राजनीतिक आन्दोलनमा योगदान पुर्याएकाहरुलाई सम्मान दिने हो, आलोपालो प्रणालीमा आधारित गरेर सरकार दिने होइन । यदि त्यो पनि सम्भव छैन भने बुढालाई नै थपना प्रधानमन्त्री बनाएर मन्त्रीहरुको चुस्त टिम बनाउनु पर्छ ।
Shyam-Shrestha_20140614091351वामपन्थी विश्लेषक श्याम श्रेष्ठले त राष्ट्रिय सरकारमा चार किशिमका मानिसलाई निषेध नै गर्नु पर्ने धारणा राखे । उनले भने, ‘ एक वृद्ध, दुई रोगी, तीन अशक्त र चार भ्रष्टमुक्त सरकार बन्नु पर्छ । विपत्को बेला राष्ट्रिय सरकार गठन गर्नु राम्रो कुरा हो ।’
श्रेष्ठले सधै अस्पताल बस्नु पर्ने समय र अवस्थाका व्यक्तिलाई राष्ट्रिय सरकारको नेतृत्व दिनु भन्दा अहिलेकै सुशील कोइराला ठीक भएको बताए । शरिरमा जोश, जाँगर भएका र अहोरात्र खट्न सक्ने युवाहरुलाई नयाँ सरकारमा राख्नु पर्ने उनको धारणा छ ।
काशी जाने बेलाका, बालुवाटारबाट सिंहदरबार जान नसक्नेहरुलाई सरकारको नेतृत्व किन दिने ? भागवण्डाको लागि होइन, पुननिर्माणका लागि नयाँ सरकार आवश्यक पर्ने हो । अहिलेको सरकारमो त्यो क्षमता नदेखिएको श्रेष्ठको ठहर छ । राष्ट्रिय सरकारमा सबै दलबाट उर्जावान व्यक्ति छान्नु पर्ने उनले सुझाए । हरेक पार्टीमा भिजन र उर्जा भएका युवाहरु रहेकोले त्यस्तालाई प्राथमिकता दिनु पर्ने उनले बताए ।
10900157_760540790705981_3509045852538156318_oराजनीतिक विश्लेषक मुमाराम खनालको मतमा चाहिँ राष्ट्रिय सरकार राजनीतिक दलहरुले बलजफ्ती मच्चाएको प्रपोगण्डा मात्रै हो । राजनीतिक दलहरु यो विपत्मा पनि जनताको हुन सकेनन् । राजनीतिक दलको भूमिका पुछारमा मात्रै देखियो । जनआक्रोश अहिले दलहरु प्रति नै छन् । यहि आक्रोश मत्थर पार्न राष्ट्रिय सरकारको कुरा झिकिएको हो ।
विश्लेषक खनालको मतमा भूकम्पमा सरकारको भूमिका देखिएन । ‘सेना, प्रहरीले गरेको काम उनीहरु आफैले संयोजन र नेतृत्वबाट गरे । यसमा सरकारले जस लिइरहनु पर्ने कारण छैन’,खनालले भने,‘अब अहिले पुननिर्माणको बेला धेरै रकम खर्च हुन्छ, सबै पार्टी मिलेर बाँडिचुँडी खाउँला भन्ने ताक मात्रै हो उनीहरुको । खासमा राष्ट्रिय सरकार नेपालमा बन्दै बन्दैन ।’
खनालले भने, ‘राष्ट्रिय सरकार कस्तो बन्नु पर्छ भन्ने प्रश्न नै नेपालको शन्दर्भमा काल्पनिक हो । यसको काल्पनिक जवाफ भनेको– राष्ट्रिय सरकार उर्जाशील युवाहरुको हुनु पर्छ भन्ने हो ।’

Post a Comment

 
Top