मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीकाको शुभसाइत

-नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ ।
कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । दिनभर भाइटीका लगाउन सकिन्छ।
यमपञ्चक कात्तिक २३ गते सोमबारदेखि सुरु हुनेछ । कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार पर्नेछ ।
कात्तिक २५ गते लक्ष्मीपूजा पर्नेछ र त्यस दिन भलो होस् भनी भैलो खेल्ने परम्परा रहेको छ ।
कात्तिक २६ गते गाईपूजा, गोबद्र्धन पूजा, म्ह(आत्म) पूजा गरिन्छ । यसै दिन कात्तिक शुक्ल प्रतिप्रदादेखि नेपाल संवत् पनि सुरु हुन्छ । यस दिन साँझदेखि देउसी खेल्ने गरिन्छ । कात्तिक २७ गते भाइटीका लगाएपछि नेपालीको दोस्रो ठूलो पर्व तिहार सकिन्छ ।
Post a Comment