0

भारतीय पत्रिकाले भन्यो- गोर्खाली जागे, अब मोदीको ‘पत्ता साप’ हुन्छ 

 भारतीय संस्थापन निकट मानिने पत्रिका नवभारत टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्रीलाई थर्काउने नेपालका पहिलो प्रधानमन्त्रीको रुपमा चित्रित गरेको छ । नेपाल-भारतबिचको अमूल्य सम्बन्ध जोगाउनै पर्ने वकालत गर्दै नवभारत टाइम्सले सम्पादकिय मार्फत ओलीलाई भारतीय संस्थापन समक्ष कडा रुपमा प्रस्तुत हुने नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा चित्रित गरेको हो । सो पत्रिकाले प्रधानमन्त्री नरेन्द्र मोदीको गलत नितिका कारण नेपालले पहिलो पटक

Captureभारतभन्दा अर्को मुलुकबाट इन्धन आपूर्ति गरेको किटानी समेत गरेको छ ‘आफ्नो प्यारो छिमेकी नेपालसित हाम्रो सम्बन्ध कहिल्यै यति खराब हुनेछ भन्ने कल्पना दुवै देशका जनताले सायदै गरेका थिए । उसले प्रधानमन्त्री ओलीलाई वीर गोर्खालीसँग तुलना गर्दै अब मोदीले नेपालमा केही गर्न नसक्ने टिप्पणी गरेको छ । सोमबार नेपालका प्रधानमन्त्री ओलीले एक किसिमको चेतावनी नै दिए कि, नेपालको आन्तरिक मामलामा भारतले दक्खल नगरोस । उनले नेपालको तराइ क्षेत्रमा भारतले हिंसा भड्काएको आरोप समेत लगाए’ सम्पादकियमा सो पत्रिकाले भनेको छ , ‘भारतका लागि यस्तो भाषाको प्रयोग गर्ने हिम्मत आजसम्म कुनै नेपाली प्रधानमन्त्रीले गरेका थिएनन् । यति मात्र होइन , नेपालले पहिलो पटक चीनबाट तेल ल्याउन सुरु पनि गर्यो । जबकी भारतबाट मात्रै त्यहा तेल जन्थ्यो ।’ सो पत्रिकाले नेपाललाई लिएर भारत सरकार कुनै अतिरञ्जनाको सिकार त भएके छैन भन्ने प्रश्न पनि गरेको छ । राजधानी दैनिक

Post a Comment

 
Top