पुरिएका सम्पदा जोगाउँदै विद्यार्थी
२ जेठ
आरपी फाउन्डेसनले सञ्चालन गरेको भोकेसनल एकाडेमी पनौतीका विद्यार्थीले भक्तपुरमा भूकम्पले पुरिएका सम्पदा जोगाउने अभियानमा लागेका छन् ।
गत वैशाख १२ गतेको विनासकारी भूकम्प र त्यसपछिका पराकम्पनले भक्तपुरका ऐतिहासिक सम्पदा पुरिएका छन् । यहाँका २० जना विद्यार्थीको टिमले भक्तपुर नगरपालिकास्थित महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी धाराको उत्खनन गरेका छन् । उनीहरुले भूकम्पले धारासँगै रहेको पाटीसमेत भत्किएर पानी आउने ढुङ्गेधाराको पुरिएको भाग हटाइएको छ । धारा सफा गरेपछि पानी प्रयोग गर्नयोग्य भएको छ ।
सम्पदा संरक्षणमा संलग्न भक्तपुरका रवीन्द्र पुरीले स्थापना गरेको फाउन्डेसनमा सम्पदासम्बन्धी अध्ययन गरिरहेका विद्यार्थी थपिएको फाउन्डेसनका अध्यक्ष पुरीले बताउनुभयो । पनौतीदेखि भक्तपुर आएर टाउकामा हेल्मेट र हातमा पन्जा लगाएका विद्यार्थी यहाँ भेटिन्छन् ।
स्थानीयवासीको अनुमति लिएर उत्खननमा लागेका विद्यार्थीले भक्तपुर दरबारस्क्वायरको पनि सरसफाइ गर्न खोज्दा नगरपालिकाले अनुमति नदिएकामा चित्त दुखाए । भक्तपुरमा पुरिएका सम्पदाको उत्खनन सकेपछि साँखु र वज्रयोगिनीलगायत सम्पदाको सहरमा गएर अभियानलाई निरन्तरता दिने फाउन्डेसनका अध्यक्ष पुरीले बताउनुभयो ।

विद्यार्थीको यस्तो प्रयासले सम्पदाप्रतिको चासो र माया बढाउने र उनीहरुमा सामाजिक सेवाको भावनामा अभिप्रेरित गर्ने पुरी बताउनुहुन्छ ।
Post a Comment